Back to: Kurakani General Refresh page to view new replies
 SAJHA-KO BAREMA ANURODH

[Please view other pages to see the rest of the postings. Total posts: 41]
PAGE: <<  1 2 3  
[VIEWED 14129 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 05-02-06 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझाबासी साथीहरू,
साझा डट कम जस्तो प्रतिष्ठित वार्ता-मञ्चको स्थापना गरेकोमा यसका संस्थापक-सञ्चालकहरूप्रति कृतज्ञता ज्ञापन गर्दछु। म उहाँहरूलाई जस्तै बधाइ र कृतज्ञता साझाका सक्रिय साझेदार-सहभागीहरूलाई पनि टक्र्याउँछु।

तपाईँहरूलाई "यो धेरै अघि भएको कामका लागि यो मान्छे किन आज बधाइ भन्दैछ?" भन्ने लाग्यो होला। त्यस्तो लाग्नु स्वाभाविक हो। म यस बारेमा केही भनाइ राख्‍ने अनुमति पनि चाहन्छु।

करिब एक वर्ष अघि मैले साझाका बारेमा पहिलो पटक थाहा पाउँदा आसुतोषजीका कारण म त्यहाँ चिनिइसकेको रहेछु। दङ्ग परेँ। त्यसपछि म पनि हावाखान र बिसाउनका लागि नियमित रूपले साझाको चौतारीमा उपस्थित हुन थालेँ। म धेरै सूत्रहरूमा सहभागी नभए पनि धेरै सूत्रहरूको नियमित पाठक भएँ। साझाले नेपालीहरूका साझा भावना र चासोका कुराहरू अभिव्यक्त गर्ने साझाथलोका रूपमा राम्रो पहिचान बनायो। यो आफूलाई बुद्धिजीवी ठानिटोपल्ने नेपालीहरूको चर्चामा आइरहे विषय पनि भयो।

तर, म दुर्भाग्य नै भन्छु, साझाको त्यो प्रतिष्ठा अहिले निकै धमिलो भएको छ। साझाको महत्वपूर्ण ठाउँ गम्भीर वार्ताले भन्दा हल्कापन र कतिपय अवस्थामा त छिचरोपन र अश्लीलताले पनि ओगट्न थालेको छ। आपसी गालीगलौजको कर्कशता पनि बढेको छ। हिन्दी सिनेमाका नायिकाहरूको तस्वीर, लुकेर खिचिएका तस्वीर र भिडियोहरूको बिगबिगी आदिका कारण साझाको साझापनमा कमी आउन थालेको छ। म आफ्ना छोराछोरीलाई "नेपालीहरूका साझा मुद्धाहरू साझाको जनअदालतमा छन्, हेर है" भन्न चाहन्थेँ। अहिले म उनीहरूलाई त्यसो भन्न नसक्ने अवस्थामा पुगेको छु। सागद तपाईँहरू पनि सक्नुहुन्न होला।

हो, जीवनलाई चाहिनेभन्दा बढी गम्भीरताको बोझ बोकाउनु हुँदैन। यौन हाम्रो जीवनको महत्वपूर्ण पक्ष हो। मनोरञ्जन, हल्कापनमा जीवनका बोझहरूलाई पनि हलुका बनाउने तागत हुन्छ। त्यतिमात्र होइन, हाम्रो व्यक्तिगत जीवनबाट छिचरोपन र अश्लीलतालाई समेत निकालेर फ्याँक्न सम्भव नहोला। तर हामी सबैले गुड र गोबर चाहिँ छुट्याउनै पर्छ। गुड र गोबर दुवै कुरा महत्वपूर्ण छन्, तर एउटाको ठाउँमा अर्को पर्‍यो भने सत्यानाश हुन्छ।

(क्रमशः यसैपछि)
 
Posted on 05-04-06 9:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sajha ma ramro subject ma critically ani good and civilized words used garera garina discsussion user ko lack cha jasto lagyo. kedar sir ko ramro bichar li kadar bayena jasto lagyo
 



PAGE: <<  1 2 3  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS EAD auto extended to June 2025 or just TPS?
whats wrong living with your parents ?
TPS advance parole Travel document i-131, Class of Admission ?
Now Trump is a convicted criminal .
Why Americans reverse park?
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Facts showing how US is worse than Russia
TPS Renewal Reregistration
Does the 180 day auto extension apply for TPS?
" अनि ग्रिन कार्ड बन्यो त ?"
Nepali Passport Renew
मैले नबुझेका केहि गीत का lyrics हरु
Shot Dead
cannot accept Visa candidates
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters