SurNaTal
Replies to this thread:
More by SurNaTal
What people are reading
Subscribers
Please log in to subscribe to SurNaTal's postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 50]
[VIEWED 19626
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 11-26-07 2:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरो कथा मेरो गीत: Hits FM २०५३-९-२५
पुल्चोक पुरानो छात्रवास
भाग १:
जिवनमा, यात्रामा; घटनाहरु हुन्छन, दुर्घटनाहरु पर्छन्, प्रेम र सहानुभूतिका तरंगहरु छचल्किएका हुन्छन। एस् एल् सि को रिजल्ट भयो। म खुसि ले उफ्रिए। बुवा आमा र दाजु दिदि पनि खुसि हुनु भयो। निक्कै राम्रो अंकमा पास् भएछु, सोचे भन्दा पनि राम्रो।
बधाइ र सुभकामनाका सयकडौं कोशेलीहरु बोकेर म आफ्नो परिवार्, प्यारि आमा र रमाइलो गाउँघरलाई पछाडि छाड्दै २०५१ शाल आषाड २४ गतेको शुभ-प्रभात् संगै बाटो लागेको थिएं, सहर तर्फ। मन् गरौं थियो। मुटु बोझिलो थियो। बाटामा धेरैले सोधेथे। म "काठ्माण्डु पढ्न" भन्ने जवाफ् संगै शुभकामना बटुलिरहेथें। करिव ९ बजेतिर भोजपुर् टक्सार को सानो धुले धावनमार्गमा उतिबेलाको RNAC को एउटा टुइनटर उत्रियो। यन्त्रवत् आफ्ना भारि पाइतालाहरुलाइ प्लेन को भर्र्याङ् मा ठेलिरहंदा मन् एकतमास् उत्तर तिरका धान खेतहरुमा रुमल्लिएको थियो। फर्किएर एकपटक गाउँघरतिर बिदाइरुपि आँखाहरु फिजाएं। निमेषभरमै प्लेन धावनमार्गमा घस्रिन थलिसकेथ्यो। झ्यालबाट मलाइ पुर्याउन आउनु भएको दाजुलाइ हात हल्लएर बिदा गरें। जिवन् पहिलो पटक हवाइजहाजमा छ, तैपनि किन कुनै उल्लास छैन, कुनै उत्सुकता छैन। सायद मन् अरुनै धेरै मिस् गरिरहेछ, जो त्यो टुइनटरको cockpit भन्दा अत्याधिक् मुल्यवान् छ।
केहि बेरमै म मेरो आकासमा थिएं। ट्याम्के डांडो काट्ने बेलामा पुन: मेरो गाउँघरलाइ एकपटक अँगालें, भवनाभरि, मनभरि, त्यो पारि भिरालोमा, मेरो 'भंगेरि' गाउँ। जिवनको रफ्तार प्लेन ले काठमाण्डौ त्रिभुवन अन्तरस्ट्रिय विमानस्थलमा छाडिदियो। र अनि शहरि परिवेशमा एउटा गाउँले उत्पादनको नौलो यात्रा सुरु भयो, भविस्य निर्माणको नाममा।
"म नौलो यात्र थाल्दैछु ......"
यसरि मेरो कथा सुरु हुन्छ, नयाँ कथा। सत्य हो, सुरु संगै अन्त्य जोडिएको हुन्छ। तर मैले कहिल्यै सोचिन, मेरा कथाहरु यसरि सपना जस्तै अधुरै बिलाएर जान्छन।
त्यस्पछि म एउटा टाढाको आफन्तले खोजिदिएको डेरामा बस्न थालें, एक्लै। जिवन् सुन्सान वगरको एक्लो यात्रि जस्तै लाग्यो। यथार्थ त यहि हो, धर्तिमा जो जन्मन्छ, एक्लै, र जो मर्छ, उ पनि एक्लै। तैपनि किन मलाइ आफ्नो वस्तबिकता बोझिलो लगिरहेछ? उमंगहिन दिनहरु। निरस अनुभव। खल्लो मन। लक्ष्य र उदेश्यहरु ओझेलमा पर्लान् झैं। नौलो वातावरणमा मैले मेरो सहजका, मेरो मनोरंजनका र शौखका कुराहरु पनि सबै गुमाएको थिएं। म एउटा सफल कालिगढको भावना बिहिन् मुर्ति भएको थिएं सायद्। तै पनि भाग्ने कुरा भएन, जिवन संग, एकान्त संग। भागेर पनि कहां पो पुगिने हो र। आखिर् प्रिथ्वी गोलो छ। जति भागे पनि कोहि कहिं पुग्ने होइन।
पुल्चोक क्यम्पसमा overseer पढ्ने पुर्व योजना सहित नेपाल छिरेको हुं। प्रवेश् परिक्ष्या दिएं। साधारण स्कुलको सामान्य प्रतिस्पर्धामा हुर्किएको बिध्यार्थी हुं। त्यो देश् ब्यापि प्रतिस्पर्धा अजंग कै थियो कि झैं। नाम पहिलो पंतिमै थियो, merit list को। खुसि लाग्यो, अलिकता जिवनमा उमंग थपियो। अफसोश, खुसि बांढ्न पनि कोहि छैन, छेउछाउ। आफ्नाहरु जो छन्, टाढा गाउँमा। म त यो लाखौंको भिडमा एक्लै न हो। जहां जाउं कसैले चिन्ने हैन, कसैले सोध्ने हैन, कसैले वस्ता गर्ने हैन। सहर् किन यति यन्त्रवत, दिनै पिछे आँखा जुधे पनि किन कोहि म संग बोल्दैन? वा कि म नै एकांकी हुं? मेरो मेसो हराएको छ, या मेसो मिलेको छैन, यो सहरमा। गाउँमै कतै मेसो छाडेर आएंकि? र खुसिलाइ एउटा पत्रमा उतार्ने प्रयास गरें, बाबु-आमा र दाइ-दिदिका लागि। म कान्छो छोरो, घर छाड्ने दिन कति बिचलित् हुनुभएको थियो, वाहांहरु। मैले आफ्ना उकुस् मुकुस् हरुलाइ एउटा लामो पत्रमा भरसक् खांद्ने प्रयास गरें।
यहां मैले भालेको डाँको कहिल्यै सुनिन। एकैचोटि झिस्मिसे भयो। सुर्य उदाए। सुकुमार् यौवनी फुल् फुल्यो। घामको न्यानो मलिन हुदै गयो। फुल ओइल्यायर झर्यो। सुर्य अस्ताए। चिर अध्यारोमा मुटु धकक्क फुल्यो। राम्रा-नराम्रा खै कस्ता कस्ता सपनाहरु आए। फेरि झिस्मिसे भयो। तर भालेको कुखुरि काँ फेरि सुनिएन। किनकि म मेरा १६ बशन्तहरु बितेका रमाइला डाँडा-पाखा र झरना-चौतारीहरुमा थिइनँ। म त एउटा मान्छे मान्छे को गन्जागोल्, शहर, काठमाण्डुमा थिएं। यसरि दुखमा होस् व सुखमा, समय त चिप्लिनै रह्यो। सुलुलु-सुलुलु। मैले आफुलाइ घटिरहेको पाएं। जिवन मैनवत्ति न हो, पग्लिरहन्छ, अनवरत्। र एक्दिन बिलाउंछ, जमिनमा, हावमा, झ्याप्प। सुस्तरि हावा बहंदा मन् हल्लिन्छ, मैनको ज्वति जस्तै। जिन्दगि दुइ दिनको भरोसा हिन यात्रा न हो। त्यसैले यस्लाइ हांसेर बिताउनु पर्छ, एउटा जमर्को गर्छु। गाउने सोख थियो, सानैमा। अत: गुन्गुनाउने प्रयास गर्छु।
"चलेछ वतास सुस्तरि मनै सरर
भरोसा छैन जिवनको बिताउं हाँसेर ......"
क्रमश..
भाग : २
भदौ २१ गते, शाल त उहि हो, कक्षा सुरु भयो। कलेज जिवनको पहिलो दिन, अलिकति उल्लास बटुलेको हुनुपर्छ। एक दुइ साथिहरु बटुलिए। केहि दिन पछि होस्टेल बस्न थालियो। बिस्तारै वातावरण संग आफुलाइ मिलाउदै गएँ। होस्टेलमा एउटा गज्जबको टेलिफोन सेट थियो। मैले हालसम्म फोन हुन्छ भन्ने सुनेको मात्रै हो, अहिले देखेको छु, प्रत्यक्ष। अझै प्रयोग् गरेको छैन। गरौं कस्लाइ, को नै छ र मेरो फोन ले माने राख्ने, यो सहरमा। सायद तेहि एक्लोपन् थियो, जस्ले एउटा नयाँ शोख वा भनौ रुचिको जन्म दियो म भित्र: नयाँ नयाँ फोन नम्बरहरु खोज्ने र नचिनेकै ठाउँमा फोन गरेर साथिहरु बनाउने प्रयास गर्दै जाने।
साथिहरु यसलाइ 'ब्लफ कल' भन्ने गर्दा रहेछन्। तर मलाइ 'ब्लफ' न सब्द र न अर्थ नै थाहा थियो। मैले २-४ केटा साथिहरु बनाए। सायद अचम्म। तेस्तो कदाचित् नहुने रहेछ, सायद म पाखे थिएं। जव फोन केटिको हुन्थ्यो, मलाइ अप्ठेरो पर्थ्यो। पहिलो कुरा, स्कुल हुंदा कोहि केटि म तिर आइराखेकि भए म दोबाटोबाट अर्को गोरेटो पक्डिन्थेँ, सारै खै के के। हुन सक्छ सारै conservative वा फेरिपनि सारै पाखे थिएं। बानि अझै तेति हटिसकेको थिएन, सहरमै पनि। दोस्रो कुरा, 'ब्लफ कल' को आतंकै फैलेको हुने रहेछ, उरन्ठ्यौला केटाहरुले फोन गरेर जथा भाबि कुरा गरेर वाक्क लगाउने रहेछन्, केटिहरुलाई। सम्भवत आफु पनि तेहि समुहमा परियो, उरन्ठ्यौले केटो। के थहा फोन उठाउनेवालिलाई कि म केटि देखे भाग्ने सम्भु राम थिएं भनेर। जे होस्, क्रम जारि नै राखें, सायद पाखे उपाधि वाट ओर्लनु पनि थियो आफुलाई। एक दुइ केटिहरु पनि साथि भए भनौं, फोन गर्दा सामान्य कुराकानि हुन्थ्यो। उहिले पत्र मित्र हुन्थे, बिध्यालयमा, अहिले तार मित्र, कलेजमा। आखिर् कुरो उस्तै उस्तै हो; सब्दहरु संगको साइनो। कोहि केटिको भौतिक उपस्थिति त अझै भुइचालो नै थियो मेरा लागि: कस्ले चाहन्छ र पुन: नब्बेसालको जस्तै महाभुकम्प आयोस र आफ्नो घर् भत्काएर जावस्, आफ्नो धर्ति चर्काएर जावस्।
यस्ता नयाँ फोन नम्बरहरु कसरि संकलन गरिए, सबै यहाँ प्रस्तुत गरिराख्न सकिन्न। तर एउटा फोनको यहाँ कुरा गर्छु। किनकि त्यो मेरो बिशेस फोन हो, बिश बन्यो त्यो फोन। म पाटनढोकाको बस चडेर सहिद् गेट तर्फ गैरहेको थिएं। तिनै थोत्रे बसहरु मध्यको एक्, जस्मा अझै २६ नम्बर चडाइ सकिएको थियन। अगाडिको सिटमा बसेका दुइ जना युवतिहरु आफ्नै गफमा मस्त थिए। म तिनिहरुको गफमा मग्न थिएं। बस सिंहदरवार काटेर भद्रकाली तर्फ दौडिरहेथ्यो, तेहि ५०-६० मिटर सडक त जो थियो काठ्माण्डुमा, जहाँ सवारि हरु कस्सेर हुइंकिन पाउँथे। मैले सुनें,
"एइ रस्मि, चिन्जान भाको नि यत्तिका दिन भै सक्यो, तैंले त आफ्नो फोन नम्बर नि देकि छैनस् त!" "दिउँ भन्छु, सधै भुलि हाल्छु। टिप् त, २२ ५ ....."
त्यो फोन र जोडिएको नाम मेरो दिमागमा टाइप भयो। सहिद् गेट आयो। आफु तेहिँ जान भनेर गाको, ओर्लनै पर्यो। उनिहरु ओर्लेनन, नत्र एक्छिन् पछ्याउन नि हुन्थ्यो। भिड यस्तो बसमा कि ओर्लदै गर्दा पनि उनिहरुको मुखडा नजर पर्न सकेन। कुनै अफसोस् पनि भएन, किनकि मेरो लागि खजाना तेहि फोन नम्बर नै काफि छ। सायद धरहराको मुनि बसेर राणाहरु किन यति सौखिन् भन्दै माथि हेर्दै केहि समय अनायास काटम्ला भनेर निस्केको हुदो हुँ, तेति मन बसेन होला तेस्मा र छिट्टै होस्टेल फर्किएं। सांझ पर्दा नपर्दै दिउंसोको नम्बर घुमाएँ। सच्चिकै त्यो ऐतिहासिक फोन सेटमा अंकहरु घुमाउनै पर्थ्यो। कहिले काहिँ पुरै घुमेन भने ८ घुमाएँ भन्यो, ७ बन्थ्यो र रामबहादुरलाइ गरेको फोने बलरामको मा पुग्थ्यो। यो पटक् तेस्तो भएन। भनेकै ठाउंमा पुग्यो।
"हेलो, यो कुलेश्वोर हैन्?" "हो, कस्लाइ खोज्नु भएको?"
म निक्कै सजिलो परिवेशमा थिएं, यो पटक। नाम थाहा थियो। स्वर पनि सुनेको। पछाडि बाटै भए पनि केटिको आँकडा अनुमान् थियो। कम्तिमा उस्को कपाल् चाउचाउ जस्तो गुडुल्किएको र रंगाएर रातो रातो पारेको थियो भन्ने थाहा छ। सायद मलाइ त्यो तेति मन् परिरहेको पनि थेन होला, किन छँदाखाँदाको कालो सलक्क परेको केसलाइ गुजुल्ट्याएर चाउचाउ झै बनाउनु पर्ने होला। सयाद त्यो बिचार कतै मन् मन् मा आएर उतै बिलाएको हुनु पर्छ, किनकि कसैले कपाल कस्तो बनायो भनेर रेख देख गर्ने जिम्मा मलाइ कसैले मलाई दिएको त हैन।
"तपाइँ रस्मि हैन?" "हो, तर तपाइँ को नि?"
म को? को को? निमेशभरलाइ अलमल्ल मा परेँ। पहिले जस्तै। र पहिले जस्तै मेरो सोझो हिसाब निकालेँ। म फलानो। यसरि सहर छिरेको। यति भो। अहिले यसो गर्दै छु। फोनमा साथि बनाउने रहर छ। अन्याथा नमाने तिमि पनि साथि बन्छौ कि? आदि इत्यादि। तर म आफैमा बिस्वस्त थिइन कि यो phone friend बनाउने hobby त्यो ticket collection गर्ने hobby जस्तै हो कि अलिक् बढता पनि हो?
उनको स्वोर मिठो थियो, कोइलिकै झैं, मधुर थियो, तेति धेरै रोश वा प्रतिरोध वा इन्कार पनि थिएन, कोहि अजनवि संग कुरा गरिरहनु पर्दा। त्यो सामान्य केटिहरुको भन्दा फरक् प्रतिक्रिया हो, कम्तिमा मेरो फोन बर्तालाप को अनुभवमा। के त तेसो भए उनि असामान्य हुन। असामान्य बनेको abnormal. तर मैले उन्लाइ पछाडिबाट मात्रै भएनि देखेको छु, उनि बोलिरहेको सुनेको छु, खासै असामान्य त लागेको थेन। जे सुकै होस्, आफुलाइ फोन फ्रेन्ड चाहिएको, कुरा गर्न रमाइलो थियो, भैगो। धेरै दिमाग् घुमाउनु जरुरि केलाइ?
कुरै कुरामा मैले कसरि उन्को नाम् र फोन नम्बर् भेटेको भनेर पनि सुनाँए। पक्कै त्यो अलिक् अनौठोपन् थियो मेरो, र त्यो पक्कै अनौठो तरिका थियो, फोन collect गर्ने। उनि असमन्जस् हाँसिन्।
"तिमिलाइ फेरि फोन गरें भने केहि आपात्ति हुन्छ कि?" "हुदैन, गर्नुस् न" "मेरो फोन नम्बर नि लिन्छौ कि?" "OK" "५१४ ....." "Thanks" "Bye bye" "Bye" "Take Care"
हैन अनायास यो take care कहा बाट मुखमा आयो? किन उनका हाँसोहरु मन परे, सब्दहरु मन परे? किन मन कस्तो कस्तो नौलो अनुभूति गरिरेछ? के उनि कुनै एउटा हुलाक टिकट भन्दा बढिनै हुन त? म खुसि छु। किन? के को लागि? आफैसंग आफैं अनुत्तरित छु। कता कता अन्तर कुन्तरमा यस्तो पनि लाग्यो, सायद एउटै अपरिचित् नजर र दुइ चार अद्रिष्य शब्दहरुमा पनि मायाँ बस्दो रहेछ।
एकै नजरमा माया बस्यो है लुकि छिपि हेरि दिनाले त्यो नजरले जिउदै मार्यो है.................
पुल्चोक क्याम्पसमा वर्षका २ वटा सेमिस्टर हुने रहेछन्। त्यसमा पनि एसिस्मन्ट र फाइनल गरेर दुइवटा परिक्षा। फेरि प्रबिधिक पढाइ: प्राक्टिकल् रे, फिल्ड वोर्क रे, ति सबैका रिपोर्ट रे, के रे, कु रे। म निक्कै ब्यस्त हुन थालि सकेको थिएँ। चाहेर पनि सबै फोन सखिहरुसंग कुरा गर्न पाइरहेको थिन। २-३ दिन् पछि एउटा फोन आयो। सायद जिवनमा मेरो नाममा आएको पहिलो 'कल' होला। म माथि तेस्रो तल्लामा बस्थें, छात्रवासको। तल भुइ तलामा थियो त्यो ऐतिहासिक फोन। पुरै छात्रवासको एउटै फोन हो, पाले दाइ ले फोन उठाउने र बाहिर निस्केर कराउने,
"फलाना को फोन आएको छ, तुरुन्त आउनु पर्यो।" "फलाना को फोन आएको छ, तुरुन्त आउनु पर्यो।" "फलाना" "फलाना" .......................................................................
धेरै पटक् पुन: प्रसरण गर्नै पर्यो त्यो उर्दि, नत्र माथिल्ल तल्लाहरुमा र पछाडि कोठा भएकाले नसुन्ने। तर नजिकै कोठा भएकाहरुलाइ टाउको दुखाइ।
लु यो पटक मेरो नाम्।
"सुर न ताल् को फोन आएको छ, तुरुन्त तल आउनु पर्यो।" "सुर न ताल्" "सुर न ताल् को फोन आएको छ, तुरुन्त तल आउनु होला"
मलाइ बिस्वास नै छैन, कसैले मलाइ पनि फोन गर्ला। एक्छिन सोचे, कोहि फोन मित्र मध्यकै एउटा होला वा होलि। तर को? तेत्तिकै दौडिएँ। एकै सासमा भुइ तला पुगेछु। दुइ वटा भर्याङ्हरु कसरि दौडेहुँला, सास न वास। धन्न एकै चोटि मुन्टिएर तल पुगिन। अहो भाग्य।
स्वाँ स्वाँ गर्दै फोन उठाएँ।
रस्मि। हँ? रस्मि। साच्चि। हो। रस्मि।
उनलाइ किन किन मेरो बारे सोच्न मन् लाग्यो रे, अस्ति को फोन बर्तालाप पछि। कस्तो झंकार हो यो, के दुबै पंछिहरु एकै दिसा तर्फ उड्दै छन् त? किन तेति धेरै अरु पंछिहरुलाइ मेरो बारे सोच्नु परेन, र उन्लाइ पर्यो? किन मलाइ यि 'सुर् न ताल्' का सैकडौं प्रष्नहरु बिझिरहेका? किन फेरि अर्को प्रष्न? उत्तर कहाँ हुन्छ? कसरि खोज्ने?
म एक्दम् सोझो, मिजासिलो, निस्कपट, निस्वार्थी फोन कलर रे। आजसम्मक कोहि पनि ब्लफ कलरहरु तेति सम्यम, सरल र इमन्दार थिएनन रे। मलाइ रोस् पनि छ। म ब्लफ कलर हैन। तर म को त? नचिनेकालाइ किन फोन गर्नु पर्ने? जे सुकै होस्, देश् अनुसार को भेष। म ब्लफर नै हो।
कसैले प्रसंसा गेरेको साच्चि रमाइलो लाग्ने रहेछ। त्यो माथि कोहि युवति मेरो बयान् गरिरहेछिन्, तारको अर्को टुप्पोबाट। त्यो पनि चिन्नु न जान्नु, देख्नु न सुन्नु। हैन। सुन्न त सुनेकै हुन। तर २-४ शब्द सुनेकै भरमा उनि कसरि convinced भइन? भगवान तिम्रो लिला अपरम्पार छ। म हर्सित छु। काउकुति लागिरहेछ, मनभरि, तनभरि।
कुरा हुदै गयो। कस्को रहर हो भन्न गरो छ। यदि पंछिहरु एउटै दिशा तर्फ उडिरहेका भए दुबैको एउटै रहर् पनि त हुन सक्छ। कुरा भेटघाटको हुदैछ।
"zoo जानु भएको छ?" "छैन, किन र?" "त्यतिकै" "तिमिले घुमाउन लाने हो?"
खै यो मेरो रहर हो कि उन्को, कि दुबैको, हामि zoo घुम्न जाने भयौ। मानौँ हामि बर्सौँ देखि का सखि हौँ, मानौ लगौटिया। तर मैले उन्लाइ पछाडिबाट मात्रै देखेको, उन्ले मलाइ देखेकै छैन। कस्तो रफ्तार हो यो, २ वटा फोन कल अनि तुरन्त चिडियाखानाको बोटिङ्। कहिले सदियौँ स्थिर लाग्ने जिवन कहिले किन यति रफ्तारमा चल्छ? मैले मेरो हुलिया बताए। उनले उनको। अलेलि हुलिया त थाहै पनि थियो। बताएँ। "तिमि कुर्लिंग कपाल वालि हैन।" "किन कुर्लिंग कपाल मन पर्दैन?"
कुन्नि, मलाइ थाहा छैन, त्यो कपाल् मलाइ मन् परेको हो कि हैन, वा किन मन नपरेको, वा किन चासो तेस्को। जे होस्, समय र मिति पनि तोकियो। चिडियाखानाको मेन गेटमा भेट्ने। कोठा फर्किए। पहिलो पटक रूम मेटलाइ सबै कुरा भने। उ त सम्झाउन तिर लाग्यो।
"तिमिले किन हुलिया देको, यहाँ त केटिहरुले तेसरि बोलाएर हुलिया परिवर्तन हुनेगरि भकुर्याउँछन् नि, गुन्डा लगाएर।"
लौन, त्यो त मैले कहिलेइ सोचिन। सुनेको वा देखेको कुरा पो दिमागमा आउँछ। आफुलाई के ज्ञान तेस्तो। तर फेरि सोचेँ, उन्को कुरामा कहिँ छल छ झैँ त लागेन। फेरि मैले के नै पो गल्ति गरेको छु र, सबै स्पस्ट भन्दिएकै हो। फेरि फोन दोहोर्याएको उनैले हो, चिडियाखाना को कुरा पनि उनैले निकालेकि हुन, भलै मैले थपेको हुँ। जे सुकै होस्, कुटाइ खानै त नपर्ला हो। आफैले आफैलाइ बिस्वास् दिलाएँ। साच्चिमा उन्लाइ बिस्वास गरेँ र भेट्न जाने भएँ।
यसरि मेरो फोन मित्रता को सोख आज आएर वस्तविक मित्रतामा परिवर्तन हुदैछ। चिडियाखानाको मेन गेटमा म भन्दा पहिले उनि नै पुगेकि। मैले परैवाट चिनेँ। उन्ले पनि गेस गरि हालिन्। हाम्रो पहिलो भेट। सायद कहिँ इन्द्रेणि लागेको होला, पारि मेरो रानि वनमा। सात डाँडाँ पारि मेरो गाउँमा। म अझै लजालु नै छु, सायद केटि जस्तो। उनि अलिक स्पस्ट छिन, खुलस्त छिन। म भन्दा। धेरै कुरा उनि नै झिक्छिन्। म प्राय: छोटा छोटा उत्तरहरु दिदैछु। चिडियाखाना छिरेर हामि देब्रे पट्टि लागेका छौँ, तिनै हरिनहरुको गोठ हुदै, तिनै थरि थरिका बिराला र बाँदरहरुका खोरहरु हुंदै। मेरो थोरै बोल्ने बानि मन् पर्यो रे उन्लाइ। कुन्नि, एउटा सौहार्दता हो या सच्चिकै हो, भन्न गरो छ। किनकि मेरो थोरै बोल्ने बानि धेरैलाइ मन नपर्ने गर्थ्यो। तर मलाइ किन किन संसार नै मन पर्न थालेझैँ छ। कतै एउटा नयाँ गोरेटो खनिदै त छैन, जहाँ उनि र म - म र उनि हिड्न थालिरहेछौं, आफ्नो संसार तर्फ, पिरतिको गाउँ तर्फ।
यो वाटो काहाँ जाने काहाँ पुग्ने हो पिरति को फुल फुल्ने गाउँ जाने हो जाउँ म पनि जान्छु जाउँ म पनि जान्छु
ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल ल
क्रमस:
Last edited: 05-Dec-07 01:23 PM
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 11-26-07 3:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
साह्रै स्पर्सी लेख्नु भयो सुरनताल जी तपाईंको लेखाइको तारिफ नगरि रहन सक्किन्न, अरु नि थप्दै जानु हुनेछ भन्ने कुरामा विश्वशत छु, धन्यवाद
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 11-27-07 1:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैले नेपाली गाम देखेको छैन, शुद्ध गाम्ले जीवन भोगेको छैन। तसर्थ मेरा लागि फिलिम् जस्तो लाग्यो। जीवनमा त्यही गाम्ले निर्मलताको अभाव भो। सुर न ताल भाइको मनोबाद मै गाउँ खोज्ने जमर्को गर्नु पर्ला। साह्रै राम्रो लेख्नु भयो>
|
|
|
swopnilcheeta
Please log in to subscribe to swopnilcheeta's postings.
Posted on 11-27-07 8:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
SURNA TAL ji.... milesamman yo katha sakkiyepachi aaru pani thapdiu hai
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 11-27-07 9:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुर न तालको कुरो ले म संग चै ताल मिलायो। पुल्चोक कै निम्ती सुर न ताल जस्तै म पनि काठमान्डौ खाल्डो छिरेको हु तर मेरो छिराइ साझा बसमा थियो थानकोट बाट बि.इ प्रबेश परिक्षाको लागी। यति उराठ लाग्थ्यो कि त्यो ठाउ, बि.इ परिक्षा तयार गर्दा ३-४ पटक त छोडेर घर जाउं जाउं भएको थियो। यसो ओक्षानमा पल्टिन्थे, दिमागमा खेल्थ्यो मेरो घर कता भनेर। चार भित्ता हुदा पनि कुन भित्ता तिर पर्छ मेरो घर मेसौ नै पाउन्नथे, दिमाग त्यसै घुम्दथ्यो। यसो सम्झन्थे को संग कुरा पोखु। कोइ थिएन आफ्नो त्यो खाल्डोमा। न त फोनै थियो गाउंमा। साच्चै त्यती बेला त्यो काठमान्डु न्यु योर्क भन्दा ब्यस्त लाग्दथ्यो। काठमान्डुको कोलाहाल र इन्ट्रान्स दिने नेपाल भरिका मान्छे देख्दा सब भन्दा सानो मेरो गाउं र सबै भन्दा नजान्ने आफु जस्तो लाग्दथ्यो। मान्छे कुरा गरेको सुन्दा सारै रूखा जस्तो लाग्द्थ्यो अनि कान्तिपुर एफ एम सुन्दा लाज लाग्दथ्यो। बिना सित्ती गाली त कती खाइयो कती त्यसको त लेखा जोखा नै छैन। गोंगबु देखी सात दोबाटो, नहराएको त ठाउं नै छैन होला। कुपोन्डोल जाने २६ नं गाडी भन्थे, सिंगदरबार अगाडी उभियो, यता जान्छ कि पुल्चोक, उता जान्छ कि पुल्चोक, दौडादा दौडदै न बस भेटीन्थ्यो न कता जाने थाहा हुन्थ्यो। राता बत्तीमा टयाक्क बस, टेम्पो रोकिएको सारै मन पर्थ्यो। काठमान्डुको कोलाहाल गाउ जस्तै शान्त लाग्थ्यो रातो बत्तिमा। लगनखेल तिर गाउंले मान्छे भेटिन्थे, त्यता जादा घर तिर गए जस्तो लाग्थ्यो। तर ति गाउले महिलाले लिपिस्टिक पाउडर चाही लगाउदा रहेछन।पुप्पा चप्पल लाउन मन लागेर हंगकंग बजार गएर किनेको थिएं, खुब खप्यो त्यो चप्पल । सारै राम्रा राम्रा सामान पाइन्थे सस्तोमा।जिन्स पेन्ट खुब लगाउन मन लाएको थियो तर ३०० रुपयां ले आफ्नो महिना चल्थ्यो। पुल्चोक भर्ना हुन ४००० चाहिने रहेछ म संग त ४०० पनि थिएन। सबै नाम निक्लेर दंग भएका थिए म चाही खुशीमा बिस्मात जस्तो पैसाको जोहोमा लगेको थिए। एक जना साथिले सहयोग गरेका थिए, बिचरा उनको परिक्षा बिग्रिएछ।
यो कथामा गित कुन बज्छ कुन्नि लौ सुर न ताल, यसो ताल मिलाउनु पर्यो।
|
|
|
jayashriram
Please log in to subscribe to jayashriram's postings.
Posted on 11-27-07 9:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Nice article....u know how to express yourself! great. I also have some similarity with your story ..Nepali ma type garnu aaundaina..natra ali sahitya halthe ni..
|
|
|
Somesarki
Please log in to subscribe to Somesarki's postings.
Posted on 11-27-07 10:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
प्रस्तुती राम्रो लाग्यो। कृपया छीटो छीटो नयाँ भाग राख्नुहोला।
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 11-27-07 10:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुन्तलेजी रमाईलो लाग्यो पढेर। त्यस ताका दुइ चारौटा मेरो कथा मेरो गीत का कथाहरु मैले नि सुन्या थें तपाइँको नि त्यति बेलै सुन्याहरु मध्ये पर्यो कि क्या हो।
अनि नमेको कुरो त्यस्तो परेछ। त्यस ताका पुल्चोकाँ हाम्लाई देखेर नि नमे छक्क पर्या हुनु पर्छ त्यसो भए। स्वास्नि मान्छ्या झैं लामा जुल्फि, कानाँ मुन्द्री, निशेले झैं डिंगो बजाउँदै चिलिम फुक्दै हिंडनि, कक्ष्याँ भन्दा क्यान्टिना बढि भेटिनि, के तालका मान्छे हुन, के लुगा लाका हुन, पढ्न आका हुन कि क्यार्न आका हुन भनेर
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 11-27-07 10:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अन्तरे ब्रो, रमाइलो छ कुरा, अझै पोखम यार
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 11-27-07 10:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
क्यार्नु रिठ्ठे भाँड परियो उतिबेला। मास्टरले नि निकाल्दिन्थे कक्षाट दिउंसै शेर्पाँ तोम्बा ला'र प्र्याक्टिकल गर्न आयो ल्याबाँ भनेर। आफूलाई के चाइयो त्यसपछि, हानिएर किरकेट खेल्न पुगिन्थ्यो।
|
|
|
swopnilcheeta
Please log in to subscribe to swopnilcheeta's postings.
Posted on 11-27-07 10:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
lau Nepalean ji... geet chai "so gaya ye jahan .. so gaya aasmaan"
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 11-28-07 9:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुर न ताल,
लौ धाराबाहिक जावोस -- भोजपुर मैले पनि टेक्या छु --प्रस्तुतीमा भोजपुर तिरका गाउँहरु सम्झिने क्रममा थिएँ -- रमाईलो लाग्यो।
|
|
|
atomic
Please log in to subscribe to atomic's postings.
Posted on 11-28-07 9:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
sarai ramro lagyo...jindagika pailaharu ma ...nice..i wanna dedicate this song to everyone!!! la hai@@
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 11-28-07 1:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
surNa Tal jyu... हजुर को त भाषा पनि कती मिठो, कस्तो राम्रो लेख्नु भएको, अरु पनि लेख्नुस्न है पढ्न पनि मज्जा आयो।
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 11-28-07 1:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
वाउ, कहिल्यै सोचिनथें यत्ति धेरै उत्सुक् टिप्पणीहरु पाउँला भनेर। यहाँहरु सबैलाइ हार्दिक् हार्दिक् धन्यवाद्।
nepalean जि, रमाइलो भयो, तपाइको अनुभव पढ्न। ल यो गित् मेरो तर्फ वाट।
हर् रात सपनिमा ऐठन् हुन्छ गाउँमा कतै पहिरो गयो कि गाउँमा कतै पहिरो गयो कि
उडिरहने चरिलाइ हेर्छु आमा र बाबा सम्झिरहन्छु
हो हो हो हो उडिरहने चरिलाइ हेर्छु आमा र बाबा सम्झिरहन्छु गाउँछड्दा बिझेका काँडा हो गाउँछड्दा बिझेका काँडा पर्देशमा बसि झिकिरहन्छु
हर् रात सहरमा झरि पर्छ गाउँमा सायद् बाढि आयो कि गाउँमा सायद् बाढि आयो कि
हर् रात ...
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 11-28-07 1:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
jayashriram जि, म लगायत धेरै ले यहाँ नेपली मा type गर्ने हैन। मलाइ त पटक्कै आउदैन त्यो।
म त Unicode Nepali Converter प्रयोग् गर्ने हो। यो प्रयोग् गरेर तपाइको साहित्य पनि जावस्, आखिर् यहि त रमाइलो हो, परदेशमा।
http://www.unicodenepali.com/convert/
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 11-28-07 1:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
क्रमश: पछि थप्नु नि पर्यो नि प्रभु!
छोटो नबनाउँ है? एउटा भाग पढ्दा टन्न खाएको फिल होस भनेको! यसमा मजा आयो।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 11-28-07 2:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुन्ते ज्यु हजुरको कथा साह्रै राम्रो लाग्यो। अनी म नि गाउले जिबन कहिले भोगेको छैन राहुल दा ले भने जस्तो मैले नि हजुर कै मनोबादमा गाउँ खोज्ने जमर्को गरे।
|
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 11-28-07 9:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Suntale, aba kasari timro katha aghi badhcha? ma pani padhdai chu hai..
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 11-28-07 9:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाम्ले पनि टिका टिप्पणी गर्या छौ क्यार, माग पुरा हुनु पर्छ है माट्साब
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 60 days
Recommended Popular Threads |
Controvertial Threads |
TPS Re-registration case still pending .. |
Toilet paper or water? |
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants |
Tourist Visa - Seeking Suggestions and Guidance |
From Trump “I will revoke TPS, and deport them back to their country.” |
I hope all the fake Nepali refugee get deported |
advanced parole |
ढ्याउ गर्दा दसैँको खसी गनाउच |
To Sajha admin |
MAGA denaturalization proposal!! |
How to Retrieve a Copy of Domestic Violence Complaint??? |
wanna be ruled by stupid or an Idiot ? |
All the Qatar ailines from Nepal canceled to USA |
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस ! |
Travel Document for TPS (approved) |
MAGA and all how do you feel about Trumps cabinet pick? |
Those who are in TPS, what’s your backup plan? |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|