- " छोडि दिउला , बिहे पछी " मैले नि भनी दिए त लौजा ।
उु - "बहाना त कत्ती आउछ हगी तिमीलाई "
म केही बोलिन । हामी हिड्दै गाडी भएको ठाउँ तिर गयौ । कोठा पुगेर एक छिन टि.भी हेरी बस्यौ ।
- " ल अब सुत्ने तर्खर गर्ने होइन ? भोली बिहान एस्पेन तिर जाउला "
- " हुन्छ " भनी उु पनि उठी र हामी सुत्ने तर्खर गर्न लाग्यौ ....................
बिहान आँखा ७ बजे नै खुल्यो , आफ्नो नित्य कर्म सकाएर किचन मा गई, ब्रेक फास्ट तयार पारी उस्लाई उठाए , मेरो यो नयाँ रूप देखेर उु दङ्ग थियो , तर उस्लाई के थाहा उु मेरो जालो भित्र फस्दै गएको थियो भनेर ।
डेन्भर बाट एस्पेन करीब ४ घण्टा को बाटो थियो । हामी निस्किदा ९ बज्न आटेको थियो । गाडी हाई वे मा छिर्ने बित्तिकै उु नुन खाको कुखुरा झै झोक्राउन थाली , मैले दुबै झ्याल खोली दिए , हावा को बेग र आवाज उस्लाई उठ्ने कर लाग्यो ।
उु - "एक छिन सुत्न देउ न १ घण्टा मात्रै अनी म फ्रेश हुन्छु के "
- " कहाँ सुत्ने , यस्तो रमणिय मौसम छ, साथ मा तिमी अली Romantic हुन सिकन "
आफ्नो बज्रले आँफै लाई प्रहार हान्दा कस्तो हुन्छ उसलाई महसुश भयो । उु मुस्कुरायो , मेरो हात लाई आफ्नो हात ले समाइ र मलाई फकाको झै फेरी मेरो काध लाई सिरानी बनाउन पुगी ।
- " please यस्तो bore नगर न , एक्लै चलाऊन एकदम गाह्रो हुन्छ क्या , जाबो ४ घण्टा को बाटो मा साथ दिन सक्दैनौ , जिन्दगी मा के साथ दिन्छौ ?"
अब मैले उसको माया लाई लल्कारेको थिए , यो चुनौती मलाई भारी पर्ला जस्तो थियो , तर सोचे ४ घण्टा त मैले चलाऊनु पर्ने हो कसरी गाह्रो पर्ने मलाई ? तर पनि डर भने लागि रहेको थियो , कती बेला यही डाइलग आफु लाई पेल्न आउँला भनेर ।
उु - " ल ल अब त उठ्नै पर्यो , यस्तो डाइलग हाने पछी, ल भन के कुरा गर्नु मन छ, Besides Move to Denver "
म - " दु:ख सुखका कुरा गर , हामी दुई को कुरा गर । भाग्य ले तिमी लाई फेरी म सँग अगाडि को सिट मा राखी दियो, पहिले यही सिट मा बस्दा आसुँ झर्थ्यो अब यही बेसी भयो " पेले मैले पेल्न पाको बेला ।
उु - " Please , म केही रोको थिईन के , त्यती खेर म बच्चै थिए , ईमोसनले टेक ओभर गरेर मात्रै हो , नभए रुन्थे तिमी जस्तो निर्दही को लागि , तिमी ले नि कम पापड बेला थियौ । म सोझी भएको ले फसे नभए त ......"
- " नभए के , मैले त केही गर्या थीईन , तिमी आँफै फस्या त हो नि । म त च्याङ्ग्रा को बिहे को लागि मात्रै गाको थिए । "
उु - "म नि त्यसकै बिहे को लागि गाको थिए , तिमी ले नै के के गर्यौ .......... तर कस्तो अच्चम्म हगी I Never thought I Would be with you again "
- " It was meant to be "
उु - "तिमिले च्याङ्ग्रा र केरेन लाई नि बोलाको भए हुने नि, तिनी हरु लाई नभेट्या नि बर्ष दिन भयो "
- "कवाफ मा हड्डी किन बेकारमा "
उु - "त्यो पनि हो " हाँस्दै
समय बित्दै गयो , बाटो सकिदै र साथ मा गर्ने कुरा हरु पनि , घडी हेर्दा ११ बजी सक्या रहेछ , भोक नि लाग्यो , खानेको बन्दो बस्त गर्नु पर्यो ।
- " केही खान को लागि रोक्नु पर्ला जस्तो छ "
उु - " के खाने , Mc Donalds हरु त नखाउ , बरु लन्च कै ब्यब्स्था गर्ने हो कि ? "
- " होइन लन्च त एस्पेन मै गर्नु पर्ला अहिले केही लाईट खाउ , हुन्न ?"
उु -" हुन्छ "
एक्सित लिएर गाडी Mc Donalds मै रोक्यौ ,
उु - " ल म अली फ्रेश हुनु पर्ला "
उु रेस्टरूम तिर लागि , मैले फोन हेरे ११:२० सोचे अझै टाईम भाको छैन , अब एक घण्टा बाँकी छ ।
गोर्खे लाई चिकेन बाहेक अरु के नै पाईन्छ र Mc Donalds मा । चिकेन सन्द्विच मगाइयो , र फेरी बाटो नापियो । गाडी मा गफ गाफ त्यती खासै केही भएन , सि.डि सुनियो, हिन्दी फिल्म मा राजेश खन्ना ले झै अली अली आफु ले नि गाइयो ।
सि.डि आधुनिक र पुराना हरु गीत हरु संकलन थियो , "पिया बसन्ती रे " घन्क्यो , आफु उस्ताद नभएनी सुल्तान खान को लय मा लय मिलाएर गाउँन थाले , उु पनि के कम ? चित्रा नै हुँ झै गरे , म हाँस्दै गाउँन लागे । गीत को घन्काइ मधुरो भयो ,
उु - " किन हास्या मेरो स्वोर सुनेर ?"
- "होइन (साचो बोल्न डर लाग्यो ), तिमीले मेरो साथ दिएकोले हास्या नि "
उु - " अनी मेरो स्वोर कस्तो छ त "
हरे भगवान आफ्नो स्वोर कहिले सुन्या थिन कि के हो , मलाई बिच मा किन पार्ने , हरेक चोटि झूठो बोल्दा , यामुण्ड ले चित्र गुप्ता लाई हेरेर - "यस्को नाम मा २ किलो इट्टा अझै थप " भनेको सुन्छु । त्यो मह जोडी को टेलिफिल्म झै "प्रभु मुख सानो छ छिर्दैन" भन्दा नि "ए त्यसो भए दात फोड्दे अनी पस्छ" भन्ला कि भन्ने डर, आफ्नो नाम २-३ ट्रक इट्टा त जम्मा भई सक्या थियो ।
अब अर्को जुग होला कि नहोला, यो जुगाँ त त्यस्को फल नभुग्त्ने बिचार ले - " ठ्याक्क चित्रा " भनेर जवाफ दिए ।
तरुनी नि दङ्ग आफु ले अरु थप केही भन्नु नपर्ने , के को टिकी ट्यास ट्यास ।
एस्पेन आउन केवल १ घण्टा बाँकी थियो , खल्टी मा फोन भाईब्रेट भएको महसुश भयो । मेरो कुराही सकिएको थियो ।
फोन निकालेर कतै फोन गर्न लागेको झै गरे , टेक्स्ट मेसेज थियो - " २:०० "
उु -" का फोन गर्न आट्या "
- " एस्पेन मा रूम बुक गर्या थिए , त्यही कोन्फिर्म गरु कि भनेर " मैले कुरा घुमाए
उु - "नेट बाट बुक गर्या रूम लाई नि किन कोन्फिर्म गर्नु पर्यो ? कस्तो पाखे तिमी "
मैले उस्को पाखे भन्ने भनाइ लाई घुरेर हेरे ...
उु " त्यस्तो भन्न खोज्या होइन, जिस्क्या मात्रै "
- " यही पाखे नभै भाको थिएन पहिले , अहिले मै बेसी भए "
उु - " तिमी त कस्तो un-interesting character , अली sense of humor किनेर राख "
- " अब त त्यही त हो नि "
उु - " ल ल भयो , सक्दिन तिमी सँग झगडा गर्न , म चाँही उु भनेर यहाँ सम्म आए , उु भने चाँही खाली ठुस्स को ठुस्स , बरु आज को के प्लान छ भन न, एस्पेन मा अझै हीउँ हुन्छ , मलाई स्कीङ गर्न कस्तो मन छ "
- "हुन्छ , पहिले मोटेल मा चेक इन गरु अनी स्कीङ जाउला "
उु - " तिमी लाई स्की आउछ "
- "हल्का फुल्का "
उु - " I'm so excited "
हाम्रो अगी एस्पेन का द्रिश्य हरु सुरु भई सकेको थियो , हावा मा पनि बद्लावत भई सकेको थियो , चिसो हावाले मन मस्तिस्क नै बिउझाएको थियो । गाडी को सिशा खोलेर त्यो हावा को महसुश लिदै थियौ । एस्पेन शहर भित्र प्रबेश गरियो , घडी हेर्दा १:५२ भएको थियो , गाडी आफ्नो लक्ष बाट अली घुमाए ।
उु - "किन यहाँ घुमाको "
म - " यहाँ को इन्फर्मेसन सेन्टर मा हामी स्की गर्न जाने ठाउँ को पास छ रे , त्यही लिन " गाडी पार्क गर्दा २:०० बज्न आटी सकेको थियो ।
म - "तिमी पनि जान्छौ कि यही बस्छौ ? "
उु - "कती टाईम लाग्छ "
- "१० मिनट जती "
उु - " ल ल चाडो आउ , म यही बस्छु "
केही बेर पछी म आए , उु शायद गीत सुनेर मग्न भई रहेको हुनु पर्छ , मैले उु झसँङ भएको देखे , शायद उस्ले मेरो आपेक्षा गरेको थियो तर उसको नजर मा म होइन अरु कोही थियो । उु थर्ररर काप्दै थियो , उसका आँखा रसाएको थियो ।
क्रमश :