पुरानो च्याङ्बाको अन्तरवार्ता (अनसेन्सर्ड---फुल भर्सन)
आजका अतिथी हुनुहुन्छ हाम्रा चिरपरिचीत च्याङ्बा चाम्लिङ्ग ज्यू! वहाँ अगि नै हाम्रो स्टुडियोमा आइसक्नुभएको छ र अन्तरवार्तामा आउन पाउँदा वहाँ यहाँ म संगै को कुर्सिमा गजक्क परेर मुसुमुसु हाँस्दै आफ्नो आँखाको नानि लुकाएर बस्नुभएको छ! त सुरु गरौँ आजको अन्तरवार्ता-
संवाददाता- “ तपाइँलाई स्वागत छ स्टुडियोमा च्याङ्बा जी!”
च्याङ्बा- “ म्हेरो बानि तोँलाई स्वागाद चा साउदादा”
संवाददाता- “हा हा हा स्वागत मैले गर्ने हो च्याङ्बा जी तपाइँले त धन्यवाद गर्ने हो!”
च्याङ्बा- “ तोइँले मोलाई जे कार्छा मो तेइ कार्छा, दानेबाद तोइँले पाइला दे आनि मो दिन्चा!”
संवाददाता- (मनमनै “उफ्!”) “हे हे हे यहाँ सम्म आफ्नो अमूल्य समय खर्च गरेर आइदिनुभएकोमा धन्यवाद छ च्याङ्बा जी”
च्याङ्बा- “ को आंमुल्या?? स्याप्रुको टाराक चालाउने डाइबार आमुल्या? तेज्लाइ मोइले भेट्यु बाने दुइडुक्रा पार्छा एइ खुगुरिले काट्छा! तेज्ले म्हेरो मोइज्याङलाई गुमाउना लागेर मो एग्लाई बायो।“
संवाददाता- “ हैन हैन च्याङबा जी तपाइँले पैसा खर्च गरेर पनि नपाइने समय हामिलाई दिनुभएकोमा धन्यवाद छ पो भनेको!”
च्याङ्बा- “ त्याजो भान्नादा साउदादा त्यो डारबारको नाम नालि मो संगा, नाद्रा तोँलाईनि काट्छा म्ह!”
संवाददाता- (मनमनै “उफ्!”) “ धन्यवाद भनेको च्याङ्बा जी तपाइँलाई”
च्याङ्बा – “ आगिनै भानेकु भाए के हुन्द्यो? लु म्हेरो नि दानेबाद छ तोँलाई आनि रिढिओ सुनेर बास्याकु सापैलाई”
संवाददाता – (मनमनै “खुइयsss”) “ हँ त च्याङ्बा जी, तपाइँलाइ खच्चर ग्रुमिङको अध्यक्ष पदबाट बर्खास्त गरियो, के यो ठिक लागेको छ तपाइँलाई?”
च्याङ्बा- “ बाङ्गारा साङ्गारा झार्दिन्जा मोइले तेरु साउदादा, मोलाई काच्चार गुर्मिङको आदाक्छे पाद बाट हाटाएकु मोलाइ ठिक नलागेकु तोँलाई थाहा छा ताइ पानि सोद्जा, तोँलाई बाच्ना मोन छाइना???”
संवाददाता- (मनमनै “प्रभु रक्षा गर”) “ हैन हैन च्याङ्बा जी मलाई त थाहा छ नि, कति दुख लागेको तपाइँलाई बरखास्त गरियो भन्ने सुन्दा, तै पनि हाम्रो श्रोताहरु कतिलाई थाहा नहुन सक्छ त्यसैले सोधेको नि?”
च्याङ्बा- “आगिनै भानेकु भाए के हुन्द्यो? लु सोर्दाहारु तँ पानि सुन् – मोलाई काच्चार गुर्मिङको आदाक्छे पाद बाट हाटाएकु मान्जेलाई मोइले छाड्दाइना। मोइले काम गारेना भनेरु मोलाई हाटायु आबु तोँइँले बाँच्ना साक्याना भानेरु मो तेल्लाई सान्सार बाट हाटाउँछ!”
संवाददाता- “ ओहो च्याङ्बा जी धेरै नरिसाउनुस न, अब जे हुनु भैहाल्यो, अब गरेर देखाइदिनोस न त खच्चर सुन्दरी पर्तियोगिता?’
च्याङ्बा – “ ओइ साउदादा, काच्चार गुर्मिङको आदाक्छे पाद बाट हाटाएकु मोलाइ हो तोँलाई हाइना, धेरै जान्ने नाबान् नात्रा तोँलाई पाइला सान्सारबाट हाटाउँछ!”
संवाददाता – “ श्रोताहरु, प्राबिधिक कारणबस यस संवाददादता माथि नै केहि आघातहरु पर्ने सम्भावना भएकोले हामि केहि क्षर बिश्राम चाहन्छौँ।
च्याङ्बा- “ के भोनिस तोइँले बुज्ने गारेरा भान??
संवाददाता- “ च्याङ्बा जी तपाइँलाई तिर्खा लाग्यो होला कोक मगाउनलाई केहि बेर बिश्राम भनेको हो , अरु केहि हैन!”
च्याङ्बा- “आगिनै भानेकु भाए के हुन्द्यो? मो कोक खाँदाइना मोलाई जाँड ल्याइदे”
--------------------(कमर्सियल ब्रेक)---------------------------
संवाददाता"..अहss…..श्रोताहरु…ऐया…. अगि प्राबिधिक गडबडिले गर्दा बिचमानै कार्यक्रम रोक्न बाध्य भएकोमा खेद प्रकट गर्दै (मनमनै “ झन्डै आफ्नो सास रोकिएको”) अन्तरवार्ता पुन: निरन्तर गर्दैछौँ। हामि संग हुनुहुन्छ संसारकै सबै भन्दा सुन्दर, राम्रा, मृदुभाषि, हिरो, सज्जन श्रि च्याङ्बा जी!"
च्याङ्बा- “ सापाइ मोइले बुज्यो तारा म्ह्यार्दुबासि भानेर के भन्याकु तोइँले? गालि गार्याकु? फेरि तोँलाई आगि जास्दो गार्नु पार्यो?”
संवाददाता- “ हैन हैन च्याङ्बा जी हजुरको बोलि मिठो छ भनेर भनेको राम्रो कुरा गरेको”
च्याङ्बा- “ ओइ साउदादा! तोइँले म्हेरो बोलि काइले खायु लु भन्, मेरो बोलि मोईच्याङले माद्दै खान्जा, मोईच्याङलाई माद्दै मेरो बोलि मिठो लाग्चा! तोइँले पाक्काई म्हेरो मोइच्यांको बोलि खायु र मेरो बोलि थाहा पायु, मो तोँलाई आगि जास्दो आलिआलि मात्राई भाकुरदाइना आब दुई टुक्रानाई पार्चा!”
संवाददाता- (दाँत देखाउँदै) “ हि हि हि हजुरको बोलि राम्रो छ भनेर भनेको हजुर, मृदुभाषि भनेको हजुर जस्तै राम्रो बोलि भएको भनेको हजुर ”
च्याङ्बा- “आगिनै भानेकु भाए के हुन्द्यो? लु आन्दारबार्दा सोध्?”
संवाददाता- “ च्याङ्बा हजुर, हजुरले खच्चरको सुन्दरी प्रतियोगिता गर्ने कुरा गरिबक्सनुभएछ, खच्चर पनि सुन्दरि हुन्छ र हजुर??”
च्याङ्बा- “ लु मोइले जाड खायु यो साउदादालाई लाग्यु, देरो बुद्दि छाइना, आबु खाच्चारनि सुन्दरि भएरादा खाच्चारले मन पाराउछा, तोइँले सुन्दरि केटि मान पाराउछाकि पाराउदाइना मोलाई भान?” मोइले माइच्याङलाई किना मानपारायु मोलाई भान?”
संवाददाता- “ हजुरले मैच्याङ मैसाबलाई सुन्दरी भएर मनपराइबक्सेको हो नि, मैच्याङ मैसाब धेरै सुन्दरी होइबक्सन्छ हजुर”
च्याङ्बा- “ आबो मोइले तोँलाई काट्चा काट्चा! मेरु मोइच्याङलाई आँखआ लागायु तोइँले आबो मोइले तोँलाई छाडदाइना!”
संवाददाता- “ हैन हजुर, हजुर यस्तो राम्रो होइबक्सन्छ, सुन्दरी मन पराइबक्सन्छ त्यसैले मैच्याङ मैसाब पनि सुन्दरि होइबकस्नछ होला भनेर अनुमान गर्या नि हजुर”
च्याङ्बा- “आगिनै भानेकु भाए के हुन्द्यो? सुन्दारी छा म्हेरो मोइच्याङ तेसाइले त्यो टरक डाइबारले आँखा लाउछा, फकाएर घुमाउना लाइजान्छा, म्हेरो लोल खाच्चारले पनि म्हेरो मोइच्याङ लाई मानपाराउँछा! त्यो डाइबारलाई भेट्यु भोने मोइले काट्चा तारा लोल खाच्चारलाई काट्दाइना!”
संवाददाता- “ हो हजुर त्यसैले मैच्याङ मैसाब सुन्दरी होइबक्सन्छ भन्या नि हजुर!”
च्याङ्बा – “ तोँ मोलाई आन्दारबार्दा सोद्जा कि म्हेरो मोइच्याङको कुरा गार्छा भान्?”
संवाददाता- “ सोध्छु हजुर अन्तरवार्ता सोध्छु, अनि हजुर बेला बेलामा हराइबक्सिन्छ, यता चौतारि पनि आइबक्सिन्न खासै, गाथमा आराम नभएर हो कि हजुर?”
च्याङ्बा- “म्हेरो तेरो जास्दो फुरसाद छाइना, मो खाच्चारको सुन्दरी पारतियोगिदालाई बिजि छा!”
संवाददाता- “ अनि हजुर खच्चर सुन्दरी कसरि छान्ने होला? के हेरेर छान्ने?”
च्याङ्बा- “ तोँलाई आन्दारबार्दा लिने जागिर कोसले दियो तो मोलाई भान्? मो त्यसलाई गएरु काट्चा! , तोइँले सुन्दरी केटि कासारि छान्जा मोलाई भान्?”
संवाददाता- “ सुन्दरी केटि त हजुर रुप, जिउ, बोलिचालि हेरेर छान्ने नि?”
च्याङ्बा- “ पाहिलो पाटाक यास्दु मुर्खा साङ्गा आन्तारवार्ता दिय मोइले, रुप रा जिउ हेरेर छान्छा बोलि कासारि हेर्छा??? तेरो कान छाइना सुन्नुलाई?”
संवाददाता- “ हे हे हे मेरो भनाई रुप र जिउ हेरेर अनि बोलि सुनेर छान्ने भनेको”
च्याङ्बा- ““आगिनै भानेकु भाए के हुन्द्यो? खाच्चारको पानि तेस्दाइ गार्चा!”
संवाददाता- “ हजुर खच्चरको रुप र जिउ कसरि हेर्ने र हजुर? अनि बोलि कसरि सुन्ने?”
च्याङ्बा- “ हेर् साउदादा तोँ मोलाई झोक नाचाला, झोक चाले आइले तेरो डाउको साउको फोरदिन्जा म्ह, खाच्चारलाई बिकिनि लागाएरु पौडि खेल्नु लागाउचा आनि जिउ हेर्छा, खाच्चारको मुख हेरेर रुप हेर्चा, आनि खाच्चारलाई कराउनु लागायेरु बोलि सुन्चा!”
संवाददाता- “ तर हजुर बिकिनि लगाए पनि खच्चर त उस्तै दैखिन्छ त, कसरि यसको जिउ राम्रो उसको जिउ राम्रो भन्नु गाह्रो पर्दैन र हजुर?”
च्याङ्बा- “ तोइँले आजु आपिस आउँधा बुद्धि कारमै छाडेरु आयु कि के हो? खाच्चारनीलाई बिकिनि लागाइदिने आनि खाच्चारहरु जुन खाच्चारनिको पाछि जान्जा त्यो खाच्चारनिको जिउ राम्रो हुन्जा, तोइँले छान्ने हाइना”
संवाददाता- “ ए बुझेँ बुझेँ! अनि हजुर प्रतियोगितामा त, प्रश्नहरु पनि सोधिन्छ, आफूलाई मदर टेरेसाको रुपमा पाउनुभयो भने के गर्नुहुन्छ इत्यादी, त्यो प्रस्न कसरि सोध्ने र खच्चरले कसरि उत्तर दिने?”
च्याङ्बा- “साबभान्दा पाइला तेरु बुद्धिलाई भोटेकोसिमा पाखालेरु आइजु आनि मो साङ्गा कुरा गार! खाच्चारले तोइँले जास्दो बोल्दाईना बुद्धि तेरो भान्दा बढि भायुपनि! नेपालमा माद्राई खाच्चार हुदाइना, काजाकिस्तान भन्ने देश सुन्याकु छाइना होला तोँ मुर्खा साउदादाले, त्यो लेखमा बस्ने बोराट भन्ने मान्छेकु पनि खाच्चार छा, त्यसले खाने घाँस, म्हेरो लोल खाच्चारले खाने घाँस, सापाइले खाने घाँस, नखाने घाँस, लुगा, कापारा, सपै कुरा राखेर खाच्चारला छान्नु लाउने, राम्रो छान्ने खाच्चार सुन्दरी हुन्चा!”
संवाददाता- ‘ओहो! हो त है, त्यहि त, प्रश्न नै किन गर्नु पर्यो र हैन घाँसहरु राखेर इन्टेलिजेन्स टेस्ट गर्न मिलेपछि?”
च्याङ्बा- “ आजकु आन्दारबार्दामा कि त मो बाउलायु कि त तोँ मेरो हातबाटा मर्यु, आन्दारबार्दा लिनु आएकु प्रश्न किन सोध्ने भान्जा, तोँ बाउलायु? तेरो स्वास्नि पोइला गयु??
संवाददाता- “ हैन हैन खच्चर सुन्दरिलाई किन प्रश्न गर्नु पर्यो र भनेर हजुरले भनिबक्सेको कुरा बुझेको क्या”
च्याङ्बा- “आगिनै भानेकु भाए के हुन्द्यो? तारा तोइँले केइ बुझेना मोलाई थाहा छ, तोँ जास्दु साङ्गा मो आन्दारबार्दा दिन्दैन, मो गयु, तोँ मार गि बाँच मोलाई मातलाब छाइना, आबु मो कार जान्जा, जाड खान्छा र मेरो लोल खाच्चारलाई पनि जाड ख्वाउँजा।
संवाददाता – (मनमनै “ खुइइइइययय..”) “ हस त च्याङ्बा हजुर, हजुरको समयको लागि धेरै धेरै धन्यवाद छ!”
च्याङ्बा- “ जे सुकाई भान, मो गयु!”
"त श्रोताहरु यहाँ हुनुहुन्थ्यो चौतारी खच्चर सुन्दरी पर्तियोगिताका आयोजक श्रि च्याङ्बा चाम्लिङ। आगामि अंकमा आगामि अतिथिसंग उपस्थित हुने नै छौँ, तब सम्मको लागि आज्ञा दिनुहोस , नमस्ते!! ( अफ एयरमा – (“ हेल्लो! हेल्लो! ऐया! बिर हस्पिटल?? ….इमरजेन्सि?...हजुर?....हात खुट्टा ढाड बङ्गारा अनि छातिमा धेरै दुखिरा छ हजुर सहनै नसकिने…हजुर कुटाई खाएको …हजुर? ..हैन हजुर खुकुरिले हैन दाबले..ऐया….कसले गर्या देखिएन हजुर अँध्यारो थियो……हजुर छिटो एम्बुलेन्स पठाएदिनोस हजुर….चौतारी रेडियो स्टुडियोमा हजुर…हस हजुर छिटोssss….ऐयाssssssss)