nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI VIII

[Please view other pages to see the rest of the postings. Total posts: 339]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 151952 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 01-24-06 7:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!

चौतारीमा मै बसे होला कि
मै बसे होला कि
वरको डाली, लर्केर छोला कि
सल्लै हो, जोवन कल्लाई हो?
सल्लै हो, जोवन कल्लाई हो?
सल्लै हो, जोवन कल्लाई हो?

नमस्कार! यहाँहरुलाई स्वागत तथा अभिवावदन छ यो साझाको चौपारीमा। अघिको चौतारी अलि कच्चा भको ले सप्पैको सल्लाले यो नया चौतारि छिटै तयार भो ।ल त दौँतरीहरु आउनुहोस्, बिसाउनुहोस्, हाँस्नुहोस्, हँसाउनुहोस्, नाच्नुहोस् अनि एक-आपसमा पिरती गाँस्नुहोस्।चौपारीमा यहाँहरुको मनको गाँठो फुकाउन नबिर्सनु होला।
खोलापारि, भो मयाँ लाउँदिन,
भो मयाँ लाउँदिन,
बर्खा लायो साइँली नानी, आइर'न पाउँदिन
फुल सारे मयाँ नमारे ।
... ...


येतातिर मादलमा हुनुन्छ हाम्रो बिर्खे माइला, अलिपर ढोलकमा हुनुन्छ
सिरे र पुन्टे, अनि येता मेरो दायांतिर हुनुन्छ काका बुडा, वांहा बासुरिमा हुनुन्छ।उ उता वरको फेदमा अडेस लागर बस्नुभाछ,,, खै अलि टाउको देखाम्त, वरको डालिळे छेकेर अलि देखिएन के, अलिकता अँध्यारो पनि छिपिसकेछ,,, ए भउतेनेपेजी हुनुदो रइच वांहाहरु सारङि र मुर्चुङ्गा मा पोख्त हुनुन्छ।
दादा गोतामे गितार र हारमोनियम समाल्नु हुन्छ भने मुन्द्रे ले सङ्गित मिस्रन को जिम्मा लिनु भा छ। थपडी मार्न तम्सिनुभा छ लाले, चित्रे, गलब, पिकरेली, मिस,कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, लुते,परदेशी र हर्के ।

पैले थियो वर पिपल छहारी
माया हो आज भोलि भत्केछ चौतारी

डाँडैको देबी देउराली
माया हो पात बजाउँदै झरे है ओराली
मै बस्छु सम्झी झल्झली !



ळ त ल जमौ अब नया चौतारिमा,उ' तो भाद गाउँले कालो टोपी लाउनी दाइ कांट आउनु भा होला कुन्नि? लौ आज चौतारिआँ के पस्किनी बिचार अर्नु भा छ?
बोकी बोकी हिडें जेलाई
त्यसैले थिचिएको हुँ

शत्रुहरुले छ्यापेका
हिलोले सप्रिएको हुँ

भगुवा अगुवा देखी
पछ्‌छिन हच्किएको हुँ

खियाले खिईनु सट्टा
चम्किन घोटिएको हुँ
...


 
Posted on 01-25-06 11:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुकबादुर अस्पताल परेर उसकि सुन्तलि अस्पताल गइच । उसलाइ देखेर सारै नरमाइलो लाग्यो । बिचरा सुकबादुर, जागिर भन्ने कि देश सेवा, अरुलाइ सुरक्षा दिने उ आफै असुरक्षित छ ।
---------------------------------------------------------------------------------------
सुक बहादुर SLC पास भए पनि कलेज पढ्न सकेन आर्थिक अबस्थाले गर्दा। ।२, ४ बर्ष गाउघरमै खेतिकिसानी गर्नथाळयो।जागिर पाउन गार्हो
रिष्ट पुस्ट खाइळागदो शरिर।आखिरमाशुक बहादुरले पुलिसमै जागिर खाने निधो गरयो।देशको सेबा पनि भन्न पाइने जागिर पानि खान पाइने!भबिष्य राम्रो।
।शुक बहादुर छानियो परहरि जबान को लागि।बुढा भ'का बा आमालाई र उसलाई पनि डर थियो माओवादि को फन्दा मा परिएलाकि भन्नेतर धन्न तेसतो भएन॥जागिर पक्का भएपछि बीबाह गर्ने सुर कस्यो र तेहिसाल बिहे पनि भयो।बिबाह पछि नियुक्ति पायो काठमानडूमा।भरखर भित्राएकी दुलहि बोकेर शुक बाहदु‍र हानियो काठमानडू।महगो शहर सागुरो डेरा दिन कट्दै गयो गारो सारो! शुक बहादुर को मुख्य काम बडेमान को लौरो बोक्नु ,हेल्मेट लगाएर आन्दोलनकारीलाई जतिसक्दो पिट्नु र तितर बितर पार्नु।थरि थरि को आन्दोलन को ढुगा मुढा खा;को अनुभब छ शुक बहादुरलाई।आज भोलि पेट्रोलियम पदार्थ को मुल्य बडेको बिरुद्दमा घनघोर आन्दोलन चलिरा'छ।शहरा' शुकबहादुर लाई सास्ति छ आजभोलि।धेरैलाई पिट्यो शुक बहादुरले यसपालि॥तर आजउसको दुर्भाग्य कुनै बिद्याथिनेताले हानेको डु'गाले शुक बहादुरको आखामा चोट लाग्यो रगत को धारा बगाउदै भीड बाट अलग पारियो शुक बहादुरलाइ!
साझ घर फिर्ने बेला सम्म रगत बगिरहेको थियो।डेरामा स्वास्नि मट्टितेलको जर्किन बोकेर शुक बहादुरको बाटो हेर्दै थिइन।"मट्टितेलको भाऊ बढेछ,भन्ने बिती्कै पनि पाइन्न रे, पैसा पनि छैन के गर्ने हो भन्दै शुक बहादुरको चोट सुमसुमाउदै गुनासो पोखन थालिन् शुक बहादुर भन्दैथियो एक दुई दिन बाटो हेरौ ,आन्दोलन चर्किरा'छ भाउ घटि पो हालछ् कि?!
शुक बहादुरकि बुढिलेजर्किन भुईमा राखेर शुक बहादुरलाई काख मा राखेर सुम्सुमाउन थालिन्।
( हिमालि केटो)

 
Posted on 01-25-06 11:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म पनि बाहुन कै छोरो हुम्का। परार साल घर जादा आवै ले यत्रा बर्ष पछी आइस कान्छा अब ब्या अरेरे जा फेरि कैले आउचस कैले भनिन करे। कुरो ठिकै लाओ आवै को रर पनि पुउनि, मलाई साथी नि हुनि भनेर तल्ला घरे साहिला बा लाई एउटि गतिलि केटी खोज बुढा ब्या अर्न परो भनेको, सिरे कि फुपु डल्लि छ करे नामृ नि छ पढेकि नि छ तलाई स्वाम्च बरु केटी अलि मातेइ छ भन्चन कोइ कोइ ले तैले के भन्चस कुरो राखम्तो भने। मातेइ केटि ठिक पार्न मैले जान्योछु कुरो अर्नुस भनेर बुढालाई पठाए।

बुढा ले डल्लि का काका लाई भेटेचन्। अमेरिका भनेर हुन्न करे, केटा ले क्यार्च्, कुन भिसा हो केटा को F1 हो कि H1 हो, H1 भा कुरा गरम न भा भैहालो भनेर भनेचन गाठे डल्लि का काका ले। ए बाबा कति जान्या हुन्। हाम्रा साइला बा नि क कम्, तेत्रा बर्ष अम्मृका बसे को मुन्छे के को F1 हुनु H1 नै हो भनेर ठोकेछन्। पछि मलाई आ र कान्छा तेरो भिसा के जात को हो डल्लि का काका ले सोध्ते पो भन्चन्। भिसा त F1 नै हो तर फेर्न कति बेर लाउच र जाने बित्तिकै फेर्नि भनेउछु भनेको डल्लि का काका ले मन्दै मानेनन्। त्यो बर्ष तेसै फर्के ।

दुइचार बर्ष पछी भिसा फेरेर डल्लि का काका सँग फेरि कुरा गरम्ला भनेको इन्ले त ब्या अरि सकिचन गाठे कुइरे सँग। अज छोरो पनि पाइचिन्।

लौन हे दाजु भाइ हो मैले कसरि सहनि हो .............

निस्ठुरि ले छोडेर गैहालि
हेर्दा हेर्दै अर्कै कि भैहालि

एक्लो पारेर हो माया मारेरे
 
Posted on 01-26-06 12:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब क्यारम त नि गुरे,

बेलाले कस्यो, दैवले डस्यो ।

अनि मैले नि अस्ति नै जनै पुर्नियाँमा चईनी मानिचन् भनि फुपैलाई नि बोलाम्न परो, येसो दर ख्वाम्न परो । ती खुईले पुसाईँको नि पानी चलाम्न परो, चईनी जनै लाईदेउ भन्न परो भनेर आवा अर्न पठाथे केरे लालेलाई ।

लालेले फुन अर्नी तो पिसिओ (PCO) मा जो बोलाईचन फुपैले त भने । अनि फेरि गईयो केरे तो पिसिओ मा जो फुपैलाई फुन पठाम्न ।

मैले त्याँसी तेतिखेरै जो सप्पै कुरा अरेर " चईनी फुपै क्यारेकि हउ तिम्ले, गुरे साहू पुनि अहिले त मुगलानाँट
आए केरे, तर तिमले आफ्नी सुर अरहालिचौ । गुरेलाई पो के भन्नी हो ? " भनेको त
"मेरी नन्द त छन् केरे नि जाद्रै लच्छिनकै जो । बरु यता तिरको चलन केरे जिब्रोमा सिल्टे (सिलावर, aluminium) को
बुलाँकी र ओँठा सिल्टेकै जो फुली लाम्चीन । कता नाईटातिर पुनि कता कता हो मुन्द्रा लाम्चिन अरे केरे सिल्टेकै ।
अपुर थोक त ठिकै छ, कुरो चलाम्नी भा चलाम त नि " भन्थिन है ।

भनेसि कुरो अर्नी भा अर्चु केरे गुरे, भन के सोँच्छौ । अब हेर, कति हो कति सोझी भनेकि जमुनिले त ४ तोला सुन
खर्लप्पै के के मा हो के के मा तुरी । अब चईनी सिल्टेका गहनाका भराँ चईनी मान्नी दुलही पाम्छौ भने क्यार्न नमान्न परो र,
तेत्तिका पाईन्न केरे सितिमिति । भा पुनि अब बिचार अर केरे, मनले खाओ भनि फेरि लालेलाई चईनी भनेर डल्ली फुपैलाई फुन
पठाम्ला त नि ।

Keep rolling...
 
Posted on 01-26-06 12:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल को को कहाँ कहाँ छन्, थाहा पाओ ।

Keep rolling...

 
Posted on 01-26-06 12:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कैले (kalankisthan-माझाँ ढाकाटोपी लाएर उभिनि के) भनि उति खेरै बच्चै देखिका जो उपद्र्याहा साईँदुवा के । फुटो खिचाम्दा नि हात फलान्थोक मै छ ।

अरु को को कहाँ कहाँ छन्, ल थाहा पाओ गाम्लेहुरले ।

Keep rolling...
 
Posted on 01-26-06 12:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देब्रे छेउको चईनी जीब्रो ह्याँ पारेर हेर्नी भउते, उनसितै काखाँ उनकी बईनी जमुनि ।

Keep rolling...
 
Posted on 01-26-06 3:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए सिरे-- हन जिम्माल जेठा को चै खै त फोटु?

लौ गाम्ले हुर हो-- म पुनि क्याजुलिपाँ आछु के रे। आबो गफ त हाँक्नै पर्यो गाँठे - क्याअर्ने त नी! चैन्जो क्यारे जो छ क्यानाम्! लौ मेरो पहिलो पोस्ट परो - अन्त खेरि मिलाएर पडुम क्यारे!

ए माइला।। हन मेरो मङ्सिरे माइला भाइ काँ गएछ भन्या! जेठ दाइ आइ सको माइला चैन गायब्। लौ सब दम्तरि हुर लाई भेला पारुम त। पल्ट्नाडी टिसत ल्याइ दया छु के रे।।

उनि-कौत भन्ने जन्तु त एस्तो पो हुँदा रान - चैन्जो केरे जो छ क्या नाम्!
 
Posted on 01-26-06 3:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल चौतारिमा त खुब रमाइलो पो हुन थालेछ, मस्ति हुने भो। अनि डल्लि आन्टिलाई किन सबैले आन्टि भन्नु पर्यो, वहा त मेरो मात्र आन्टि ओ, हा हा हा जस्ट किड्न्।।।।।।।। अनि अर्को कुरा क्या मलाई पनि आइते नभन्नू है साथिहरु, म त अ्मेजिङ नै ठिक छ के

एउटा गित त गाऊनै पर्यो है गाठे

बिहिबारे हाटैमा आको, हाटेइमा आको यति राम्री नानि सँग भेट भाको रेलामाइ सलल जता जान्छू तिम्रै मुहार देख्छू झलल

किन नानि लगाउछएऊ एत्रो फुइ, जति ऊफ्र्यो भ्यगुता भुइ को भुइ, रेल्मै सलल, जता जान्चु तिम्रै मुहार देख्क्छू झललल

------------------------

Oh My God, Lahure Dai pani chautari ma, la hai dai, wel come.......... dui char wata WHISHISKY forne ki yehi upalakhsya ma
 
Posted on 01-26-06 3:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन, लाहुरे दाई पल्टनाँट भागेउ कि क्या हो? अस्ति मत्रै हो है जिम्माल माईलाले दाईलाई पु-यामन गाको भनेर
सुँकुसुँकु अरि राका थे केरे नि । बरु बिर्सेउ कि सम्झेउ कुन्नि,अस्तिनको क्याजुलिपाँ आम्दा खेरि त चईनी
मलाई 'सिरे, तिमलाई त यो माटाको चिलिम मा गाँजा भोरेर खाँदा लेकिन गाहारो भाको होला । हेर म आर्का
फेरा आम्दा खेरि त तिम्लाई फलामको काँजो बाँधेको चईनी 'पयप' भन्नी लेकिन उता हाम्रा साहेबहुरले
तमाखु खानी रेडिमेड चिलिम लेईदिम्ला । तेसमा त गाँजा खान पुनि बहुत आसान चईनी हुन्च " भनेर
भन्थेउ । ल्याईदेका छौ त तो 'पयप' भन्नी चईनी साहेपहुरले तमाखु खानी चिलिम मलाई पुनि एक गोटा ?

ल अब जे भा नि लाहुरे दाई आएसि त मजै आर्के केरे नि, गाममा त रउसीको खोलै बगाम्चन केरे ।

जिम्माल माईला र नेपे साईँला भएर गोरु किन्न जानी हो कुभिन्डे तिर भन्थे । कसै कसैले चईनी "हैन पातीमुन्टे
जैसी कहाँ चिना हेराउन गाका हुन। लाहुरे आम्दै छन अरे लाहुरा'ट । बुढेसकालाँ भे नि लाहुरे जेठाको बिहे
गराम्नी हो अरे यही माघैमा जो " भन्थे । अब तिमेरु जिम्माल खलकको कुरो तिमेरु नै जानओ ।

बरु काका कता मोरेचन कुन्नि असेट नै लगाम्नी गरेर । बुढाले येसो २-४ वटा डोको बुनेर आम्चु भन्थे, डोका हैन
२-४ वोटा त चईनी भकारी जो बुन्नी बेला भओ है ।

अनि सप्पै जनाले के के आईते भनेको हो जङ्गे भनओ न जङ्गे (amazing) लाई नि ।

बाँकी माथिको फुटाँ नअटेका अरु केटहुरको फुटो चईनी तल टाँसेओ छु । जिम्माल लाहुरे त सानै देखि जो
जो सित नि लर्नी (लड्नी) केरे नि फेरि । ल लाहुरे, तिम्रो नि फुटो टाँसिदेको छु केरे ।

Keep rolling...

 
Posted on 01-26-06 5:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे।।। यो सिरे सानै देखुन हसाम्न चैन क्या नाम सक्ने नै हो ठि टो ले हे हे हे

अस्तिआँ क्याजुलिपाँ त राम्ररी गफ गाफ गर्न नपाइ नै गैयो केरे - बोलावट आएपछी जानै परो। क्यार्ने सिरे सिङ थुप्रै थियो गफ गर्न त। अन्त खेरि जमुनि सिङ बिहे नि भएछ केरे तिम्रो। अस्तिआँ छुट टीआँ खुब मज्जा आ थ्यो केरे। अन्त रौसि खान नि सिक्या रच तिम्ले त - हन अहिलेआ भाइ हेरु के भा हौ भन्या। आबो क्या नाम नानिआ बा हुन आटे, आफु भने रौसी खाएर टिल्लाई। बाबै कलि जुग फर्क्यानेइ रच गाँठे। बुहारी त पाकै हो हो तिम्ले सिरे - उहिले के मेरि जस्ति परया भए सिरे को तीन तृलोक चौध भुवन हुन्थ्यो केरे। हुन त उहिले तो लेकाँ गा इ चराम्न जादा तो अन्तरे लामाकाँ तिम्ले हैन म खान्चु दा इ म त सर्ब भोगी, खान्छु भनेर बेसरी जाँड धोक्रे पछी रन्थ्नीएर दिम्सो भरी छादेर मर्ना स न्न पर्या तिम्लाई याद छ की छ इन कुन्नि! खुचिङ त भन्न मुन लाग या हो तर सानै देखुन माइला को दम्तरि र मेरो पुनी मुन पर्ने भाइ - मायै लागो। क्यार्ने सिहार्नै सम म सिहारें - मोरा ले बान्ता मात्रइ हैन सुरुवाल्मा क्या नाम पिसाब पुनि फेरि पठाएछ्। गनाएर बसि साद्द भए त मरि जाम्। चैन्जो केरे जो छ क्या नाम्, घराँ भारी बिस्सम्न पा होइन यो सिरे रौसि कै कुरा बखान्छ गाँठे। हुन्छ हुन्छ तिम्लाई जमुनि बुहारि सिङ लुकाएर दिम्ला। अनि खेर दादा कता छ आज कल्। बिहे अर्छु भन्थो।

अनि खेर सिरे लाई तेओ तमाखु खाने पयप नि ल्याइ द याछु । चिलिम खाने क्या। धेरेइ नखानु नि फेरि साचै चिलिम होला। :) अनि पातिमुन्टे जैसि काँ चिना हेराम्न गा रे? क्यान्च यो सिरे। अन्त खेरी तिम्री पहिला कि भा उजु तो जग्ल्ठे धुइरे सिङ पोइल गए पछिन मुइले आबो देखुन जिन्दगीआँ बे से गर्दिन भन्या तिम्ले बिर्सेउ भन्या! अनि सुन न बे से त नगर्ने नै तर एसो नि - आबो दुध खान गाइ नै पाल्नु पर्छ भन्ने छैन नि, आबो दुध खान पाए भै हालो केरे! की क्यान्चौ ? तिम्रा दाइ त खाँटी लाहुरे परे केरे, बाङो टिडो भन्ने क्या नाम छैन केरे।
लौ भरै गफ अरम्ला।

हन मेरो फुतो काँ पायौ हं? सारै मुन परो, एक कपि म पुनि लानु परो।
 
Posted on 01-26-06 7:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खसौली - वालिगं - स्याग्जां- पोखरा

नमस्ते!

श्री बिन्ध्यबासिनी माईकी जय!

धुम्रपान निषेध छ!

कृपया चालकसित कुराकानि नगर्नुहोला!

विद्यार्थी सहुलियतको लागि परिचय-पत्र देखाउनु होला।

शरिरको अगंभाग बाहिर ननिकाल्नुहोला।

आफ्नो सामानको सुरक्षा आँफै गर्नुहोला।

पाकेटमारदेखि साबधान!

उधारो प्रेमको कैँचि हो!

तपाईँको सामान छुट्यो कि?

Horn Please!

स्पिड ४० कि मि प्रति घन्टा


४० कि मि प्रति घन्टा भन्छ दिनमा १०० पोस्ट हुन्छ। के हो के हो खै यो नमेले रौसी खार चौतारी हाँक्या छ कि क्या हो?


आर्य भन्ज्यागं
घुम्तीमा लेट भयो सानु
बल्ल भेट भयो!
... ... ...

 
Posted on 01-26-06 7:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे हे, दादा,

लौ मुइले नि उनि-कौत कि सुनी-काउत सिकें है आज देखुन्।। फलाक्नु पर्ला कहिले काँहि! :)
 
Posted on 01-26-06 7:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लाहुरे दाइ! चौतारीमा हजुरका कथा सुनाम्नुस् न पल्टनका छोटा मीठा होलान् नि।
 
Posted on 01-26-06 7:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छन धेरै नै दादाजी - तर क्यार्नु, ट्याम निकाल्नै मुश्किल्, बिसतारै भटटाम्ला न के भो र्। अन्त खेरि नेपाल पुगिसक्नु भो त?
 
Posted on 01-26-06 7:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्सिको साइत हो। सन्डे को पुग्छु!
BKKमा १२ घन्टा ट्रान्जिट छ भन्या।

नेपालमा कसैलाई केइ भन्दिनु छ कि? सम्चार रे क्या!
 
Posted on 01-26-06 7:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लाउरे दाइ छुट्टी आकोऽ आज त घरमा गाम्न आउंचन होला नी । अलि धेरै झार्न पर्च है । चौतारीको लागि भनेर भा पनि ।
 
Posted on 01-26-06 7:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल शुभ यात्रा तपाइलाई। अहिले त कसैलाई केहि भन्नु छैन - कर्न फुस फुस (telephone) को जमाना मा, समाचार आदान प्रदान साहै नै सुलभ्! तैपनि धन्यबाद सोध्नुभा खन्ड्मा! हुल्मुल मा ज्यान जोगाउनु होला!

यो युनिकोड त साच्चै मज्जा आउदो रछ गान्ठे - म त हुक्ड नै होला जस्तो भएं! :)
 
Posted on 01-26-06 7:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे हे, दादा,

प्क्रेलि भाइ, आबो बल्ल आ, गाम्नै परो नि। रौसि नि सारम्ला, अनि खेर मुइले पल्ट्नाडी घोडे रम पुनि ल्या छु केरे, सुर्कि लाएर दिने हो। बरु मादल ल्याम है - मलाई त बजाम्न आम्दैन तर मेरो माइलो भाइले फुट्ने गरिदिन्छ्!
 
Posted on 01-26-06 7:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन कहाँबाट आयो यो "हे हे हे हे, दादा"

कट एन्ड पेस्ट गरेको बर्बाद भएछ्!
 
Posted on 01-26-06 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे ! चौतारो त दिनदिनै रमैलो हुँदै गओ गाँठे ! लौ है सपै दम्तरीहरुलाइ रामराम, लाउरे दाइलाइ स्वागत अनि छड्के सलाम पनि !:)

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Toilet paper or water?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
ढ्याउ गर्दा दसैँको खसी गनाउच
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
TPS EAD auto extended to June 2025 or just TPS?
whats wrong living with your parents ?
Ajay Kumar Dev sentenced to 378 yrs
Travelling to Nepal - TPS AP- PASSPORT
Mamta kafle bhatt is still missing
Why Americans reverse park?
Now Trump is a convicted criminal .
TPS advance parole Travel document i-131, Class of Admission ?
TPS Work Permit/How long your took?
Nepali Passport Renewal
मन भित्र को पत्रै पत्र!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters