मैले गर्नु पर्ने कुरा सब गरी सके , म भित्र जान्छु, रियालाई यहाँ पठाउछु, सायद तेरो यो अन्तिम मौका होला कसरी ईसतमाल गर्ने त्यो तै सोच । " भनी च्याङ्ग्रा भित्र गयो ।
उसले भने झै रिया बाहिर आयो , छेउमा खाली भएको पिङमा बसी , - "के भयो, किन यहाँ एक्लै बसी रहा ?"
- "सोची रहा, पुराना कुरा हरु, आफुले गरेका गल्तीहरु । जिन्दगी कहाँ बाट कहाँ पुग्यो "
रिया - "कहाँ नै पुग्यो र, तिमीले खोजेको अमेरिकन सपना त पुरा भयो भनेको होइन र हिजो राती ?"
म - " हो तर, मैले आफ्नो गल्तीहरु को प्रयासचित पनि गर्न खोज्या कुरा त भने नि , कि त्यो चाँही सुनेनौ ?"
रिया - " सुन्या थिए, तर त्यसको फैसला मैले अझै गर्न सकेको छुईन । मेरो मुटु धेरै टुट्यो कयौ रात म एक्लै रोए, मेरो माया केवल एउटा खेलौना थियो तिम्रो लागि । शायद माफ पनि गर्न सक्दिन होला, तर म त्यस्तो कठोर पनि छुईन , तर समयले मेरो घाऊलाई अझै भरेको छैन । "
उसको कुरा साचो थियो, म उसको ठाउँमा भएको भे शायद आफुलाई कहिले माफ गर्न सक्दिन थिए होला । मैले गरेको गल्तीहरु माफि को लायक थिएन । म केही बोलिन आफ्नो फोन हेरी रहेको थिए , मैले रियाको नम्बरमा फोन गरे -
रिया - "किन फोन गर्या मलाई ? म यही नै छु ?"
म - " भने पछी तिमी सँग मेरो नम्बर रहेछ , कसरी आयो ? कसले दियो ?"
रिया - " मलाई चाहिने नम्बर म सँग सधैं हुन्छ "
म - "तिमीले पहिले पनि मलाई फोन गर्या थियौ, मैले यो नम्बर पहिले पनि देखेको थिए , च्याङ्ग्राले मलाई आफ्नो विबाहको लागि फोन गर्दा "
उसको चोरी समातिएको थियो , उु केही बोल्ने योग्य थिएन । मुख रातो पारी मात्रै बसी ।
"मलाई पहिले फोन गर्दा किन नबोलेको त ? " मैले सोधे
रिया - " शायद म मा सहास थिएन होला वा शायद तिमी बोल्न खोज्दैनौ भन्ने डर ......"
मैले रियाको हात आफ्नो हातमा लीई - " म, हाम्रो सम्बन्ध पुरानो जस्तो होस् पनि भनी माग्न संक्षम छुईन , मेरो साथी बन भन्न पनि लायक छैन , अहिले लाई केवल तिम्रो माफि चाहन्छु । म बाट जान अन्जानमा भएको गल्ती हरु माफ गरी देउ । तिम्रो मन तोड्ने मेरो नियत कहिले थिएन र मैले त्यस्तो सपनामा पनि चिताउदिन । सम्बन्ध हाम्रो भोली चाँहे जस्तो सुकै होस् तर अहिले म केवल तिम्रो माफि चाहन्छु । "
रिया - " मैले अगी भने झै, समयले मेरो घाऊ अझै पुरी दिएको छैन । म तिमीलाई माफ गर्न चाहन्छु तर आँफै डर लाग्छ त्यसैले मैले झै तिमीले पनि समयको प्रतिक्षा गर । ल अब भित्र जाउ, च्याङ्ग्रा र केरेन पनि कुर्दै होला "
सुर्य पनि हाम्रो मनक्तब्य सुन्न पर्खि रहेको थियो होला, हाम्रो कुरा सुनी शायद खुशी भई वा दुखी भई, (यो उसैलाई थाहा होला) सुस्ताउन क्षितिजबाट हरायो ।
हामी भित्र गयौ , केही छिन नाच गान अझै चल्यो , कोही ठट्टा गर्न लागे भने कोही बिदा बारी माग्न लागे , घडी को हरेक घुमाइ सँगै पाहुनाको हुल पनि घट्दै थियो । हल पाहुना रहित हुन धेरै समय पनि लागेन त्यहा केवल च्याङ्ग्रा केरेन का आफन्तहरु मात्रै थिए , त्यही देखेर रिया र मैले नि बिदा लिने बिचार गर्यौ ।
- " ल राजा अब हामी लाई पनि छोड्ने हो कि ?"
च्याङ्ग्रा - " कहाँ जाने कुरा गरी रहा , पख न पख एक छिन, एउटा अन्नोउन्समेन्ट छ "
- " के "
च्याङ्ग्रा - " समयको प्रतिक्षा गर , मिठो फल पाउने छस "
यो डाइलोग आज सुन्दा सुन्दा थकित भएको थिए कत्ती कुरा को प्रतिक्षा गर्ने , तर गर्नु पाप गर्या छु कुर्नै पर्यो झै लाग्यो केही भनिन ।
केही बेर पछि केरेनको परिवार पनि बिदा मागी आफ्नो बाटो लागे , केरेन हामी छेउ आइ - "well its just us now " च्याङ्ग्रालाई हेर्दै "You think we should tell them the surprise now ? "
च्याङ्ग्रा "I Guess its a good time now "
केरेन - " Well Guys before going to our Honey Moon I thought we would spend some time together, we are leaving early morning be ready bright and early "
रिया- "but where are we going "
केरेन - " Let time takes it course, you will know Tomorrow "
म - " Oh common now this is the third time I have heard this today "
रिया , च्याङ्ग्रा , केरेन एक अर्का लाई हेर्या हेरै भए तीन चोटि भने पछी तिनै जना ले त्यो डाइलोग मलाई दिएको बुझे , तिनै जना हासे म चाँही रिशाको झै गरे ।
च्याङ्ग्रा - " लौ लौ, समयको रिण खाको रहेछस अब तिर कुह्री कुह्री "
हामी त्यहा बाट आफ्नो होटेल तिर लाग्यौ कोठा जानु अघी च्याङ्ग्राले बिहान तयार भएर बस्नु, सबेरै निस्कनु पर्छ भन्यो । कोठामा त पुगियो तर निद्रा ले भने छोएन , रात भरी भोली कहाँ जाने हो, र रिया को याद ले सताउन लाग्यो । मन पनि कस्तो अच्चम्मको हुदो रहेछ एक माथि अर्को कुरा हरु खेलाउने । रिया को भनाइ हरु त्यो कहाली लाग्दो कोठामा गुन्जी रहेको थियो । आफुले उसको मन निकै दु:खाएको रहेछु, आफु लाई सरापदै बसे , फेरी आँखा अगाडि उु सँग नाछेको द्रिस्य हरु आए । उसको स्पर्श पहिले पनि नपाको त होइन तर आज को त्यो स्पर्शले मन मस्तिस्क र शरीरमा अर्कै रुप लिएको थियो ।
उसको उपस्थिती मैले आफ्नो सिरानीमा भेटे , मैले सिरानी च्याप्दा कती खेर निद्राले मलाई च्यापेछ पत्तो नै भएन ।
एका बिहानै फोनको घण्टी ले बल्ल परेको निद्रा खोल्यो ,
- "तयारी हुनु पर्छ च्याङ्ग्रा र केरेन आउँदै छ "
रिश भन्दा पनि खुशी धेरै थियो बिहानै रिया को स्वोर सुन्न पाउुदा , मन मनै आज त दिन पनि राम्रै कट्ने भयो भन्दै उठे । नुहाइ धुआई तयार भएर बसे । ढोका ढक ढकाए को महसुश भयो , खोली हेर्दा रिया रहेछ ।
-"नास्ता गर्न जाने होइन ?"
- "च्याङ्ग्रा र केरेन पनि आउछन होला नि , फेरी बाहिरै केही खाने हो कि भन्लान नि ?"
- "होइन, मलाई फोन गरेर, बाहिर खान भ्याउदैन , तिमीहरु ब्रेकफास्ट खाइ तयार भएर बस भन्या छ "
होटेलमा बिहान को नास्ता दिन्थ्यो त्यही खान गैइयो । दिनको सुरुवात रिया को स्वोर र फेरी उु सँगै गर्न पाउने नास्ता , समय को ऋणी म कि समय मेरो ऋणी मलाई ठम्म्याउनै गाह्रो भयो, तर मन को कुनै कुनामा भने डर चाँही थियो यदी म समय को ऋणी भए यो रिण चुकाउन अर्को प्रतिक्षा गर्नु पर्ला भनेर ।
नास्तामा पेटको भन्दा धेरै पूजा आँखाको गरियो , आफ्नो समान लिना हामी कोठामा गयौ । रियाले पनि मेरो पूजा गर्ने तरिका देखेरै होला -"पेट नभरे पनि मन भरियो होला नि " भनी आफ्नो कोठा भित्र पसी । जवाफ दिन नपाउदा पेट नभरे पनि उटस मुटस चाँही धेरै भयो म आफ्नो कोठामा जानु बाहेक अरु केही चारा थिएन ।
कोठामा लुगा मिलाउन लाग्दा दिमाग मा प्ल्याक प्ल्याक गरेको ट्युब लाइट झ्याप बल्यो । मैले कोर्न आटेको चक्र ब्यु मा रिया नछिर्ने त कुरै थिएन तर शब्दको अस्त्र भने बितेका केही दिनको सुन्यता लाई छेडी नयाँ मित्रताको बिउ गड्न सक्नु पर्थ्यो । मेरो नाउ कटाउने कृष्ण त च्याङ्ग्रा छदै थियो अब त मेरो रथमा स्त्रीको स्वोरुप केरेन पनि थियो । म अर्जुन भई रियाको डर, क्रास र म प्रती नउठ्ने विश्वाशको भिस्म लाई ढलाउनु थियो । युद्दमा सत्रु मार्न शस्त्र अस्त्रलाई बिखमा बिझाउथे रे तर म चाँही आफ्नो शस्त्र लाई मायाको लेपले बढी रहेको थिए ।
म बाहिर ननिस्केको देखेर होला रियाले मेरो ढोका फेरी ढक ढकाइ , मेरो चक्र बिउको पहिलो द्वार उसले पार गर्यो । मैले ढोका खोली र फेरी लुगा मिलाको झै गरी सुटकेस भित्र लुगा हाल्न थाले । पट्टाको लुगाहरु पनि सबै मैले फुकाली यसै कोच्या झै गरे , मेरो यो दशा देखी उु मेरो छेउ आइ । म मन मनै हासी रहेको थिए तर त्यो हासो आफ्नो ओठ सम्म ल्याउनु नहुने ज्ञान मलाई थियो । उु मेरो सामु आएको देखेर म त्यहाँबाट हेट । उु खाटमा बसी मेरो लुगा पटाउन लागी , म चाँही केही समान बाको छ कि भन्दै बाथरूम तिर हेर्न गाको झै गरे , जादा जादै " मनको बलले लुगा पटाउन सक्ने भाको भे पहिले भ्याउथे होला, तर बल त हात को चाहिने रहेछ , हातमा बल ल्याउन पेट नै भर्न बिर्सें । " म उु तर्फ त फर्किन तर एक्कासी कोठा नै उज्ज्यालो भएको देखेर उु मुस्कुराएको आभास चाँही भयो ।
अघी नास्ता खान अघी लागेको डर फेरी यथार्त भयो समय मेरो ऋणी होइन मैले नै समय सँग रिण लिएको रहेछु, मेरो शस्त्र मित्रता को नयाँ बिउ जोड्यो कि जोडेन त्यो थाहा पाउन मैले फेरी उही समयको प्रतिक्षा गर्नु पर्ने भयो । मेरो समान सब तयार भए पछी - " अब यो बोकी पनि मैले नै तल लागि दिउ ? " रियाले प्रश्न गरी
मेरो पुरुश्त्वोमा आफ्नै शस्त्रले बाण हाने झै भयो, बल छैन भनेको थिए अब केटी मान्छेले आफ्नो ब्याग पनि बोक्या कुरा संसारले थाहा पायो भने त जिवित हुनै लाज हुन्थ्यो । - "भयो भयो कस्ट नगरौ, तिम्रो रिण पनि तिर्छु " भन्दै उसको ब्याग पनि लियी बाहिर निस्के । बोली त हाले किन धेरै बोले झै भयो, अब फेरी तोक्न आउने भयो त्यो चाँही थाहा थियो । - "अहिलेको रिण तिरेर के गर्छौ , पहिले को तिर न " रियाले मैले बाहेक अरु कसैले नसुन्ने गरी भनी ।
हारकर भि जित्ने वालेको बाजिगर केहेते है , भन्थे रे त्यही सोची - "त्यही रिण तिरौ भनेर , मिल्या सुट्केस पनि बिगारी, बोल्न पाउला भनी, तिम्रो प्रतिक्षा गरी बसे "
रियालाई ब्यङमा आफ्नो जित भएको तर भावनामा हार भएको ज्ञात भयो । उु केही नबोली मलाई जिती बाहिर निस्की । च्याङ्ग्रा अझै आको थिएन । सधैं अरुलाई कुर्दा चुरोटले साथ दिन्थ्यो अहिले पनि हातले चुरोट खोजी रहेको थियो तर रियाको अगाडि सल्काउने सहास चाँही भएन ।
रिया सँग फेरी कुरा गर्न मन थियो तर कुरा सरल रुप ले हुन्छ कि हुन्न भन्ने डर चाँही थियो त्यसैले परिस्थिती लाई निहाल्दा पेच बाटै कुरा गर्दा फाईदा होला झै लाग्यो । म उसले मेरो भनाइ सुन्ने दुरी मा बसे । - "कहिले समय को प्रतिक्षा, कहिले मान्छे को , यो कुर्ने क्रम कहिले सकिने हो ?"
रिया - " मान्छेको प्रतिक्षा त हामीले गर्या झै गरेको भए थाहा पाउथ्यौ "
म - " मान्छेको भन्दा गल्तीको प्रयासचित सँगै माफिको प्रतिक्षा गर्न निकै गाह्रो हुन्छ "
कुरा फेरी अतित तिर घुम्या झै लाग्यो , रिया लाई अतित बाट बर्तमान र आउने भबिश्य तिर लानु मेरो उद्देश्य अन्तै मोडेको हुनाले कुरा घुमाउन मैले - "कस्तो तल तल लाग्यो , चुरोट सल्काउन पर्यो " भन्दै चुरोट निकाल्या झै गरे ।
- "तिमी लाई थाहा छ, तिमीले चुरोट खाको मलाई मन पर्दैन भनेर फेरी किन ......." उसको वाक्य पुरा हुन अघी
- " ल ल तिम्रो लागि त खान्न "
सडकमा गाडी को हर्न बजेको सुनियो , हेर्दा च्याङ्ग्रा रहेछ । आएर हाम्रो अगाडी रोक्यो समान गाडीमा राख्दा - "बैरे चुरोट छैन, क्या तल तल लाग्या छ, तैले तानी सक्या हो ?"
- मैले रियाले सुन्ने गरी - " खै कसै कसै लाई मन पर्दैन भनी तानिन "
च्याङ्ग्रा हाँस्दै - " को यसलाई मन नपर्ने ? (रियालाई देखाएर ), जा पछाडि बस थपक्क, तल् पर्या बेला मन न सन, निकाल निकाल एउटै आधा आधा सेर गरु "
म चुरोट सल्काउदै थिए अचानक ठुलो आवाज आउँदा तर्से , कहाँ बाट आवाज आएछ भनेर हेर्दा च्याङ्ग्रा ढाड सुम्सुमाउदै थियो , बिचरो को ढाडले पनि मैले झै गर्नु पाप गर्या रहेछ सधैं रिण तिरेको मात्रै देख्या छु । चुरोट तानेर हामी गाडी भित्र पस्यौ गाडी गूडेको केही क्षण मै मेरो पाखुराको कलिलो मासु एक्कासी दुख्यो म त बारुलो ले नै टोक्यो भनेर झस्के ।
च्याङ्ग्रा -"के भयो किन एक्कासी झस्किस , बारोला ले टोक्यो कि क्या हो ?"
अली होश आए पछी चोट टोकाइको होइन चिमटाइ को थियो
-"बारुला होइन, बारुली रहेछ "
रियाले मेरो पाखुरा चिमाटेको रहेछ , पछाडि फर्केर हेर्दा उु र केरेन हाँस्दै थिई । - "किन चिमाटेको ?" मैले प्रश्न गरे
- "चुरोट खाको मन पर्दैन भनेर थाहा पाउदा पाउदै किन खाको ?" उसले जवाफ दियो
- "मैले तानु भन्या हो त यसले तानम भन्या भएर तान्या नि , यसलाई चिमाटन "
दुख्न त साह्रै दुख्या थियो तर स्वीट पेन भन्या झै मलाई पनि त्यो दुखाइ मिठो लागेको थियो । त्यो चिमटाइ ले हाम्रो मित्रताको आगमन गरेको थियो ।
हामी कहाँ जाने अझै थाहा चाँही थिएन , सोहि थाहा पाउन मैले उत्तर थाहा हुँदा पनि केरेन लाई सोधे - " So karen where we headed for ?" ....................
क्रमश: