चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
भए पनि नभए पनि चलन चल्तीमा भनी ल्याको ठीटी ऐले उफ्री मात्रै चौतारीमा? अरु सप्पै ठीटीहरु हिनिसकेछन -- के बसाई भो त यता उसो भए? उफ्री जाउ तिमी पनि भुन्टीलाई लिटो ख्वाउन--अब पुग्यो आजलाई -- अच्चकाल्ली त गर्न हुन्न त।
खै दीप चिलिम नि अइ ठुल्दाईले एक सर्को तानुम, भउतेलाई जरिवाना तिराउने फैसला लेख्दा थाकियो भन्या थे, पछि २ धार्नि बाट २० धार्नि बनाका बुढाले मासु चपाउने ध्याउन्नमा चिलिम लिएर कता लागे कुन्नि!
ठिटीहरु काँ अगाडि आउनु, कुरा तिर बसेर मुसुमुसु हाँस्तै हेरिराहोलान नि दीपलाई! "छ्या भाइ मलाई त त्यो बाङ्गे मनै पर्दैन, दीप क्या ह्यान्सि छ खितितिति" गर्दै!
"अरे ओ पुनटे दाजु!!!!!!!!!!!!! काहाँ काहाँ खोजेछु हमि तपाईंलाई। हमि धोबिनी मेमसाहिबको मतावने दुकानमा भि पुगेछु, हँ? पुनटे दाजु छेन। भावजु जो हुनुहुन्छ, वाहाँलाई नि सोधेछु, हँ? भावजु नि देखेछेन दाजुको। बल्ल ऐसन टेम जुरेको जो छ, त हमि दाजुलाई भगुत भेया के साथ बक्रीको माँस चपावन लाएको भेटेछु। डिस्टब जो करेछु त माफी दिईहाल्नुस, लेकिन बात बुरा छ, दाजुको को एक्सपेरियन्सवा जो छ, हमिलाई अड्वाईस चाहिएको छ, हँ?"
लुकि लुकि बाँकी र'को खसी नि सिद्ध्याई हालम्। अनि त तो तारेमाम सारेमाम नेधिसको फैसला अनुसारको २०-२० धार्नि मासु जरिवाना क्यारि तिराम्छन्, हेरम्ला, ई यई फिलाऽट मासु चोईटाम्ने आँट भए हामी नि हेरम्ला तिनेरुको तागत भनेर चईनि, आफ्नै फिला पड्काम्दै भउते र म दाजु भाई लुकि लुकि खान ला'थिम, बज्जे मदनवाले भेट्टाई हाल्यो।
"बेला न कुबेला बजि नेला," भनेर भउते जङ्गियो। तै नि देसि मदनवा भलादमी त हो के रे, के परेछ बज्जेलाई? भनेर चईनी मैले सोधें।
"अरे सला! छोकडी भेटेन त हमि ऐसन बुह्रो भईलिए जस्तो लागेको जो थियो, त अब त एवटा मत्र काहाँ र, दाजु? लईन लागेछ हम्रो पिछे छोकडी लोगन!"
"पुन्टे दाईले आधा जिन्दखि खटेर बल्ल बल्ल दुईटा छोपेछन्, हाम्लाई एउटा नि छैन, तैं बज्जेको पछि लईन ला'को हाम्ले नि सुनेथेम्। मोज गर्। बरु, यो खसीको मासु बाँडेर तँलाई नि ख्वाम्ला के रे, एक-दुईटा तरुणी हाम्लाई नि बाँड!" भन्दै भउतेले आफ्नो भागऽट दुई चोईटा मदनवा तिर सारि दिए।
"टेन्सनवा जो छ, भगुत भैया, लईन देखेछु त हमि डराएछु..." च्वाम् च्वाम् मासु चपाउँदै मदनवाले बिस्तार लायो। "एकटा छोकडी लईनमा जो छ, त वो बहुती काली छ, हँ? हमि भि कालो परेछु। त, न उल्ले हमिलाई देखेछ, न हमिले उल्लाई, हँ? बढिया देन्सनवा बात! दिनको लाल्टिन बालेर जो पिरेम करनेको हमि सोंच्छ, त खटिया खडे हुन्छ, दाजु! महँगीको बात जो छ, मट्टितेल सट्टीतेल लिन जो हमि बोडर पार करन पर्छ, त दिनको, और रातको चोबिस-चोबिस घण्टे कहाँ से लालटिन बाल्छ? हमिलाई चाहिएको छोएन हुजुर फुजुर खर्च् बढावने वाली।"
"दुसरी क्रै जी जो छ त उसको नाम सुनेछु, और हमि भि पागल बन्ने वालेको छु।सुरुमा जो छ, पट्टावनेको लगि हमि लउव लैटर सैटर लिख्छु, हँ? ठीक छ। लेकिन हर दिनको एवटा लउव लैटर जो लिखाम्नेको बात करेछ उ, त फिर फ्लैट भएछु हमि! हमिलाई वो दिनको एवटा लउव लैटर लिख्ने जाँगर जो हुन्छ, त हमि सालको तीन सो पेंसठ लरकीको लउव कर्छ, हँ? किसन जी को मात कर्छ, और सारे के सारे लरकीको दिवानाहरुको लात खान्छ। हिसाब करि लिनुस्, पुनटे दाजु, सालको तीन सो पेंसठ लरकीको सिरफ एक-एवटा दिवाना मत्र मानेछु त, हमि सालको सात सो तीस लात खानेको तयार? नाहिं! वो भि बात बिगरि गियो। और भि हिसाब करिलिनुस्...अगर पाँच लात हम्रो धोतीको खालस केरछ त, सालको एक सो छेलिस धोती खरिदनेको हमि काहाँ सकेछु?"
"हिसाब त गर्न आउँदो रै'छ त बज्जेलाई, बरु हिसाबको मास्टरी गर्न जाओ, तरुणी जति हाम्लाई छोडि दे!" भउते मुर्मुरिन थालेको जस्तो लाओ।
"हिसाबको बात छोडिदिनुस्, दाजु, टेन्सनवाले गर्दा हमिलाई दिनको उन्तिस बार पिसाब आए रहेछ रोज।"
म नि जिल्लै परें मदनवाको कुरोले। बज्जेको बल्ल बल्ल खुलेको भग्गेआँ नि कस्तो खत् परेछ। अनि सोधें उसलाई, तो कान्छी वाली त बाँकी छ नि, तेईलाई पिरेम गर, घरबार बसाऊ, भनेको...
"दाजु बडा चालाक हुनुहुन्च, हँ? आफू दो-दोटा राखीलिनुहुन्छ, एवटा बाटुली भावजु, आर्को धोबिनी मेमसाहिब, और हमिलाई एवटा मै अड्कावने को बात कर्नु हुन्छ? कान्छी जो ल्याउँछ, त हमि लास्टमा ल्याउँछ, दाजु! सुरु मै जो कान्छीको ल्यायो त फिरि दुसरीको कसरी ल्याउँछ? कि हमि नेपाली अच्छा बुझे छुईन? कान्छीको मुनि भि और कोई दर्जा हुन्छ?"
लौ ह्या त अर्को भाग पनि सुरु भइ सकेछ। म त पुछ्छा । लौ मेरो नि सप्पैलाइ शुभकामना। कता साझाबाटनै भाग्नु पर्छ कि भन्ने भो गाठे। उता सान दाइले तैले ब्लगको बिग्यापन गरिस भनेर गालि गरे । धागो - http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=51865 चै मेटाका रैनछन । यसो त्यो ब्लगको त धागो हेरेको त लक्षमण बस्नेत जस्तै मै मात्र पो कराइराखेको रहेछु। अनि सान दाइले तेसो नभने के भन्ने त ? ल है यसो त्यो धागोलाइ पनि तानतुन पारम। खास त त्यो चौतरीकै लेखन फाट जस्तो गरेर लान खोजेको हो, तर अप्ठ्यारो पर्ला जस्तो पो छ ।
राहुल दाइलाइ सामाग्री थपेकको मा धन्यबाद छ है । म त त्यसैमा रंग रोगन पोत्दा पोत्दै केही गर्न पनि भ्याको छैन।
पुन्टे दाइ दुर्गाको मन्दिरमा गएर बाजेलाइ नमस्ते गर्नु भएछ र भन्नु भएछ। " बाजे, येसो टिका लाइदिनु न"। " ल भै हाल्छ नि, निधार थाप्नु त पुन्टे बाबु"। "कति बेर लाको टिका लाउन पनि , बाजे?"। "बाबुको निधारको बोर्डर कहासम्म हो नै थाहा भएन। मैले त निधारै भरि (तालु भरि) टिका लाइ दिए बाबु"। बाजेले भनेको सुनेर पुन्टे दाजु निधार छाम्न थाल्नु भएछ।
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Send Parcels from USA to Nepal & Worldwide.
Travelling to Nepal - TPS AP- PASSPORT
TPS Work Permit/How long your took?
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
कल्लाई मुर्ख भन्या ?
Travelling on TPS advance travel document to different country...
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Why Americans reverse park?
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Informatica consultancy share
whats wrong living with your parents ?
TPS Renewal Reregistration
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.