newuser
Replies to this thread:

More by newuser
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 Chabi haraeko raat - Sajha Basibiyanlo

[Please view other pages to see the rest of the postings. Total posts: 74]
PAGE: <<  1 2 3 4 NEXT PAGE
[VIEWED 26454 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 4 pages, View Last 20 replies.
Posted on 04-26-05 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चाबी हराएको रात
न्यूयुजर

अनिमेष ? मेरो मामाको छोरा । म भन्दा एक वर्ष कान्छो छ । गएको फागुनमा चौविस लाग्यो । नेपाल छँदा हामी निकै मिल्ने साथी थियौं, तर उसले मलाई दाई नै भन्छ। औधि विश्वास गर्छ , केहि लुकाउँदैन । दुई वर्ष भन्दा केहि अघि लगभग एकै बेला म अमेरिका आएँ, उ युरोपतिर गयो । लंडनमा छ, एउटा कलेजमा भर्ना भएको छ । दुई दिन कलेज जानुपर्छ, अर्को चार दिन काममा र वाँकि एक दिन हप्ताभरिको थकान मेट्ने, सरसफाई, भेटघाट, मनोरंजन इत्यादिको अवसर हो उसका लागि । '?दाई अहिलेलाई भिसा बढाउने मेसो मात्र हो तर पैसा जम्मा गरिरहेको छु , चाँडैनै युनि भर्ना हुन्छु ।' उसले मलाई टेलिफोनमा
दोहो-याइरहन्छ । वास्तवमा उसले मलाई नियमित रुपमा फोन गरिरहन्छ । 'तपाईंका लागि महिनाको पाँच पाउण्ड मात्र हो' ,मैले धेरै फोन गर्नुपर्दैन भन्दा उसले यहि जवाफ दिने गर्छ ।

पोहोर साल मौका संजोगले म लंडन गएको थिएँ । दुई दिन उसकहाँ नै बसें। उ एउटा अंग्रेजको फ्ल्याटमा विदेशीहरु संग बस्ने गर्छ । 'नेपालीहरुसंग किन नवसेको?' 'खै दाई, भने जस्तो साथीहरु पनि भेटिएन, अनि मलाई त यहिं आनन्द छ। फेरी नेपालीहरु सित बस्दा कानेखुशी सुन्नुपर्छ, पकाउने र सरसफाई गर्ने बेलामा किचकिच हुन्छ, वरु यहाँ नै हाइसन्चो छ।' उसले एकै शासमा वेलिविस्तार लगायो ।

म उसकोमा जाँदा उसले आफ्ना flat mate हरुसंग परिचय गरा?एको थियो । उसको कोठाको तल्लो तल्लामा एकजना ब्रिटिश केटा र उसकी अस्ट्रेलियन गर्लफ्रेण्ड वस्छन्। किचन, वाथरुम सवै तलै छन्। माथीको एउटा ठ्रलो कोठामा जमैकाकी एकजना अधवैंशे आइमाई वस्छिन्, बीचमा एउटा तरुनी केटीको कोठा छ र पल्लो छेउमा अनिमेषको चिटिक्कको सिंगल रुम छ । एकजनालाई हालिमुहाली, दुई जनालाई चाहिं अलि गाह्रो साह्रो । 'घरबेटिले सवै कोठामा चाहिने सरसामान जोडिदिएकाले हाम्रो फ्ल्याटमा लाउन्ज छैन दाई,' उसले मलाई सम्झाएको थियो ।

तलका जोडीहरु क्रिश र रविन खुबै रसिक थिए। जतिवेला पनि संगै हिंड्छन, किचनमा पनि थुतुनो जोडिरहन्छन अनि लाजै नमानी गंजी र कट्टु मात्र लगाएर भित्र वाहिर गरिदिन्छन्। मैले उसैबाट थाह पाएको कुरा हो यो । माथीकी अधवैंशे आइमाई पनि जाति नै छिन्। सवभन्दा बढि सरसफाई उनै गर्छिन्। क्रिशमश, नयाँ वर्षमा सबैका निम्ति उन्लेनै खाना पकाएकी थिइन् रे। एक्लै बसेपनि प्राय आइतवार एकजना क्यारेवियन समवयी आइरहन्छ उनको थलोमा र हप्तामा एक रात उनिहरु संगै विताइदिने गर्छन्। उनको नाम जेनिफर हो तर सवैले छोटकरीमा जेनि भनेर वोलाउने गर्छन्। घरबेटिले त झन बढो मायालु पारामा 'जेइनी' भनेर उनको नाम लिन्छन् रे, यो पनि अनिमेषले नै भनेको मलाई ।


 
Posted on 04-28-05 8:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Interesting story Newuser, hope you will post the remaining story soon.

Jaos Jaos aru Jaou!

On a different note: I had read a book by BP Koirala long time ago "Hitler ra Yahudi", I wish he had time to complete that book.
 
Posted on 04-28-05 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

My effort is to portray a picture of sexual frustration amongst Nepalese youth rather than writing an erotic story. >>>>>>>>>

कथा चै धेरै राम्रो छ तर गुरुको यो वाक्यले मेरो कानरातो बनायो । मेरो ल्याबमेटले पढेर के हो पण्डितजी तपाईलाई पनि छ कि क्याहो भन्छै बा ! त्यो मोरी अम्रिकानेलाई के भन्ने अब , तर त्यस्लाई त थाहाहुनु पर्ने हो बा !!!! पख न जाँच त सिध्दियोस् , त्यस्लाई मैले जान्या छ । ;-)

अरु पनि पढ्न पाम् है । अनि कुरो हरू चै नेपालिमा नै लेखुं न , सजिलो हुन्छ क्या ! कान पनि रातो बनाउन नपर्ने ।
 
Posted on 04-28-05 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रतिकृयाका लागि सवैजना - Sitara, Forget-me-not, Shikari, Jira, raayann, Bond-007, पण्डितज्यूलाई मूरी मूरी धन्यवाद छ।
चाँडो चाँडो लेख्?न पाए त राम्रो नै हुन्थ्यो तर अरु काम पनि भ्याउनै पर्ने। फेरी नेपाली टाइपिङमा अलि झमेला नै छ घरको थोत्रोले गर्दा । त्यसकारण दोश्रो तथा अन्तिम भाग एकैपटक अर्को हप्तामात्र आउनेछ भनेर भन्नुपरिरहेको छ, साथीहरुलाई। हौशलाका लागि फेरि एकपटक धन्यवाद है त ।
 
Posted on 04-28-05 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

new user, I was one of those who commented against you, but did present myself positive on some of your good point as well. your narration on nepali & english is very good, not very good .... great. & story is KHATARA keep it up.
Nepali ma lekhna try gareko, key board ma letter khojda khojda hairan, feri english mai type gare.
CHADAI CHADI JAWAS BARU..........

 
Posted on 05-02-05 3:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अस्ति को नि अधुरो नै, ल अनि यहाँ पनि कुराउने न्य युजर जी, भएन नि हो। ल अरु नि चाँडै पस्किम न हो। धेरै राम्रो पो छ त कथा, अरु आउने आशमा है,
निर्माण:०)
 
Posted on 05-02-05 4:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
Nirman by the way, Is Sharad Poudel (I think I have remembered the right name) still writing on? I liked him during my school days and still don't forget the 'Likhe' story .
Katha chai bholi aaucha.K garne mahako alchhi chhu yar.
 
Posted on 05-03-05 9:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ यार मलाइ त्यत्ती थाहा भइन, बुबालाइ सोधेर उत्तर दिन्छु है। कथा चाँडै पोष्ट गरम है बरु।
निर्माण
 
Posted on 05-03-05 11:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो न्?युयुजरजी शरद पौडेल नै हुनुहुन्?छ 'लिखे'कथा को लेखक l मलाइ पनि औधि मन पर्छ त्?यो कथा र त्?यसको 'क्?यार्छस त लिखे तेरो कर्मै त्?यस्?तो' भन्?ने शब्?द पनि मन पर्छ l
 
Posted on 05-05-05 8:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-05-05 2:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ढिलाइका लागि क्षमाप्रार्थी छु।

( बाहिर Hallway मा जेरी र जेनी, जेरीको कोठाको ढोका खोल्न प्रयाश गरिरहेका थिए । बिचरी जेनीले चाबी भित्रै छुटाइछ र ढोकाको लक अटमिटिक लाग्न पुगेछ। कहिलेकाहिँ धोका दिन्छन् फ्ल्याटका ढोकाहरुले , त्यसैले अनिमेषले दुइटा चाबी बनाएको छ। एउटा आफ्नो साथमा र अर्को एक्सट्रा तल किचनको क्याबिनेटमा राख्?नेगर्छ उसले । तर जेरीले नक्कल बनाउन भ्याएकी रहिनछ । अनि एउटा अंकुशे तार जस्तो लिएर ढोका खोल्न बल गरिरहेका रहेछन् - दुई जनाले अघिनै देखि। अब चाहिं अनिमेष ढुक्क भयो तर ढोका नखुलेर उत्पन्न समस्या ज्यूँ का त्यूँ थियो । आसन्न संकट एउटा समस्या हो कि अवसर हो भन्ने विचार अनायाश उसको दिमागमा आएपछि उसले एकछिन गम खायो र दुइजनाको कुरा ध्यानपुर्वक सुन्न थाल्यो । )

क्रमश:
जेरी केहिवेर अघि मात्र कामबाट फर्केकी रहिछ। (वास्तवमा उ एउटा अस्पतालको रिसेप्सनमा काम गर्थी) । अनि लुगासुगा फुकालेर हातखुट्टा धुन पाइजामाको भरमा तल झरेकी, फर्कदा त ढोका खुल्दैन। सोंच्दै नसोचेको कुरा साँचो आफै लाग्न गयो।
जेरी ढोकाको knob को चावी खोल्ने प्वालमा अंकुशे घुसाएर साँचो खोल्ने कोसिस गर्दै ?थिइ अनि जेनीले बेलाबेलामा खै म पनि प्रयाश गरुँ त भनेर उसलाई साथ दिइरहेकी थिइ। अनिमेषले चाँहि जेरीको शीरदेखि पैताला सम्म नजर दौडायो। हल्का सेतो रङ्गको caftan लगाएकी जेरीको नओवाइसकेको कपाल जिङिग्रिङ्ग फैलिएको थियो ।बाहिरी लुगाले छाती राम्ररी नछोपेकाले उसका सेतो भित्री पनि प्रष्ट रुपमा देखि?एको थियो। अनि पैताला नाङ्गै थिए। सपक्क मिलेको बदनमा वैंशले भरिएकी जेरीलाई देख्दा कुन पुरुषको लोभी आँखा लाग्दैन र भन्ने सोंच्दै अनिमेषले उसलाई एकटकले हेरिरह्यो। अनुहारमा बाह्र ठाउँमा मुजा परेकी चाउरी बुढी जेनीतर्फ भने उसले एकै निमेष दृष्टि फ्याँक्न भ्याएन।

जेरीले खत्र्याकखुत्रुक गर्दै साँचो खोल्ने असम्भव प्रयाश गर्दैरही । नेपालको जस्तो साँचो भा त कब्जा सब्जा उप्काएर, ठाकठुक गरेर अनिमेषले नै खोलिदिने थियो। तर अव यस्तो सुरक्षित साँचो खोल्ने उपाय कि त चाबीलाई नै थाह छ कित सिकर्मीलाई मात्र। अर्को चाबी घरबेटीसंग थियो जो मोटरमा झण्डै एकघण्टा लगाएर मात्र त्यहाँसम्म आइपुग्न सक्थ्यो। केहि महिना अघि अनिमेषको ढोका पनि त्यसरीनै लाग्न पुग्दा उ फौरन घरमा आइपुगेको थियो। तर यसपाली चैं घरबेटी पनि होलीडेमा South Africa गएको मौका प-यो । धन्न उ त्यहि राती मात्र केपटाउनबाट फर्कदै थियो। जेहोस घरबेटी लंडन ओर्लेर हिथ्रोबाट सिधै त्यहाँ आइपुग्न पनि कम्तिमा भोली दिउसोको एक, दुइबजे सम्म त कुर्नैपर्थ्यो । त्यसैले जेरीका अगाडी साँचो खोल्ने कुनै उपाय नभएको कुरामा अनिमेष पक्का थियो। उसले जेरीका लागि कुन विकल्प ठीक होला त भनेर सोंच्न थाल्यो।

अचानक निराश मुहारमा मन्द मुस्कान छर्दै जेरी हलवेको रेलिङ्गमा आडेस लगाइरहेको अनिमेष तिर फर्किइ र कुनै चमत्कारपूर्ण सहयोग पाउने आशामा उसलाई भनि Anii, come on help me out man. जेरीको निराशाजनक बोलीले जेनीलाई हँसायो तर अनिमेष एकाएक गम्भीर हुनपुग्यो। कसरी सहयोग गर्नु त अव। चाबी खोल्ने कुनै उपाय नास्ती, रातिको झण्डै
एघार वज्न आँटीसक्यो । उसले भन्यो - 'हेर जेरी चाबी खोल्ने कुनै ताल म देख्दिन, अव तँ खुरुक्क जेनीको कोठामा गएर सुत। उसको कोठा ठूलो पनि छ। बरु ओछ्यान छैन भने मसंग extra ओढ्ने ओछ्याउने छ। त्यहि लगेर काम चलाउनु।' जेरी र अनिमेष दुवैले जेनीको मुखमा हेरे तर जेनी त केहि पनि वोल्दिन बा। अनिमेषले सोंच्यो ' हैन यो बुढीको कोठा त ठूलै छ। डबल बेड पनि छ। अनि छुट्टयाउने हो भने अलग अलग गरेर सुत्न पनि मिल्छ। ल आफ्नो ओछ्यान अरुलाई दिन्न भनौभने मैले मेरो extra दिन्छु भनेकै ?थिएँ।' अनिमेषले किन यो छुची बुढिले हुन्छ भन्दिन भनेर बिचार ग-यो । ' यो बुढिले जैलेनि यस्तै गर्छे। मैले ब्रोडब्याण्ड र केबल share गरौं न, दुवैले विल तिर्दा खर्च अलि कम भैहाल्छ भन्दा पनि त्यसको सम्पत्ति खाइदिन्छु झै ठानेर हुन्न भनि, ऐले एकरात एउटै घरमा बस्ने छोरी भन्न सुहाउने केटीलाई बास दे न त भन्दा पनि मुखमा ठेंडी लगाएर बस्छै है' मनमनै उसले जेनीलाई सत्तोसराप ग-यो।
कतै एउटै कोठमा दुई आइमाइ मान्छे सुत्दा अरुले नराम्रो ठान्लान भनेर त होइन भन्ने विचार पनि अनिमेषको मनमा पलायो। तर यो त एउटा सहयोग गर्ने समय थियो। त्यति पर सम्म सोच्नुपर्ने कुरो त केहि थिएन। नेपालमा घरमा सत्य नारायणको पुजा सकिएको रात पाहुनाहरुसंग अटाइ नअटाइ भुइंमा लस्करै सुतेको दृश्य उसका सामु ताजा भए। मान्छेहरु संग पैसा फालाफाल भएपछि एउटै कोठामा एकरात सुत्नपनि गाह्रो हुँदोरैछ, अनिमेषको दिमागमा धेरैखालका तरङ्गहरु मडारिदै गए। उसले जेरीको फक्रिएको बैंशलाई चटक्क विर्सियो र केवल यो बुढिले त्यति कुरो मान्दिए थुपुक्क सुत्न जान्थे म त भन्ने सोचेर खुइए ग-यो, तर बुढि बोलिन । अचानक जेनीको कोठाको ढोका खुल्यो र एउटा बुढो खोक्दै बाहिर निस्कियो। त्यो उहि बुढो थियो जो सप्ताहन्तमा अनिमेषहरुको फ्ल्याटमा आएर जेनीसंग रात विताउने गर्थ्यो । 'ए कुरो त यस्तो पो रैछ।' बुढिले मुखमा बट्टा लगाएर बस्नुको कारण बल्ल बुझ्यो अनिमेषले । जेनीले आफ्नो अनुहार भुईंतिर फर्काइ, संगसंगै जेरी र अनुमेषका आँखा जुध्न पुगे। केहि दया, केहि आशा र केहि तृष्णाका भावमा जेरीका ठुल्ठूला आँखाले अनिमेषका आँखालाई सोधिरहेका थिए - 'अनि, मेरा लागि केहि उपाय गर न। म थकाइ मेट्न चाहन्छु, केवल आजको रातका लागि।'

क्रमश:
 
Posted on 05-05-05 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

* कथाका दुई पात्रहरु जेरी (Jerry) र जेनी (Jenny) का नामले नअलमलिनु होला।
 
Posted on 05-05-05 3:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


भाग्य नै बलियो भे' सि कसको के लाग्नु। आफ्नो त कत्तानै चाबि भित्र छुटेको, त्यो wendy ले पछाडि को झ्याल बाट कसरि कसरि पसेर निकाल्दिइ।
बर्मा गयो कर्म सँगै :(

-सरु
 
Posted on 05-05-05 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहाहा म पनि अब अर्को पालि दाउ हेरेर चावो लुकाउछु अस्ति होलिखेल्दा त छुट्या हो फोन-सोन सबै तर के गर्नु Kate ले घरबेटिलाई फोन गरेर बोलाइदि , ऊ पनि आइपुग्यो आधा घन्टामा :( हो सरु भाग्य नै चाहिन्छ ।


 
Posted on 05-05-05 7:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरो बुझ्नै गाह्रो यार भाइहरुको। अब चाँवि पाएसी पनि झिनो आशा राख्दिनी। हेरम् केइ हुन्छ कि?
 
Posted on 05-05-05 8:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा,
साँचो भेटेको छैन, त्यो बुढी केटि (जेनी) ले त बुढोकेटो राखेकि रैछे क्या कोठामा, तरुनि (जेरी) को पो त साँचो हराको त! जेरी र आनिमेशको त कुरा मिल्ला जस्तो छ। अब हेरौँ के के हुन्छ?
 
Posted on 05-05-05 8:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा मलाई पो बुढेसकाल लागेछ त।
(झुक्किएँ जेरी र जेनीमा। जेरी को बुढो केटा रेऽछ पो भन्ठान्या त।)
अब त ढुक्क भेँ।
 
Posted on 05-05-05 8:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

*भूलसुधार :

'बिचरी जेनीले चाबी भित्रै छुटाइछ र ढोकाको लक अटमिटिक लाग्न पुगेछ। '
corrected as बिचरी जेरीले चाबी भित्रै छुटाइछ र ढोकाको लक अटमिटिक लाग्न पुगेछ।

गल्ति मेरे। पनि भाको रैछ है । पछिल्?लो भाग शुरू हुनु केहि अघि एक
ठाउमा जेरी हुनुपर्ने ठाउमा भूलवश जेनी लेखिएकाले सुधारेर पढ्?नुहोला।
के गर्ने अनिमेषबाट टेलिफोनमा सुनेको कुरा जति ख्?याल गरेपनि एक ठाउँमा
चिप्?लिहालिएछ । दादाले कमजोरि औल्?याइदिनुभएकोमा धन्?यव।द ।
चाबी हराएको चै जेरीको हो ।


 
Posted on 05-05-05 10:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल है यो जेरी हो कि स्वारिले जानि जानि कोठा लक गरेको त होइन रे क्या। हाम्रो सोझासाझा अनिमेश बाबुलाई फसाउन यानि कि उस्को इज्जत लुट्न रे क्या। ल धेरै दिनपछि आयो कथा खुशि लाग्यो है।
निर्माण
 
Posted on 05-05-05 11:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Aba Animesh pani k herera basi ra hola ni?
Khurukka jeri lai afno kotha ma lagera kapakap khana chhodera.......Budi Jeni lai chai swari banayera arko budha le khai sakyo........

Animesh pani hamro Dadagiri jattikai (Sadhai mouka woomkaune) huttihara ho ki k ho herdai chhu ma next bhag ma k hune hola..............
 
Posted on 05-08-05 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oh newuserji, kataa haraako? manchhelaai kuraaera.
 



PAGE: <<  1 2 3 4 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS EAD auto extended to June 2025 or just TPS?
मन भित्र को पत्रै पत्र!
TPS Renewal Reregistration
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Guess how many vaccines a one year old baby is given
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Why Americans reverse park?
Nepali Passport Renew
Travelling to Nepal - TPS AP- PASSPORT
whats wrong living with your parents ?
" अनि ग्रिन कार्ड बन्यो त ?"
मैले नबुझेका केहि गीत का lyrics हरु
Nims- एक उन्मत्त साँढे
cannot accept Visa candidates
lost $3500 on penny stocks !!!
TPS Reregistration and EAD Approval Timeline.......
ढ्याउ गर्दा दसैँको खसी गनाउच
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters