[Show all top banners]

_____
Replies to this thread:

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 बंगलादेशमा झन्डा नबोकेको भए नेपालको हुने थिइँन
[VIEWED 5558 TIMES]
SAVE! for ease of future access.
Posted on 12-18-14 7:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बंगलादेशमा झन्डा नबोकेको भए नेपालको हुने थिइँन : शक्ति गौचन

डिभिजन टूमा तलमाथि भए वन डे बाट सन्यास लिनसक्छु

३ पुस, काठमाडौं । नामिबियामा हुने आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टूसँग नेपाली क्रिकेटको धेरै सपना जोडिएका छन् । ती सपनामा ३२ वर्षे क्रिकेटर शक्ति गौचनका सपना पनि छन् ।

शक्ति भन्छन्– ‘सफलताले मेरो निरन्तरतालाई जोड दिन्छ । केही तलमाथि भयो भने म डेभलोपमेन्टतिर लाग्दा राम्रो हुन्छ र वनडेबाट रिटायरमेन्ट हुन सक्छ ।’

२० वर्षे क्रिकेट करियरबारे शक्ति गौचनसँग अनलाइनखबरका लागि राजकुमार श्रेष्ठले गरेको कुराकानी ।


Shakti-Gauchan-650


क्रिकेट करियर सुरु गरेको दुई दशक भएछ । क्रिकेट खेल्न सुरु गर्दाको क्षण याद छ ?


–किन नहुनु । पहिलोपटक म ड्याडीसँग ब्याट किन्न गएको थिएँ ।

त्यसअघि आमाले कपडा पिट्न प्रयोग गर्ने डन्डाले खेल्थेँ । जहिले पनि ममीले धुन खोज्दा छोराले ब्याट बनाएको हुन्थ्यो । एउटा मुंग्रो बडा मुस्किलले बनाएको छु, त्यो पनि तैँले ब्याट बनाइस् भनेर मलाई पिट्न आउनुहुन्थ्यो ।

म जुन ठाउँमा बस्थेँ, त्यहाँ ६/७ वटा नेपाली परिवार थिए । त्यहाँ ८/९ जना बच्चा थिए, म तीमध्ये सबैभन्दा जुनियर थिएँ । हाम्रो कुनै पनि बेला फुटबल र क्रिकेट बन्थ्यो ।


क्रिकेट करियरचाहिँ भारतमै सुरु गर्नुभयो होइन ?


– हो । म इण्डियामा जन्मिएको हुँ । बुबा इण्डियन आर्मी भएकाले मेरो बाल्यकाल त्यही बित्यो । १९९९ सम्म म भारतमा रहेँ । मैले पाँच वर्ष क्रिकेट खेलेँ ।


कुन लेभलसम्म खेल्नुभो ?


– मैले मुम्बईबाट अण्डर १५ राष्ट्रिय लेभलबाट खेलेँ ।

यदि मैले बंगलादेशमा नेपालको झण्डा नबोकेको भए, राष्ट्रिय गान नगाएको भए सायद म अहिले  नेपालमा हुने थिइँन । भगवानले तँ नेपाली हो, नेपालका लागि गर्नुपर्छ । तेरो ठाउँ त्यही हो भनेजस्तो लाग्छ


त्यसैले होला भारतीय सञ्चार माध्यमले बेला–बेला भारतका शक्ति गौचनले यस्तो गर्‍यो भन्ने गरेको ?


– हा हा हा … । त्यो कस्तो भने इण्डियाको मिडिया हो । मेरो मात्र होइन, सोमपालको पनि त्यस्तै कुरा गरेको छ । हामीले भारतमा सिकेको हो । तर, सिक्दैमा नराम्रो हुँदैन जस्तो लाग्छ ।


पढाइ कहाँसम्म पुर्‍याउनुभयो ?


- पढाइ भारतमा सकाएको । १२ पास गरेँ ।


त्यसपछि ?


– क्रिकेटका कारण मैले चारपटक फाइनल परीक्षा छोड्नुपर्‍यो । कहिले एण्डर १९ वल्र्डकप पर्‍यो, कहिले एसीसी ट्रफी पर्‍यो । चार वर्ष कटेपछि आँट आएन । होप नै छोडेँ ।


अहिले मैले अझै पढ्नुपर्ने थियो भन्ने लाग्छ ?


–अवियस्ली । कहिले कुरा गर्दा १२ पासभन्दा अलिकति अड फिल हुन्छ । एटलिस्ट ब्याचलर क्लियर गरेको भए प्राउडजस्तो हुन्थ्यो । तैपनि जानीजानी छाडेको होइन । क्रिकेटका लागि छाडेको हो । केही पाउन केही गुमाउनुपर्छ भनेर चित्त बुझाउँछु ।


सुरुवाती चरणमा क्रिकेटका लागि कत्तिको संघर्ष गर्नुपर्‍यो ?


–ममी ड्याडीले त पढेर नै ठूलो पोष्टमा पुगोस् भन्नुहुन्थ्यो । तर, म कहिले फुटबल खेल्ने, कहिले बास्केटबल खेल्ने गर्दागर्दै क्रिकेटमा आएर अडिएँ ।

मेरी सानी दिदी हुनुहुन्छ । उहाँले मैले क्रिकेट खेलेको हेर्नुभएको थियो । मैले म क्रिकेट प्लेयर बन्न चाहन्छु भनेको थिएँ । गोरखपुरमा खेल्दा राम्रो एक्पोजर पाउने थिइँन होला । मेरा साथी ज्वाला सिंह भन्ने मुम्बईमा बस्थ्यो, उससँग म मुम्बई जान खोजेँ । मैले दिदीलाई यदि मलाई राम्रो प्लेयर बनेको देख्न चाहनुहुन्छ भनेर मुम्बई जानुपर्छ भनेर उहाँको सहयोगमा नै गएँ । मुम्बईमा १९९६ देखि १९९९ सम्म क्रिकेटको धेरै कुरा सिकेँ ।


नेपालभन्दा भारतमा नै क्रिकेट राम्रो छ । राष्ट्रिय लेभल नजिक पुगेर फेरि किन नेपाल आउनुभयो ?


Shakti-Gauchan-1


–संजोग भनौं कि भगवानले नेपालमा तेरो खाँचो छ, नेपालमै जानुपर्छ भनेर जस्तो लाग्छ ।

मुम्बईमा मैले राम्रै खेलेको थिएँ । अण्डर १६ खेल्दा खेल्दै १९ खेल्ने सायद म पहिलो प्लेयर होला । मेरो त्यसबेला लेभल हाई भइसकेको थियो । रणजी ट्रफीमा मुम्बईको तेस्रो नम्बरको र्‍याङ्किङमा लेफ्टहाण्ड स्पिनरमा आइसकेको थिएँ । त्यही अण्डर १९ खेल्दा कट एण्ड बोल्ड गर्दा मेरो औंला जमीनमा घिस्रियो र चोट लाग्यो ।

मैले डेढ वर्षसम्म संघर्ष गरेँ । तर, रिकभरी भएन । त्यसैबेला यहाँ ममीको स्टोनको अपरेशन हुन लागेको थियो । छुट्टी नमिलेर आउन सक्नुभएन । दिदीहरुको बिहे भइसकेको थियो । ममीलाई कसले हेर्ने त ? छिमेकी साथीभाइले त एक दुई दिन हर्ने हो ।

अपरेशनका बेला जुन टेककेयर चाहिने हो त्यो हुँदैन । म खाली नै थिएँ, त्यो भएर म आएँ । अपरेशनपछि डाक्टरले ६ महिना बेड रेष्ट गर्न भन्नुभयो र म यहीँ बसें ।


नेपाली टीमसम्म कसरी पुग्नुभयो त ?


– सन् २००० को कुरा हो । यू–१७ बंगलादेश टूरका लागि जिल्लास्तरीय छनोट भइरहेको थियो । खुकुरी क्लबको जंगली गुरुले उहाँले तिमी के गर्छौ भन्नुभयो । मैले बलिङमा समस्या छ तर, ब्याटिङ गर्नसक्छु भनेँ । उहाँले मलाई बोलाउनुभयो ।

राम्रो भयो र जिल्लास्तरीयमा म्यान अफ दि म्याच भएपछि क्याप्टेन बनाइदियो । क्षेत्रीयमा पनि त्यस्तै भयो ।  काठमाडौंमा पनि म्यान अफ दि म्याच भएपछि नेपाल टीमकै कप्तान पो भएँ ।

त्यही नै टर्निङ प्वाइन्ट भयो मेरो करियरमा । कप्तान भएर बंगलादेश टुरमा जाँदा र मार्चपास गर्दा मैले नेपालको झण्डा बोकेँ र राष्ट्रिय गान गाएँ । त्यसले एउटा फिलिङ आयो । त्यसबेला माइण्डमा क्लिक गर्‍यो कि म नेपाली हुँ र मैले नेपालका लागि खेल्नुपर्छ ।


अहिले सम्झँदा त्यो क्षण कस्तो लाग्छ ?


– त्यो टर्निङ थियो । यदि मैले बंगलादेशमा नेपालको झण्डा नबोकेको भए, राष्ट्रिय गान नगाएको भए सायद म अहिले  नेपालमा हुने थिइँन । भगवानले तँ नेपाली हो, नेपालका लागि गर्नुपर्छ । तेरो ठाउँ त्यही हो भनेजस्तो लाग्छ ।

अहिले यो सबै सम्झिएर हेर्दा मैले नेपाली भएर खेल्दा जति गर्व गर्छु, इण्डियाका लागि खेल्दा पनि त्यही गर्व हुँदैनथ्यो होला जस्तो लाग्छ ।


क्रिकेट खेलेर गरेको पहिलो कमाइ याद छ ?


– भारतको छुट्टै छ । नेपालमा हकमा बंगलादेश टुरमा मैले ८ डलर पाएको थिएँ । हा हा हा …


के गर्नु भो ?


– त्यो मैले एक डलर अहिले मैले राखेको छु । सुरक्षित ठाउँमा राखेको छु ।


अहिले त धेरै कमाउनुभयो होइन ?


– हुन त हाम्रो पारिवारिक पृष्ठभूमि बलियो नै थियो । तैपनि व्यक्तिगत रुपमा धेरै सपोर्ट भएको छ ।

सन् २००९ सम्म मैले क्रिकेटबाट पाएको ६/७ लाख र ममीले दिएको २/३ लाख थपेर आउटडोर एकेडेमी बनाएँ । भैरहवाको मैदानमा कहिले मेला लाग्ने, कहिले के भएर मुख्य सिजनमै ३/४ महिना खेल्न नपाउने भएपछि लगानी गरेँ ।  त्यसपछि ए शक्ति भाइ, भोलिबाट त मेला छ, कन्सर्ट छ भनेर कसैले भन्नुपरेन ।

गएको ३/४ वर्षमा झण्डै ३५/४० लाख पाएँ । यसले इन्डरको योजना आएको छ ।


क्रिकेट करियरको ऐतिहासिक क्षण ?


– हिस्टोरिकल क्षणहरु थुप्रै छन् । तर, २००२ मा पाकिस्तानलाई न्युजिल्याण्डमा बिट गरेको क्षण वन अफ दि वेष्ट मोमेन्ट । जुनियर टीममा बिग टेष्ट प्लेइङ नेशनलाई हरायौं । त्यसबेलाका उमर गुल, सलमान बट थिएँ, त्यो ब्याचका ५/६ जना टेष्ट टिममा आए । मलाई लाग्छ, मेरो मात्र होइन, त्यो ब्याचको सबै प्लेयरको यो बेष्ट मोमेन्ट जस्तो लाग्छ ।


बिर्सन लायक क्षण ?


– म जुन दिन टीम बाहिर भएँ, त्यो नै हो । जुन दिन ड्रप गरियो, मलाई ग्वाङझाओ एसियन गेम र एसीसी ट्रफीमा । किन हो, थाहा भएन । तर, मैले त्यो दिनलाई क्रिकेटको मेरो ब्याक डे भनेको छु ।


बिहे कहिले गर्नुभयो ?


– सन् २००४ मा  । १० वर्ष अस्ति कट्यो ।

दुईवटी छोरी छन् । मैले उनीहरुलाई भनेको छु, ड्याडीले केटाको वर्ल्डकप खेल्यो, अब तिमीहरुले केटीको वर्ल्डकप खेलेर देखाउनुपर्छ


लभ कि एरेन्ज


– एरेन्ज नै भन्नुपर्छ ।


बालबच्चा छन् होइन ?


– हो । दुईवटी छोरी छन् । ठुली ७ पूरा भएर आठ लागिन् । सानी छोरी ३ वर्षकी भइन् ।


रहर छ छोरीहरुलाई क्रिकेटर बनाउने ?


– रहरभन्दा पनि मैले बाचा नै गरेको छु । मैले उनीहरुलाई भनेको छु, ड्याडीले केटाको वर्ल्डकप खेल्यो, अब तिमीहरुले केटीको वर्ल्डकप खेलेर देखाउनुपर्छ । प्रोमिस ? भन्दा उनीहरुले प्रोमिस ड्याडी भन्छन् ।

मैले उनीहरुलाई अहिलेदेखि नै मोर्टिभेट गरिरहेको छु । कार्टुन हेरिरहेका बेला क्रिकेट खेलाडी बन्ने कि नबन्ने भनेपछि बन्ने भन्छन् । त्यसो भए क्रिकेट हेर्नुपर्छ भनेर कार्टुनबाट हटाएर क्रिकेट देखाउँछु ।

दुबै छोरीलाई क्रिकेट खेलाउन सकेँ भने मेरो जीवनको अर्को खुसीको क्षण हुनेछ ।


विवाहित भएपछि प्रेम प्रस्तावहरु आउँछन् होला नि ?


– फ्यानहरु छन् । तर, उनीहरुले पनि बुझ्छन् । अरुलाई नबुझे पनि मलाई बुझ्छन् । हा हा हा …. । मैले हरियो झण्डा नदेखाएपछि उनीहरुलाई आँट नै आउँदैन ।


झुट कत्तिको बोल्नुहुन्छ ?


– अरुलाई दुःख दिन हर्ट गर्न झुट बोलेको छैन । तर, झुट बोलेर कसैलाई खुसी पार्न सकिन्छ भने त्यसबेला झुट बोल्छु ।


शक्तिको कमजोर पक्ष ?


– छ । मेरी श्रीमतीले पनि भन्छिन् । म बाहिर हुँदा जति मेन्टेन गरेर अघि बढ्छु, घरमा गयो भने क्रिकेटबाहेक सबैथोक परिवारमै डिपेन्डेड हुन्छु ।


रुममा ड्रेस चेन्ज गरेपछि सबै जताततै छोडेर हिँड्छु । मिसेसले कपडाहरु मिलाएर राखेकी हुन्छिन् । म चाहिएको निकाल्छु, सबै भाताङभुतुङ पारेर छोड्छु । यो मलाई पनि कहिलेकाँही फिल हुन्छ । कहिलेकाँही आफैंले मिलाएर उसलाई खुसी पार्ने प्रयास गर्छु । तर, पनि आउट अफ टेन, सेभेन टाइम मैले मिस्टेक गरेकै हुन्छु ।


जीवनमा कत्तिको रुनुहुन्छ ?


– क्रिकेटमा धेरै पटक रोएको छु । टीमबाट बाहिर हुँदा सबैभन्दा नराम्रोसँग त्यही दिन रोएँ ।


टीममा धेरैजनाको निक नेम छ, तपाईलाई श्याकी भन्छन् । यसको कुनै विशेष मिनिङ छ कि ?


– शक्तिलाई स्याकी भनेको हो । बसन्तले कहिले काँही ड्याकु भन्छ । जहिले पनि हाँसिराख्छु त्यो भएर मलाई पहिला ड्याकु भन्थे । तर, यो मेरो पुरानो सन् २००२ सम्मका टीममेटलाई थाहा छ ।


हाम्रो टीममा देखेको कमजोरी के हुन् ?


–कमजोर पक्ष हाम्रो टुर्नामेन्टमा शो हुन्छ । कुनै बेला हामी एक्ट्राअर्डिनरी खेल्छौं । कहिले फ्लप हुन्छ ।
फर्म अनुसार हुन्छ । त्यो एउटा मोमेन्टम हुन्छ, सुरुको २/३ खेल राम्रो ग¥यौं भने राम्रो हुँदै जान्छ । राम्रो भएन भने खस्किएर जान्छ ।


क्रिकेट बाहेक अरु केही सोच्नु भएको छ ?


– मैले अन्तिमसम्म नै क्रिकेट नै सोचेको छु । के गर्दा क्रिकेटलाई सहयोग हुन्छ, त्यो गर्छु । गएको १२ वर्षदेखि न्यू होराइजन एकेडेमीमा प्रशिक्षकका रुपमा कार्यरत छु । ५ वर्ष अगाडि स्टार क्रिकेट एकेडेमी खोलेको छु । म जसरी हुन्छ, क्रिकेटको विकासमा नै लाग्छु ।

डिभिजन टूमा धेरै भरपर्छ । किनभने त्यसपछि हामीले चार वर्ष कुनुपर्छ । त्यो निकै लामो हुन्छ

मेरो सोचाइ अलि ठूलो छ । मेरो लक्ष्य भनेको कसरी हुन्छ नेपाललाई टेष्ट प्लेइङ नेशन बनाउन पाए त्यो नै मेरा लागि बेष्ट मोमेन्ट हुन्छ ।


शक्तिका नजरमा कति टाढा छौं हामी टेष्ट प्लेइङ नेशन बन्न ?

– सरकार, निजी क्षेत्र, एशोसिएन सबै मिल्यो भने २० वर्षभित्र हामी यो गोल भेट्टाउन सक्छौं ।


त्यसबेलासम्म त शक्तिले खेल्ने कुरा भएन । भनेपछि कोच बन्ने सपना हो ?


– अहिले त मैले यो सचेको छैन कि यो हुन्छ वा त्यो हुन्छ । तर, परिस्थितिले मलाई कता लैजान्छ । मेरो बुझाइमा क्रिकेटको विकासका लागि केन्द्रबाट होइन, जिल्लाबाटै राम्रो बनाउनुपर्छ । त्यसका लागि म कोच वा डेभलोपमेन्ट अफिसर जे भूमिका हुन्छ, त्यो निभाउँछु ।


यसको अर्थ अब शक्तिले सन्यासबारे सोच्न थालेको हो ?


– हो । डिभिजन टूमा धेरै भरपर्छ । किनभने त्यसपछि हामीले चार वर्ष कुनुपर्छ । त्यो निकै लामो हुन्छ । त्यसले हामीले यो २/३ वर्षभित्र गर्ने के त्यसपछि क गर्ने भन्ने ठाउँ बनाइराख्यो भने सजिलो हुन्छ जस्तो लागेको छ ।


नेपालले डिभिजन टू जित्यो भने शक्तिले अझै केही वर्ष क्रिकेट खेल्छ, होइन भने कुनै पनि बेला सन्यास घोषणा हुँदा आश्चर्य नमाने हुन्छ ?

–कस्तो छ भने अहिले फर्म्याट चेन्ज भएको छ । म कुन ठाउँमा फिट हुन्छु ? टिमले कसरी रियाक्ट गर्छ, त्यसमा भरपर्छ । तर, डिभिजन टूले ५० प्रतिशत निर्धारण गर्छ । सफलताले निरन्तरतालाई जोड दिन्छ । तर, तलमाथि भयो भने मलाई लाग्छ, म डेललोपमेन्टतिर लाग्दा राम्रो हुन्छ र वनडेबाट रिटायरमेन्ट हुन सक्छ ।


तर, शक्तिलाई कसले विस्थापित गर्छु भन्नेचाहिँ अझै देखिएन ।


– अँ । यो मलाई पनि फिल हुन्छ । हुन त यो भयो भने मात्र मेहनत गर्छु, नत्र गर्दिन भन्ने छैन तर, रिप्लेस गर्ने भयो भने थप मेहनत गर्छ सघाउँछ ।

म चाहन्छु कि मैले दुई विकेट लिँदा उसले चार विकेट लिओस्, अनि त्यसले मेरो लेभल तब छुन्छ । दाइलाइ विट गर्न मैले मौका पाएको बेला गर्नुपर्छ भन्ने सोचाइ उनीहरुमा होला तर, मैले देखेको छैन ।


अवकाशपछि तपाईको पहिलो रोजाइ के ?


– सकेँ भने कोचिङ नै हो । ६० प्रतिशत चान्स छ । कोच भएर डेभलोप गर्न सकिँदैन । खेलाडी त विकास गरिन्छ । तर, भौतिक पूर्वाधार सकिन्न । त्यसैले अध्यक्ष, महासचिव वा डेभलोपमेन्ट अफिसर भयो भने स्ट्रक्चर डेभलोभ गर्न सकिन्छ ।


तपाई यति धेरै कुरा सोच्नुहुन्छ, हामीकहाँ एउटा राम्रो स्टेडियम पनि छैन ?


–त्यही भएर नै मैले ग्रासरुटबाटै विकास गर्न थालेको छु । १० वर्षअघि मैले इन्डोर क्रिकेटको कुरा गर्दा मान्छेहरुलाई मूर्खले भनेको जस्तो लाग्थ्यो ।
अरे शक्ति, मजाक नगर न भन्थे । जस्तो, नेपालले विश्वकप खेल्छ भन्दा हुन्थ्यो ।

तर, मैले त धेरै कुरा सोचेको छु भन्यो भने तपाई पनि हाँस्नुहुन्छ ।

जस्तो ?

–मेरो धोको नै छ कि भैरहवाको सिद्धार्थ रंगशालालाई फिरोजशाह कोटला, इडेन गार्डेन जस्तो स्टेडियम बनाउने र १५/२० वर्षपछि नेपाल टेष्ट प्ले इन नेशन भयो भने त्यहाँ फ्लोर लाइटमा नेपाल र इण्डिया, नेपाल र अष्ट्रेलियाको म्याच कल्पना गरेको छु ।

कोच भएर हुन्छ कि अफिसियर भएर हुन्छ, त्यो गर्न तयार छु । अहिले नै भन्दा धेरै हाँस्न सक्छन् । तर, सोचौं न । जब सोचिन्छ, तब सम्भावना हुन्छ ।

- See more at: http://www.onlinekhabar.com/2014/12/219168/#sthash.k8TcBoXL.dpuf

 
Posted on 12-18-14 7:48 AM     [Snapshot: 14]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भगवानले शक्तिको रहर पुरा गरुन्। नेपानमा कम्सेकम् क्रिकेटको चाहिँ बिकास होस्। शक्ति ब्रोलाई धेरै धन्यवाद।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
Sajha Poll: Who is your favorite Nepali actress?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Problems of Nepalese students in US
Mamta kafle bhatt is still missing
Tourist Visa - Seeking Suggestions and Guidance
Nepali Passport Renewal
To Sajha admin
From Trump “I will revoke TPS, and deport them back to their country.”
Are Nepalese cheapstakes?
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
wanna be ruled by stupid or an Idiot ?
MAGA denaturalization proposal!!
Nepali Psycho
advanced parole
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
How to Retrieve a Copy of Domestic Violence Complaint???
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters