[VIEWED 10928
TIMES]
|
SAVE! for ease of future access.
|
|
The postings in this thread span 2 pages, go to PAGE 1.
This page is only showing last 20 replies
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 01-03-07 9:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
प्रचण्ड प्रभु, जदौ!! क्यार्दै हुनुहुन्छ? सन्चै हुनुहुन्छ होला के रे। म नि सन्चै छु। अब क्यार्नु नि सन्चो नि नभएर, हैन त? आज खासै केहि काम गर्ने इच्छा नभएर तपाईँलाई नै एउटा पत्र लेखौँ कि जस्तो लागेर आयो अनि यो लेख्न थाल्या के। खोइ तपाईँले के पढ्न भ्याउनु हुन्छ होला र। प्रभु, तपाईँलाई त क्या चिठ्ठा पर्ने हो भन्या। सुरुमा जनयुद्ध सुरु गर्दा मरिन्छ कि बाँचिन्छ भनेर एउटा फोटो नि खिचाएर युद्ध सुरु गर्नु भा रे अहिले नि ति फोटोका त सबै जिबितै छन् क्यारे। भनेपछि यत्रो युद्धमा केहि नि घाटा भएन के। क्या दामी!! फेरि हेर्नुस् न सोच्दै नसोचेका मोडहरु आइपुग्ने के। सुरुमा त्यहि १५ बर्ष युद्ध गर्ने भनेर सुरु गर्या अहिले १०-११ बर्षमै यत्रो उपलब्धी भयो। राजा बिरेन्द्रले नि मरेरै भएनी गुण चाँहि लगाए के तपाईँलाई। कता कता भित्र मनबाट त धन्यवाद नि दिनुभयो होला है? ए कस्तो बिर्स्या भन्या मैले, बाबुराम जी एउटा लेख नै लेखाइहाल्नु भयो नि, बिरेन्द्र सङ्ग अघोषित कार्यगत एकता थियो भनेर। ठ्याक्कै त्यहि भनाउनु भा थियो कि यस्तै यस्तै अर्थ आउने कुरा भनाउनु भा'थियो। ओहो! त्यो बाबुराम जीको लेखले त बबालै गर्यो नि, युबराज घिमिरेलाई पुलिसले लगेर बबाल गर्देको थियो। भरे त तपाईँले नि बाबुराम जीलाई बबाल गरिदिनु भएछ आत्मालोचना गराएर। क्या गर्दिने भने नि, सुरुमा ल ल लेख्नुस न भनेजस्तो गरेर इशारा गर्दिने अनि लास्टाँ आत्मालोचना गराएर थेचार्दिने के। प्रभु माने के मैले माने!! हुन त राजा बिरेन्द्रले मात्र के नि, ज्ञानेन्द्रले नि त गुण लगाएकै हुन नि। कस्तो बेलामा तिनले कू गर्देर सबैको आखाँको तारो बनेरै भएनि सहयोग चाहि गरेकै हो। सुरुमा त सबैलाई ज्ञानेन्द्रले राम्रै गरे जस्तो भा'थियो, पछि फेरि उनलाई किन हो किन तपाईँहरु जङलमा बसेको चित्तै नबुझेर आफु खराबै जस्तो देखिएर भएनि तपाईँहरुलाई सहयोग गरे के। नत्र तपाईँलाई कस्ले पत्याउने नि। अहिले हेर्नुस् त, तिनलाई भित्र दरबार भित्र राखेर क्या मस्ती गर्न पाउनुभा'छ तपाईँहरुले। साथी भन्या त त्यस्तो पो त। उहिले तपाईँहरुले जङलाँ बसेर उनलाई मोज गर्न दिनुभयो अहिले उनले आफुँ दरबार भित्र बसेर तपाईँलाई मोज गर्न दिएका छन्। लौ नत्र भन्नुस् त, उनले त्यो बेलाँ त्यस्तो फोन सोन बन्द गरेर, कर्फ्यु सर्फ्यु लगाएर, ति पुराना पन्चेहरुलाई सत्तामा ल्याएर उधुम नमच्चाको भए अहिले तपाईँको दिन आउथ्यो त? त्यहि त भन्या नि! तर तपाईँपनि मान्छे त कागको फुल चोर्ने मान्छे हो के। यस्मा चाँहि तपाईँले दिमाग लगाएकै हो। "हाम्रो नेता भनेको गिरिजा बाबु" भनेर फुकिदिइहाल्नु भयो। अब अरुले नाई भनेर भो? सबैभन्दा पाको मान्छे भन्या नै गिरिजा बाबु, अब उहाँलाई नेता बनाएपछि त ति दोस्रो पुस्ता का नेताहरुको त चिलिम फर्किहाल्यो नि, कि कसो? हेर्नुस त बिचरा मा कु ने जी उफ्रेको। उहाँलाई मात्र थाहा छ तपाईँको चाल। अरुले त बुझे कि बुझेनन्। ठ्याक्क गिरिजालाई अहिले को नेताको रुपमा अगाडी राखिदिएपछि त त्यो सात दलका अरु सबै नेताहरु त कता हराए हराए। अनि यता माओबादी बाट आफुँ आएपछि त जम्मा देखिने भन्या नै दुइटा नेताहरु मात्र। एउटा तपाईँ अर्को गिरिजा बाबु। अब गिरिजा बाबु कत्ति बाँच्ने होला र? त्यहि एक दुई बर्ष? अनि त्यस्पछि त सबले देख्ने नेता भनेको त त्यहि जन आन्दोलन २ अनि संविधान् सभा ताका देखिएका नेताहरु मध्यको दोस्रो नेता, यानी कि तपाईँ। भनेपछि ३ बर्षपछि त तपाईँ नै सर्बे सर्वा। वाह!! माने गुरु माने!! अनि बिचरा मा कु ने जी रिसाउदैनन् त? १२ बर्ष भो होला महासचिब चलाको, केहि हुन सक्या छैन। त्यत्रो महल जस्तो पार्टी कार्यालय भन्यो। आफुँ सङै का के पि ओली बिदेश गएका गएकै छन्। आफ्नो केहि भा'होइन। अझ जन आन्दोलन २ मा सबै भन्दा बढी घर भित्र थुनिएका बिचरा। क्या गर्दिने भन्या तपाईँले नि। अझ अर्को हेर्नुस न कस्तो चतुर के तपाईँ। गाउँमा पुलिस चौकी बनाउन नद्याओ भनेर लाउने अनि लास्टाँ आएर फेरि हात जोडेरै सबैलाई पुलिस चौकी बनाउन द्याओ भनेर भन्दिने। अब जस्ले नि यसो हेर्दा त ओहो प्रचण्ड जीले त गर्नु गर्या हो भन्ने देखि हाल्छन् नि। क्या घुमाइदिने भने नि। तर एउटा कुरो चाँहि सोध्नु पर्यो पर्भु, त्यो एउटा मधेसी मुक्ती मोर्चा कि के नाम गरेको फ्याक्सन छ रे नि पुर्व तराई तिर। त्यस्को चाँहि के पोलिटिक्स हो? मैले त कुरै बुझिन। अब तपाईँहरु बाट छुट्टिएर गएको हो भने त त्यस्को नैतिक जिम्मा त तपाईँहरुले नै लिनु पर्यो नि। तिनीहरुलाई हतियार त तपाईँले नै दिनुभएको हो। हतियार ब्यवस्थापन गर्दा त तिनीहरुको हतियार नि ब्यवस्थापन गर्नु पर्यो नि। खोइ त केहि भा'जस्तो लाग्दैन त। कि त्यस्मा पनि राजनिती छ? कता कता मलाई त तपाईहरुले केहि आफ्ना सैनिक लाई केहि परिहाल्छ कि भनेर बाहिरै राख्न त्यसो गर्या हो कि जस्तो लाग्न थाल्यो। खोइ के हो के!! लौ गुरु, अब धेरै के लेख्नु? एकछिन फुर्सद भा'भएर केहि कोर्न मन लाग्या मात्र हो, अन्यथा नलिनुहोला। तपाईले सोचे अनुसार जाने हो भने ५ बर्षपछि अरु कुनै पार्टीमा नेता नै हुनेछैनन्। सबै हराउँछन्। अब मान्छे को पुच्छर हराएजस्तै के। केहि काम नभाएको ले मान्छे को पुच्छर हराको रे नि। हस त प्रभु!! जे सुकै जस्तो सुकै भए नि, १३००० मान्छे मरेपनि तपाईँले राम्रो गाडी चढ्न पाउनुभएकै छ। क्या खतरा घडी थियो नि त्यो एउटा पत्रकारले खिचेको। मैले यहाँ खोज्दा खोज्दा गरेँ पाइहाल्छु कि भनेर, तर अहँ पाएकै होइन। अनि फिलीम नि हिन्दी पराउनु भाको रे तपाईँले यसो नेपाली फिलीमको नाम लिइद्या भए नि हुने नि। आगो, बलिदान थिए नि फिलीम त। कहाँ रङ दे बसन्ती भन्देर!! गीतहरु त दामी छ नि है!! त्यो "ओइ साला" भन्ने त दामी लाग्छ मलाईपनि। लु त लु!! आज लाई यत्तिनै है त!! फेरि भेटौँला नि। उहि, क्यामोफ्लाज्ड (जङली लाहुरेको लुगा के!) ============================================== पि एस: यो मेरो मनको खुल्दुली मात्र लेख्या हो है साथीहरु, नरिसाई पढिदिनुस्। ह्याप्पी ट्युसडे!! :पि
|
|
|
The postings in this thread span 2 pages, go to PAGE 1.
This page is only showing last 20 replies
|
|
Please log in to subscribe to 's postings.
Posted on 01-03-07 9:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खित्...खित्....खित्... आबो फिरि प्रचण्डे सुड्डा बबाल मख्ख परिदिने होला कुम्स ब्रो को कमेन्ट सुनेर! जे होस ब्रो खोक्स चाहिँ हर्रामि दिएको हो ल सोम ले। फिरि सुड्डा हाम्रो तिर लास्टै आइदिने के जनयुद्दको बेलामा। 'गुडि' भन्ने ठाउँ त सुड्डाले सुन्नै नहुने फिरि। कहिले सिलिगुडि, कहिले जलपाईगुडि घुमेको घुम्यै गरिदिने के। हा हा हा 'रंग दे बसन्ती' रे ! सुड्डा फिरि हाम्रो करिश्मा छप्किको फिल्म आयो भने पानी पानि हुने कि अन्त इनटरभ्यूमा पनि करिश्मा छप्कि साह्रो मन पर्छ भनेर खोक्द दिएको रेन्त नि, सुड्डाको ग्यास जस्तो छन्त नि! जे होस पाटले दामि दियौ खोकाई, गुलेलि हान्न नजान्ने नेपालीलाई अचेल त 'ए के ५७' खेलाउने बनायो हौ सुड्डाले, यहि हेर्दा मात्र पनि बिकास त भक्कु ल्याउँछ जस्तो छन्तनि हौ! :)
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 01-03-07 11:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 01-04-07 1:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खित्...खित्....खित्... kata gayo mero bhai bhaneko ta kothama basera chithi lekhdai rahechha . :)
|
|
|
Top Bahadur
Please log in to subscribe to Top Bahadur's postings.
Posted on 01-04-07 1:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गजब को चिठि लेखनु भयेछ केरे, मलाई त मन् परो, साचो हो जस्तो लायो।।
|
|
|
Hi_nanu
Please log in to subscribe to Hi_nanu's postings.
Posted on 01-04-07 8:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तर एउटा कुरो चाँहि सोध्नु पर्यो पर्भु, त्यो एउटा मधेसी मुक्ती मोर्चा कि के नाम गरेको फ्याक्सन छ रे नि पुर्व तराई तिर। त्यस्को चाँहि के पोलिटिक्स हो? मैले त कुरै बुझिन। अब तपाईँहरु बाट छुट्टिएर गएको हो भने त त्यस्को नैतिक जिम्मा त तपाईँहरुले नै लिनु पर्यो नि। तिनीहरुलाई हतियार त तपाईँले नै दिनुभएको हो। हतियार ब्यवस्थापन गर्दा त तिनीहरुको हतियार नि ब्यवस्थापन गर्नु पर्यो नि। खोइ त केहि भा'जस्तो लाग्दैन त। कि त्यस्मा पनि राजनिती छ? कता कता मलाई त तपाईहरुले केहि आफ्ना सैनिक लाई केहि परिहाल्छ कि भनेर बाहिरै राख्न त्यसो गर्या हो कि जस्तो लाग्न थाल्यो। खोइ के हो के!! Good issue raised...Who is responsible for this?great...If another faction from camp comes out and do the same thing,who will be responsible?...gr8 camo
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 01-04-07 9:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुम्लेदाइको दामी गयो ल ! गजब छ। यस्तै यस्तै बिचारोत्तेजक लेखहरु छिटो छिटो पस्किनु पर्यो प्रभो ! :-) हैन, त्यो जनयुद्ध सुरु गर्दा खिचेको फोटोका एक तिहाइ मुन्छे त स्वाह भैसक्या रे भनेर पढेको थेँ त मैले। त्यो त्यो एक तिहाइमा प्रचण्ड परेको भए बाँकी बीचबाट अर्को चण्ड वा अचण्ड त पक्कै निस्किन्थ्यो। जे होस ज्यानको बाजी राखेर राजनिति गर्नु भनेको पक्कै पनि धेरै जटिल काम हो। झण्डै २५० बर्षसम्म गडेको शाही-सद्दामहरुको जरो हल्लाउने प्रचण्ड-सद्दामको शाहसलाई मेरो तर्फ बाट त खुल्ला मनले "वाह! वाह!" छ। फेरि मलाई त यो राउनिति त्यति आउँदैन, जसले जे भन्यो त्यै हो हो जस्तो लाग्छ। :p
|
|
|
sndy
Please log in to subscribe to sndy's postings.
Posted on 01-04-07 10:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Camo, Another wonderful piece. Tapai ko lekhne istyle ta daami cha hai...kya majja ayo padhna..ajhai jaaos hai !!
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 01-04-07 3:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म आभारी छु सम्पुर्ण मित्रहरुप्रति। मेरो गन्थन पढिदिनुभएकोमा। निशान्तले मलाई सिकाएको एउटा कुरा, यदि दिमागमा टेन्सन भयो भने केहि लेख्नु रे। हिजो त्यस्तै भा'थियो अनि के गर्ने के गर्ने भनेर बसिरहेको थिएँ, ठ्याक्क बिबिसीको वेबसाइटमा प्रचण्डजीले हात जोडेर सबैलाई 'गाउँमा पुलिस चौकी खोल्न दिनुस्' भनेर बिन्ती गरेको देखेपछि उहाँलाई नै एउटा पत्र लेखुम कि भनेर दिमागमा आयो। लेख्न सुरु गरेको त ओहो!! के के निस्किन्छ निस्किन्छ दिमागबाट। अनि चाँहि जे जे दिमागमा आउँछ त्यहि त्यहि लेख्दै गएँ। लास्टमा लेखिसकेपछि चाँहि बास्तबमै रिलिफ भयो। थ्यान्क्स निस पाट :डि ImI bro: धन्यवाद समय निकालेर मेरो गन्थन पढिदिनुभएको मा। प्रचण्डजी सार्है चलाख खेलाडी हो नेपाली राजनितीको। हुन त भाग्यले नि साथ दिएको हो भन्छु म त, नत्र १०-१२ बर्षमा यस्तो Favorable Circumstances आउँछ भनेर त कस्ले सोचेको हुन्छ र? rahulvai: हा हा हा क्या मनको कुरो बुझिदिएँ नि? खोइ ठुल्दाईको मनको कुरो बुझेर केहि फाइदा होला जस्तो लागेन। मेरो मनको कुरो बुझ्नु भयो नि तपाईँले? धन्यवाद पढिदिनुभएकोमा। निशान्त पाट: तिमीलाई त अघि माथी नै धन्यवाद दिइसकेँ। हे हे हे!! "गुडी" देख्नै नहुने रे!! लोल हा हा हा-- क्या दिने के ब्रोले पनि हल्का हल्का!! दादा: तपाईँले राख्नु भएको लिन्कमा त बबाल पो लेखेको छ त। कहाँ हामीले त्यस्तो लेख्न सक्ने? धन्यवाद। मिस: ल मिस हाँसेको हेर न! :पि Top Bahadur: एकदम खुसी लाग्यो तपाईँलाई मनपरेको कुरो सुन्दा। सायद मैले लेखेको कुरामा तपाईँको पहिलो कमेन्ट होला। धन्यवाद। अब मैले भनेको कुरो सहि हो कि होइन चाँहि थाहा छैन, उहि मनमा लागेको कुरो लेख्या मात्र हो। Hi nanu: तपाईँले चाँहि Core कुरो समात्नु भयो के। मलाई एकदमै मनमा लागेको कुरो चाँहि यहि हो। यदी यो फ्याक्सनलाई यसरी नै छोड्ने हो र नसमेट्ने हो भने, यो पनि पछि माओबादी जस्तै अर्को ठुलो समस्याको रुपमा निस्कन्छ। माओबादी जनयुद्ध नि यसरीनै सुरुभएको न हो। र तपाईँले भन्नु भएजस्तै फेरि अर्को फ्याक्सनले माओबादी छोडेर निस्किएभने त्यस्को जिम्मा कस्ले लिने? खोइ यो बिषयमा कसैले बोलेको देखिदैन। हेरुम्! केहि होला नि। भउते: बिचारोत्तेजक रे--हा हा हा!! क्या भन्दिने के फेरि!! लोल। भन्नाले--- बिचारले उत्तेजना ल्याउने कि, उत्तेजनामा आएको बेलामा निस्किने बिचार?? :पि--- खोइ यार ठ्याक्कै कति जना मरे ति फोटोका मान्छेहरु भन्ने चाँहि थाहा छैन मलाई तर सायद उनिहरुले एक्स्पेक्ट गरेको भन्दा त थोरैनै होला। तर जे सुकै भएपनि राजनितीको लागी मान्छेको हत्या गर्नु त कहिले नि राम्रो होइन होला जस्तो लाग्छ। हुन त मैले राजनितीको कुरो तिमी सङ गर्नु भनेको सुर्यलाई दियो देखाउनु जस्तो हो। sndy: How are yaa doing? I saw your post in that GOODBYE..... thread...lol! Thankyou so much for remembering me अब हजुरलाई त कहिले पो नराम्रो लागेको छ र मेरो लेखाई? हैन त? लास्टाँ यो थ्रेड हेरेर मुसुक्क मुस्कुराइदिनुहुने सबैलाई कोटी कोटी नमस्ते!! :-)
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 01-04-07 3:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
e kumle le po lekheko chithi baafre darai lagyo ho malai ta, gajjab chha la. :)
|
|
|
sndy
Please log in to subscribe to sndy's postings.
Posted on 01-04-07 3:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Camoji, yaha ko dhanyabaad dine tarika pani gajab lagyo hai..I'm doing fine...thank you for asking hai..aru jaaos hai chadai..
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 01-04-07 3:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
.Pretty : LOL...kina daraako ni tyasto? jhan majjaale haasi haasi padhna chhodera!! Thank you so much for reading. I know you like it. sndy Ji he he he!!! I am always so scared of this Ji word. Aru ni jaaos re..ha ha ha..sure sure!! :-)
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-04-07 3:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुम्लेले खै ठुल्दाइको कुरा बुझेको? मेरो माथिंगलमा पनि यस्तै यस्तै कुरा उठिराख्या पो भनेको । अस्ती देखिन म पन चिठ्ठी लेखुम लेखुम भैराख्याथ्यो, आफु पर्यो नम्बरी अल्छि, भाईले लेखी दियो, मेरो मन को बुझी लियो, धेरै धेरै धन्यवाद ।तारेमाम ।
|
|
|
maaila
Please log in to subscribe to maaila's postings.
Posted on 01-04-07 3:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
CaMoFLaGeD, good work man, Interesting and TRUTH......Keep it up, I am really impressed with your imagination..............
|
|
|
maaila
Please log in to subscribe to maaila's postings.
Posted on 01-04-07 3:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Jai_Nepal
Please log in to subscribe to Jai_Nepal's postings.
Posted on 01-04-07 4:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
I think the riot and all the autrocities in Nepalgunj was also planned by Maoists. They first did all the things and in the end ated like they were the onces who took the situation in control to win the hearts of the people. It's all politics. Damn Maoists..... MoFo Terrorists.
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 01-04-07 5:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
kina ma hasna hudaina ra ?....kumle jeee :( baru yesto khale विचार विश्लेषण feri ni padhna paaam :) ( haschhu jaa......):D
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 01-04-07 5:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुम्ले खासाको चिठी लेखैछौ । अब यसरी साझा टासेर कताबाट पाउने नी प्रचन्ड हुसेनले ? हुन त हुलाक जती जंगल फाडे जस्तै फाडी सके । यसो फ्याक्स गरेरको भे नि हुन्थ्यो, हुन त स्यटलाइ फोन बोकेर हिड्छन के रे प्रचन्ड । ल यो चिठी लाने काम चै मै नै गर्दिम्ला । उत्तर को प्रत्तिक्षा गरे , छिटै आइपुग्ला ।
|
|
|
ratamakai
Please log in to subscribe to ratamakai's postings.
Posted on 01-04-07 5:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
yo nepe pani ke ke garcha garcha (item-item). nepalean do you remember who used to say item-item in our batch
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 01-04-07 6:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
rate suman ho tyo bhanne? ani yar maile sacchai chineko hina rate lai. basai us ho ki canada?
|
|
|
ratamakai
Please log in to subscribe to ratamakai's postings.
Posted on 01-04-07 7:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|