SurNaTal
Replies to this thread:

More by SurNaTal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

somewhereondearth

ThahaChaena
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 म

[Please view other pages to see the rest of the postings. Total posts: 27]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 10858 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 02-16-08 6:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"म"

मलाई डोसा एकदमै मिठो लाग्छ,
तर ढिंडो चाखेकै छैन।
मलाई मिनिस्कट एकदम सुहाउंछ,
तर फरिया-चोली लगाएकै छैन। 

******************

मलाई म्याडोनाका गीत मुखाग्र छन,
तर कुमार बस्नेतका सुनेकै छैन। 
मलाई पियानो राम्ररी आउँछ,
तर सारंगी देखेकै छैन। 

*******************

मलाई एथेन्से एकदमै मन पर्छ,
तर लुम्बिनी पुगेकै छैन। 
विश्वाज्वतिमा रंगिला फेरि चले हुन्थ्यो,
तर दक्षिणा हेरेकै छैन। 

******************

म बिदेशी भाँडा माझ्न मन्जुर छु,
तर गाउँमा खुकुरी पिट्न लाज लाग्छ। 
किनकी मेरी प्रेयसी शहरकी हुन,
तर मेरो घर कहाँ हो सोचेकै छैन।

******************

 

Cheli Writes,

हामी

हामी विध्यार्थी हौं

भविष्यका कर्णधार,

तर जूही र श्रिदेवीलाई गुरु मानेर

सीताको आदर्शलाई लत्याइरहेछौं ।

 

हामी बालक हौं

देशका भावी पालक हौं

तर माइकल ज्याक्सनको बाटोमा हिंडेर

सहीदहरुलाई रुवाइरहेछौं ।

 

अक्षय र अजयको आजको युगमा

कालिदाशको मान्यता नै के छ र

म एक्ली चिच्याएर के गरुं

जगत् सारा निदाइ रहेछ ।

(ps: Akshaya Kumar and Ajay Devgan were very hit actors at that time)

Last edited: 22-Feb-08 02:51 PM

 
Posted on 02-17-08 1:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

विश्वाज्वतिमा रंगिला फेरि चले हुन्थ्यो,
तर दक्षिणा हेरेकै छैन। 

cool

Tara maile Rangeela chai ghar ma nai projector ma hereko. Taee film pachi ta ho ni ma Urmila ko fan bhayeko, haha.


 
Posted on 02-17-08 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

very good one. Suntale ji ko yo kabita le malai aafule class 8 ma huda lekheko auta kabita ko yaad dilayo. yaha rakhchhu hai ta ( bachhai ma huda lekhya bhayera ali childish ni chha hai):

हामी

हामी विध्यार्थी हौं

भविष्यका कर्णधार,

तर जूही र श्रिदेवीलाई गुरु मानेर

सीताको आदर्शलाई लत्याइरहेछौं ।

 

हामी बालक हौं

देशका भावी पालक हौं

तर माइकल ज्याक्सनको बाटोमा हिंडेर

सहीदहरुलाई रुवाइरहेछौं ।

 

अक्षय र अजयको आजको युगमा

कालिदाशको मान्यता नै के छ र

म एक्ली चिच्याएर के गरुं

जगत् सारा निदाइ रहेछ ।

 

(ps: Akshaya Kumar and Ajay Devgan were very hit actors at that time)

Suntale jyu lai dherai dherai Thanks hai, mero yo birsisakeko kabita samjhaidinu bhako ma. 


 
Posted on 02-17-08 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks frens. My one also a product of young mind when I was in late teen. As it is seen, it was the time of Rangila and Dakshina. Great work Cheli, for the age you mentioned.
Last edited: 17-Feb-08 12:31 PM

 
Posted on 02-17-08 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्तले नाइस पिस अगेन, थ्यान्क्स डुह

 
Posted on 02-17-08 6:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Thanks Suntale ji. yes I wrote this when I was in class eight (about 14 yrs old). I had almost forgotten this kabita. But after reading ur kabita, I remembered it. So, I posted in ur thread as well.  
 
Posted on 02-18-08 12:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nice creation, keep it up. Thanks to cheli & surna tal.
 
Posted on 02-18-08 12:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nice creation, keep it up. Thanks to cheli & surna tal.
 
Posted on 02-18-08 8:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Very Good. It's sweet and simple. Keep it up Suntale and Cheli.
 
Posted on 02-18-08 9:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह सुन्तले जी वाह !
म पनि एक लाइन थप्ने ध्रिष्टता गर्दै छु।

 

भानु भक्तको सालीक फोडी,

सरु भक्तको किताब च्याती

अन्धभक्त म , 

मालिक रिझाइ रहेको छु,


 
Posted on 02-18-08 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्तले र चेलीले हामिले आफ्नोपनमा बढि ध्यान दिन छाडेको कुरा पोख्नुभएछ, राम्रो लाग्यो! ठूल्दाईले पनि थप्नुभएछ। अब प्याच्च छुच्चो मुख फोर्छु है त!

सुन्तलेजीको कवितामा यो हरफमा चाहिँ वास्तविक भावुकता देखियो;  यस्तो हुन नहुने हो भइरहेको छ।

म बिदेशी भाँडा माझ्न मन्जुर छु,
तर गाउँमा खुकुरी पिट्न लाज लाग्छ। 

अरु लाइन चाहिँ अलि बढि नै भावुक भएर लेखेको जस्तो देखियो!-


 


 
Posted on 02-18-08 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाबुक, मनछुने हरफ हरु पढ्ने मौका देकोमा सुन्तले जि लाई धन्यवाद। चेली को कबिता अनी र ठुल्दाइ को छोटो टुक्रा पनि मन पर्‍यो। अरु पनि लेख्दै गरम।
 
Posted on 02-18-08 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे, निर्भन, लहरे, राहुलदाइ, र बिर्खे दाई लाई धेरै धेरै धन्यवाद। यो धेरै त ब्यंग्य सैली मा त्यो पनि १६-१७ को काँचो मानसिकताले लेखेका हरफहरु भएकोले बिर्खे दाई ले भन्नु भए जस्तो अलिक कम सान्धर्भिक र अलिक बढी भाबुकत देखिन्छ। क्षमा चाहन्छु।
 
Posted on 02-18-08 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्चे बुरो मिचैमा चिरेछन। धन्यवाद है जि।
 
Posted on 02-18-08 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-18-08 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Wonderful poem Suntale bro.....

Here is lighter version of my style hehehehe...............

My First Poem (Poem ta k bhannnu, 5 minute ma lekhya ho) Straight from the heart hehheheh

Ladies here in SAJHA, please Excuse me LOL


मालती होस् या मेरिना
मलाई त उस्तै लाग्छ

मालती पनि केटी, मेरिना पनि केटी
एउटी नेपाली अर्की कुइरिनी

मालतिले बिहे गर्न धम्याउकी थि
मेरिनले बिहे भन्दा, बोक्सी जत्रा आँखा पार्छे।

छाला  फरक होला
एउटिले भात खाली
अर्किले बर्गर

तर केटी भन्या जहाँ पनि उस्तै
मेरिना पनि उस्तै
मालती पनि त्यस्तै

बोल्ने भाषा फरक होला
लाउने कपडा फरक होला

एउटिले लोपेज सुन्छे
अर्किले अरुणा लामा
मालतिले फरिया लाउछे
मेरिनाले २ इन्चको जामा

मालती होस् या मेरिना
केटी भन्या उस्तै उस्तै
हाती छप चप्पल र हात्त्ती जस्तै

१-२ महिना रमाइलो गर्छन्
अनी शुरु गर्छन् उहि


केटीको जातै यस्तै, धेरै भन्न नहुने
तर सत्य कुरा गर्नै परो, २४ घण्टामा २३ घण्टा नबोली नहुने

मालतिले नेपालीमा बोल्थी
मेरिनाले गाई खाने बोल्छे

जे गरे नि
जसो गरे नि
बोल्ने भाषा फरक होला
तर अर्थ उस्तै

बिहान देखी साँझ सम्म किचकिचको किचकिच

 
Posted on 02-20-08 5:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो धागो सुरु भई गो, एउटा कच्चा कबिता लिएर। चेली, Amazing यानी झिल्के र राहुल दाइले आफ्ना रचनाहरु थपिदिनु भयो र उपादयता थपियो। कच्चा उमेरमा लेखेका अरु २-४ हरफ हरु पनि थप्दै जानु परो, २-४ दिन। भाबुकता, र ब्यङ्य लाई पर सारेर हास्यको रुपमा मात्रा पढिदिनु होला। धन्यवाद।

 

रोजाइ

पिउनु नै त हो,
       कोक, प्यास र पेप्सी नै पिए पनि त हुने
       खै किन मिर्नोभ, नसा र खुकुरीमै जान्छ मन
दुख्नु नै त हो,
       रोग, भोक र गरीबीमै दुखे पनि त हुने,
       खै किन तरुनी थाइकटहरु नहाँस्दैमा दुख्छ मन 
 
ब्यापार नै त हो,
      आलु भ्यान्टा, वा पुरी फ्यान्टाकै गरे पनि त हुने, 
      खै किन सोझा सिधा चेली बेटिकै गरिन्छ यहाँ
प्रदर्शन नै त हो,
      पहिलो नै हुने गरी सम्पूर्ण गरे पनि त हुने,
      खै किन आधा-आधा गरेर पछि-पछि परिन्छ यहाँ।

बस्नु नै त हो, 
      काम, कर्तब्य र निस्ठामै बसे पनि त हुने
      खै किन मिर्मिरे परेलिहरुमै बस्छ दिल 
सताउनु नै त हो,
     गाउँघर र देउरालीकै मायाले सताए पनि त हुने
     खै किन नाग्बेली चुल्ठोको यादले नै सताउँछ मन।

जिउनुनै त हो,
     माया, प्रेम र सद्भावमै जिये पनि त हुने,
     खै किन घ्रिणा, द्वेष, र शोषण मै बाचिन्छ यहाँ,
मर्नु नै त हो,
     दुखी, गरिव वा मातृभूमीकै लागि मरे पनि त हुने, 
     खै किन फेसनी लभको सानो ट्राजेडी मै मरिन्छ यहाँ।  


 
Posted on 02-21-08 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hari hos ya Harry

malai ta ustai lagchha

Hari pani keta, harry pani keta

Auta nepali , arko kuire....

Bolne bhasha farak hola

laune kapada farak hola

Harry le lopez sunchha

tehi sunchha achel hari le pani.

Laune luga ni ustai ustai chha

Aani Baani behora ni ustai ustai

Tesaile hari hos ya harry malai ta ustai lagchha.

Keta ko jaatai testai, Dherai bhanna nahune

Kunai keti agadi dekhe 24 ma 25 ghanta ni bolya bolai

Hari le nepali Bolchha, Harry le gaikhane

Bhasha jun bole pani Artha Ustai hunchha

Tesaile hari bhane ni Harry bhane ni malai ta UStai lagchha...

Bihan dekhi Saajh samma kichkich kichkich

 

( I am so sorry to write this in roman, I dont have Unicode and dont have access to install it now )

 

 


 
Posted on 02-21-08 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केटीको जातै यस्तै, धेरै भन्न नहुने
तर सत्य कुरा गर्नै परो, २४ घण्टामा २३ घण्टा नबोली नहुने

झिल्के ब्रो दामी गयो,
केटाहरु पनि क्या दिने क्या, गजब

सुन्तले,
धेरै राम्रो, मन्छुने खाल्को छ। अरु पनि जावोस।

चेली ले पनि जवब दिएकै हो,
अब झिल्के ब्रो को जवाब दिने पालो,
 


 
Posted on 02-21-08 6:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>भानु भक्तको सालीक फोडी,

>सरु भक्तको किताब च्याती

>अन्धभक्त म,

>मालिक रिझाइ रहेको छु,

 

 

 

 

राहुलज्यू,

 

भानुभक्तको सालिक तोडफोड भएकोमा चित्त दुखाउनु सम्म त ठीकै छ । तर तोडफोड गर्नेले कोही मालिकलाई रिझाउन गरेका हुन् भन्ने आरोप/गाली चाही सालिक तोडेको भन्दा पनि धेरै अनादरपूर्ण, असमझदारीपूर्ण र असम्वेदनशिल छ ।

 

वास्तविकता के हो भने, मधेसी शासितहरु ले जानी वा नजानी त्यो विचरा सालिक बेफ्वाँकमा खस जातीका पहाडिया मालिक को चिन्हको रुपमा देखे, त्यो खास भावनापूर्ण क्षणमा, र तोडे । कुरा त्यत्ति हो ।

 

जुन क्षण राज्यमा खसभाषीहरुको बोलवाला हटेर सबै मातृभाषीहरुको समान सम्मान र उपस्थिति हुन्छ अनि तिनीहरुको पहिचान जनाउने चिन्हहरुको समान मर्यादा हुन्छ, त्यस क्षण यस्ता अनादर स्वत: हटेर जानेछ ।

 

सिरहाको बजारमा भानुभक्त र विद्यापतिको मूर्ति संगसंगै ससम्मान उँभिदा हुन् त, यस्तो हुने नै थिएन ।

 

भला त्यस्तो सोचको राज्य हाम्रा बडामहाराजाधिराज पृथ्वीनारायण शाहदेवद्वारा स्थापना गरिएको होईन र हाम्रा स्वर्गिय राजा श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट पनि खस पहिचानलाई राष्ट्रिय पहिचानको रुपमा स्थापना गरिबक्सेको हो । तर गएको १७ वर्षको स्वतन्त्रता र प्रजातन्त्रमा पनि मधेसीहरु र अन्य गैर-खसहरुले दोश्रो दर्जाको नागरिकको स्थिति भोगिरहेको यथार्थ हाम्रो सामु हुँदाहुँदै मूर्ति फुटाल्ने त्यति जाबो सानो विद्रोहमै हामीले तथानाम गाली गर्नु अन्याय मात्र नभई अहंकार पनि हो, जुन खास गरेर आजको संगीन घडीमा प्रत्योत्पादक हुनेछ भन्ने कुरा दिनको घाम जत्तिकै छर्लङ्गै छ ।

 

हैन र ?

 

Nepe


 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
TPS Re-registration case still pending ..
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
Basnet or Basnyat ??
TPS EAD auto extended to June 2025 or just TPS?
nrn citizenship
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
whats wrong living with your parents ?
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters