[Show all top banners]

AmeeenRandhichora
Replies to this thread:

More by AmeeenRandhichora
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 मानसिक सक्षमताबाट सफलता
[VIEWED 4202 TIMES]
SAVE! for ease of future access.
Posted on 04-25-11 3:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

व्यक्तिको मानसिकता उसको व्यक्तित्वमार्फत झल्कन्छ। विवेकी मानसिकताको परिणाममा सुन्दर व्यक्तित्व निर्माण हुन्छ। विकृत मानसिकताले मन कमजोर बनाउँछ। मन कमजोर भए जीवनमा सफलता प्राप्त गर्न सकिँदैन। सुन्दर मन भएको व्यक्ति जीवनमा सबैभन्दा ठूलो सफलताको हकदार हुन्छ। मन व्यक्तिको बल हो र मन नै उसको बलराम। यदि व्यक्ति तनावमुक्त, प्रसन्नचित्त एवं शान्त छ भने जीवनको विकासमा उसको मनजस्तो ठूलो तथा उपयोगी तत्व अरू केही हुन सक्दैन।

मनले नै व्यक्तिको वर्तमान निर्माण गर्छ। मनस्थिति नै कुनै पनि व्यक्तिको भविष्यको आधारशीला हो। स्वस्थ मानसिकता नै जीवनको मेरुदण्ड हो। व्यक्तिमा जति मात्रामा उत्साह, उम· एवं खुसी हुन्छ उसको जीवन त्यति नै सफल साबित हुन्छ। त्यसैले हरेक व्यक्तिले खुसी, धैर्य एवं तत्परताका साथ काम गर्नुपर्छ। कामभन्दा त्यसका पछाडि रहने मानसिकता महत्त्वपूर्ण हुन्छ। सफलता आकाशबाट झर्ने कुरा होइन। भाग्य धर्ती चिरेर बाहिर आउँदैन। सफलता त्यसले प्राप्त गर्छ जसलाई भाग्यले साथ दिन्छ। भाग्यले त्यसलाई साथ दिन्छ जो भाग्यप्राप्तिका लागि सधैं परिश्रम गर्छ।

व्यक्तिको शक्तिको परिचय स्वस्थ मानसिकताले गराउँछ। सुन्दर मानसिकता नै सही अर्थमा उसको शक्ति हो। जीवनप्रति उत्साहित हुनुपर्छ। सुखपूर्वक जीवन बिताउनुपर्छ। जसले जीवनलाई उत्सवका रूपमा सुखमय बनाउँछ उसको मृत्यु नभै जीवनको एक महोत्सव बन्न पुग्छ।

आज सहरी जीवनको समस्या जति पारिवारिक र सामाजिक देखिन्छ त्यो भन्दा बढी मानसिक छ। निराशा, चिन्ता, क्रोध, तनाव आदि समस्या असफलताका परिणाम हुन्। यिनलाई हटाउन मनमा भएको हीन भावनालाई बाहिर निकाल्नुपर्छ। आफ्नो योग्यता एवं क्षमतालाई कम आँकलन गर्ने भूल कहिल्यै गर्नु हुँदैन।

मनलाई निर्मल पारी उच्च सोचलाई स्थापित गर्नुुपर्छ। संघर्ष, परिश्रम एवं लगनशीलताको बाटो अंगाली धैर्यपूर्वक, आत्मविश्वासका साथ निरन्तर कार्य गर्नुपर्छ। सफलता ढिलो-चाँडो अवश्य प्राप्त हुन्छ। उच्च विचार राखौं, उच्च लक्ष्य साँचौं, दुनियाँ आफ्नै हुन्छ। जीवनप्रतिको सकारात्मक दृष्टिले नै आत्मविश्वासलाई कायम राख्छ र यही आत्मविश्वासले सफलतालाई सुनिश्चित गर्छ
 
Posted on 04-25-11 11:04 AM     [Snapshot: 75]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Benifitted ? any one ?
Last edited: 25-Apr-11 01:10 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
TPS Re-registration case still pending ..
Do nepalese really need TPS?
nrn citizenship
Drawback for applying NRN card
Breathe in. Breathe out.
Democrats are so sure Trump will win
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters