font change
दरबार
हत्याकाण्ड अलग दृष्टिकोण
नेपालको घटनाक्रममा
चासो राख्ने विश्वका धेरै संचारमाध्यमहरुले प्रयोग गर्ने गरेको मसालेदार शिर्षक हो
’नेपालमा राजतन्त्र समाप्त भयो” । नेपालको दुरावस्थाको प्रमुख भागिदार र निर्देशक
नेपालको नजिकको छिमेकी भारत देखिन्छ । यसको केहि ऐतिहासिक र समसामायिक
पृष्टभूमि केलाउन उपयुक्त हुन्छ । यो विश्लेषणको अभावले नेपालमा भएको
आतंकवाद भारत प्रायोजित भएको कुरामा विश्व अनभिज्ञ छ । यो अशान्तिमय विश्वमा नेपाल
एक अत्यन्त शान्त अघिराज्य भएको थाहा थियो । जो संभवत भारतलाई मन परेको थिएन ।
विसौ शताब्दिको मध्यतिर नेपालमा यस्तो कहालीलाग्दो दरिद्रता थिएन भन्ने सत्यबाट
धेरैले आंखा चिम्लने प्रयत्न गर्न सक्दछन । प्रधानमन्त्री जंगबहादुर राणाले बृटिस
ईन्डीयालाई सिपाही बिद्रोह दवाउन मद्धत गर्नु नै नेपाल र भारतका अहिले शासन
गर्नेहरुकोे बीचको वैमनश्यताको शुरुवात मान्न सकिन्छ । नेपालका राणा प्रधानमन्त्रीहरुले
बृटिस इन्डीयालाई सहयोग नगरेको भए संभवत १८५७ मै भारत जन्मिने थिया । अझ
गोरखा फौजको तागत भरतीय स्वतन्त्रता आन्दोलनको निमित्त अगम्य बाधा सरह थियो ।
भारतको स्वतन्त्रता लगत्तै १९५०मा नेपालमा राणा शासनको पनि पतन भयो । तत्कालिन
प्रधानमन्त्री मोहन शमसेर राणा सत्ताच्यूत भएपछि स्वनिर्वासनमा भारत नै गए ।
नेपालको हालीमुहाली १९५० सम्म राजतन्त्रलाई थपना राखेर राणाहरुले नै चलाए ।
अहिले नेपालका
महत्वपूर्ण व्यक्ति मानिएका कोईरालाहरु भारतीयहरुसंगै का“धमा का“ध मिलाएर विशाल
भारतीय संघको निमित्त लडिरहेका थिए । तीनै भाई कोईरालाहरु बृटिस ईन्डियाको उत्तरी
प्रान्तमा उनी हुर्के बढेका हुन अझ कोही त जन्मेको पनि त्यहि हो । यो कोईराला
परिवारले आपूm नेपाली भएको जति दावी गरे पनि उनीहरुको जड तथा हांगाविंगा
भारत मै पाईन्छ । अहिले पनि कोईराला परिवारका धेरै सदस्यहरुको रासोवासो भारतमै
छ । कोईरालाहरु भारतीय संघको निमित्त लडेक थिए, यसमा सफलताको नजिक पुगे पछि
योजनाको दोश्रो भागमा उनीहरुलाई भारत भित्रै नेपाली कांग्रेस पार्टी बनाउने
निर्देशन भयो । १९४७मा पाकिस्तान संगै भारत पनि जन्म्यो । भारत र पाकिस्तानको
आवादी र क्षेत्रफल हेर्दा न्यायेिचित गठन भन्न्न सकिन्न, यसो हुनाको कारण गठनको
आधार धर्म थियो । गतिला राज्यहरु भारतीय संघमा गाभिए । हिन्दू राजा हरि सिहले
शासन गरेका जम्मु काश्मिरका बहुसंख्यक जनता मुस्लिम थिए । राजा हरि सिंहले स्वतन्त्र रहने
निर्णय गरे । नेहरुले संयूक्त राष्ट्रसंघको घोषणाको कहिल्यै पालन गरेनन, लर
१९४८को अन्त्य तिर संयूक्त राष्ट्रसंघको यूद्धविरामको आडमा भारतले कल, छल र
बलले जम्मु काश्मिर हत्यायो । त्यसैले यो विलयले प्रश्न जन्माउछ । जम्मु काश्मिर माथि
भारत र पाकिस्तान दूबैले झुट्टो दावी गरेका थिए । अहिले पनि त्यसलाई
अन्तराष्ट्रिय समुदायले विवास्पद क्षेत्रको रुपमा लिन्छ । लगत्तै भारतले ग्वालियर अधिराज्य र
हैदरावाद अधिराज्य षडयन्त्रपूर्वक आफुमा विलय गरायो । तदुपरान्त भारतको गिद्धे
दृष्टि सिक्किम अधिराज्य र नेपाल अधिराज्य तर्पm केन्द्रित भयो । यसैका निमित्त भारतीय
कांग्रेसले नेपाली कांग्रेसको गठनमा सहयोग पु¥याएको तर्क अनुचित हु“दैन ।
ईतिहासकारहरुको
भनाई अनुसार कोईरालाहरुले राणा शासन फाल्नमा भारतले मद्धत गरेमा नेपाल भारतमा
मिलाउने वाचा गरेका थिए । भारत कोईरालहरुको केटाकेटीपनको त्यो भाकलमा मख्ख प¥यो
। बच्चा पनि आङ्खनो फाईदा देखेमा कसैलाई मद्धत गर्छ । अन्ततः १९५० मा राजा त्रिभुवन
राणाहरुबाट बच्न भारत उडे । तीन बर्षका तत्कालिन राजकुमार ज्ञानेन्द्र भने एक्लै नेपालमा
छुटेका थिए । चतुर राणाहरु भारतको यो खेलबाट अनभिज्ञ थिएनन् । १९५० मै राजतन्त्रको
अन्त्य गर्ने भारतको यो सुनियोजित योजना तीन बर्षे ज्ञानेन्द्रलाई राजमुकुट पहि¥याएर
राणाहरुले तुहाई दिए । राजतन्त्र फालेर नेपाललाई कमजोर बनाउने अनि हडप्ने भारतीय
योजनाको सुईको राणाहरुले पाएका थिए । त्यसैले राणाहरुले नेपाल बचाउन यो
बुद्धिमत्तापूर्ण कदम चाले । यस दृष्टिमा राणाहरु सच्चा राष्ट्रवादी थिए । तिनको
पतनले नेपाललाई भारतमा गाभ्ने कुचेष्टा गर्न भारतलाई हौस्यायो ।
हिन्दूहरुले
राजालाई भगवानको अवतार मान्ने हुनाले राजतन्त्र रहुन्जेल नेपाल भारतमा गाभ्न सकिंदैन
थियो । तै पनि भारत चुपलागेर बसेन, नेपाल र सिक्किमलाई भारतमा विलयको प्रस्ताव
राख्यो , तत्कालिन राजा महेन्द्र यो प्रस्तवबाट रिसाए, तर कोईरालाको प्रतिरुप
सिक्किमको प्रधानमन्त्रीले भने यो कुरा स्वीकार गरेर सिक्किम भारतको हातमा सुम्पिए ।
तीनै जना कोईराला भाइहरु भारतको सुझाव र दवावमा एक एक गरेर नेपालको प्रधानमन्त्री
भए । सबैले आआङ्खनो शासनकालमा भारतको हितमा सम्झौता गरेका छन, यसले नेपालको
परिस्थितिमा भारतलाई नजिकबाट अध्ययन र हस्तक्षेप गर्ने सजिलो गरायो । नेपालको
राजतन्त्र भारतको यो चालसंग अनभिज्ञ थिएन । नब्बेको दशकमा राजा वीरेन्द्रले नेपाललाई
शान्तिक्षेत्र घोपणा गरे, जसलाई भारत वाहेक विश्वका एकसय दश मुलुकहरुले वैधानिकता दिए
। साउथ ब्लकबाट आईरहेको यो षड्यन्त्रको दुगन्ध बुद्धिजीविहरुले महशुस गरेका थिए ।
राजा वीरेन्द्रको लोकप्रियता भारतको निमित्त प्रतिकुल थियो । भावी राजा दीपेन्द्रको
लोकप्रियताले त झन परिस्थिति निकट भविष्यमा भारतको अनुकुल हुने सम्भावना टरेर गएको
थियो ।
भारतका प्रधानमन्त्री
राजीव गान्धीले श्रीलंकामा एलटिटिइ पैदा गरेको कुरामा विश्लेषकहरु विश्वास गर्दछन,
त्यसै गरेर उनीहरुले नेपालको मनोवल तोडन माओवादी बिद्रोहको विजारोपण गरे ।
नेपालमा माओवादीहरुलाई राज्यको विरुद्धमा लडन भारतले आर्थिक मद्धत गरेको कुरा १९९६
देखी नै धेरै लेखहरुले तथा नेपालका विपक्षीदलका नेताहरुले उठाउदै आएका हुन । अनि,
माओवादीहरुको प्रमुख माग राजतन्त्रको समाप्ति थियो । माओवादीका नेताहरुको
पृष्ठपोषण भारत सरकारबाट हु“दै आएको थियो, धेरै माओवादी नेताहरु दार्जिलि¨,
लखनउ तथा दिल्लीमा बसेर गुरु योजना बनाउथे । उनीहरु तत्कालिन सरकारसंग वार्ता गर्न
दार्जिलि¨बाट आउथे । नेपालमा रहेका राजनितिकरुपमा दिक्षित छापामारहरुले उनीहरुको
योजना कार्यान्वनयन गर्दथे । भारतीय कम्युनिष्ट नेता सीताराम यचुरी नेपाली माओवादीका
कट्टर समर्थक देखिन्छन । यस वाहेक नेपाली माओवादीलाई भारत सरकारसंगै लडिरहेको
नक्सलवादी समुहहरुको पनि सहयोग प्राप्त छ । यो भारत सरकार विरुद्धको लडाई भारतीय
जनता पार्टी सरकारमा हु“दामात्र जोडतोडले हुने गर्दछ, कांग्रेस सत्तामा भएका वेला
विद्रोहीको गतिविधी न्यून हुने गर्दछ । सत्तामा जमेर रहन भारतीय कांग्रेसको
अतिवादीहरुसंग निटकतम गठबन्धन छ भन्ने कुराको यो प्रमाण हो । विद्रोही नेताहरुलाई
पक्रिन र नेपाल सपुर्दगी गर्न भारतले कहिल्यै चासो देखाएन । अन्तराष्ट्रिय आतंकवादी
घोषित भएका वेलामा पनि जव नेपाली वामपन्थी नेताहरुले २००३ मा नेपाली माओवादी
नेताहरुलाई लखनउमा भेटदा भारतले पक्रिने कुनै उपक्रम गरेन । भारतले कहिल्यै नेपालमा
शान्ति नचाहेको यो बलियो प्रमाण हो । त्यसै वेला अन्तरराष्ट्रिय संचार जगत भने
राजतन्त्रको बदनामी पैmलाउन दत्तचित्त थियो ।
नेपालका दलहरुको
माओवादीहरुसंग छलफलमा भारतीयहरुको उपस्थितिले उनीहरु बिचको गहन अन्तरसम्वन्ध देखाउछ
। ध्यान दिन योग्य कुरा यो पनि छ कि माओवादी तत्कालिन सरकारको प्रहरी
महानिरिक्षकको हत्या सजिलै गर्न सक्छन, तर कुनै नेताको हत्या प्रयास असफल हुन्छन ।
माओवादीहरु र नेताहरु वीचमा एक अर्कालाई नमार्ने संझौता थियो भन्नु संभवत गलत
हु“दैन । नेपालमा अशान्ति हुनु भारतीयहरुको नेपालको शान्तिक्षेत्रको प्रस्ताव नमान्नुको
औचित्यको पुष्टि हुनु होे । आङ्खनै मान्छेहरु कोईराला र माओवादीको मद्धतले
भारतले नेपालमा राजतन्त्र समाप्ती पार्नु, नेपाललाई आपूmमा विलय गराउन अहिलेसम्म
असफल हुनुको दरवार हत्याकाण्डसंगको सम्वन्ध केलाउनै पर्दछ । तसर्थ यस घडीको आवश्यकता
भनेको राजनैतिक विश्लेषक र जनतालाई दरवार हत्याकाण्डको अलग कोणबाट विश्लेषण
गर्न अनुरोध गर्नु हो ।
दरवार हत्याकाण्ड पछि
नाना थरिका अफवाहहरु पैmलाईयो । घटनाको लगत्तै पछि भारतीय लगानीका संचारमाध्यमहरु
सिंहासनको उत्तराधिकारीका विरुद्ध प्रचारवाजीमा लागे । नेपालमा राजतन्त्र बारेमा अनास्था
पैmलाउनु कोइराला, माओवादी र भारतको संयुक्त रणनीति थियो । राजा वीरेन्द्रको लोकप्रियताले
यो हत्याकाण्डको दोष सिंहासनको उत्तराधिकारी माथि थुपार्न सकिएमा राजतन्त्र उखेल्न
सजिलो हुनेछ भन्ने कुरा उनीको बिश्लेषण थियो, यहि भयो । राजपरिवारमा गद्धी थाम्ने
कोहि सदस्य नरहने गरेर सबैलाई मार्ने योजना आंशिक सफल भयो । हत्याकाण्डको वेला
ज्ञानेन्द्र शहर बाहिर थिए, रात्री भोजमा सरिक हुन दरवार जादै थिए, जो त्यसबेलासम्म
हत्याकाण्ड भै सकेको थियो । नेपालीहरु राजालाई बाबु सरह माया“ र आदर गर्दछन भन्ने
कुरा नेपालीहरुको खौरिएको टाउकाहरुले देखाए । स्मरणिय छ, गीरीजा प्रसाद कोईराला
दरवार हत्याकाण्डको बेला नेपालको शक्तिशाली प्रधानमन्त्री थिए । पछि, नेपालका चलेका
दैनिकहरुमा प्रकाशित धेरै लेखहरुका अनुसार उनैले राजालाई दरवारवाट हटाउन पनि सहयोग
पु¥याएका थिए । संभवत शाही हत्याको वारेमा उनलाई जानकारी थियो तर पनि यसलार्ई
रोक्नुको साटो राजतन्त्र समाप्त गर्ने धेरै पुरानो षड्यन्त्र अनुसार यसलाई रोक्ने
प्रयत्न गरेनन् ।
तत्कालीन प्रधानमन्त्री
शेर बहादुर देउवाले चुनाव गराउन, भन्ने राजाको चाहाना दुइ चोटी चुनावको मिति
सार्दा पनि पुरा भएन । संभवत चुनाव सार्दै हमेशा पदमै बसिरहने यो प्रधानमन्त्रीको
राजनीतिक चाल थियो । राष्ट्रप्रमुखले मुलुक अनिर्णयको बन्दि भैरहेको हेरेर बस्न
ह“ुदैन थियो । मन्त्रिपरिषद विघटन गर्नु संभवत यहि कर्तव्य निर्वाहको बाध्यता थियोे ।
अक्टोवर २००२मा प्रधानमन्त्री र मन्त्रिपरिषदको विघटन त्यसवेलाको संविधानले दिएको
अप्रिय कर्तव्य निर्वाह थियो । जुन २००४मा संसद पुर्नस्थापनाको साटो निवर्तमान निर्वाचित
प्रधानमन्त्रीलाईको पुर्नवाहाली गरियोे, जसले चार दलको संयुक्त सरकार बनायो, जसले
संकटकाल लगायो, नेताहरुलाई जेल हाल्यो । पछि बरु राजाको सरकारले नेताहरुलाई
जेलमुक्त ग¥यो, मे २००५मा संकटकाल हटायो, तर राजाले सम्पूर्ण शक्ति एप्रील
२००६सम्म आङ्खनो हालमा राखे । २००१मा राजा ज्ञानेन्द्र सिंहासन आरुढ हु“दा विगत दश
बर्षदेखि नेपाल गृहयुद्धले आक्रान्त थियो । नेपालका राजनीतिवाजहरुलाई अनुभवहिन
राजामाथि दोष थुपारेर आपूm चोखिन सजिलो भएको थियो । राजाले चुनाव गर्न
नसकेकोमा मन्त्रिपरिषद विघटन गरे पछि मुलुकमा कानुनको पालनामा सुधार आएको थियो,
प्रशासन चुस्त हु“दै थियो र वातावरण सुधारोन्मुख थियो । शासन कानुन पालनामा कठोर
भएका थियो । त्यसबेलासम्म बाह्र बर्षे प्रजातन्त्रले नेपालीहरुलाई अल्छी र योग्यता विहिन
बनाएको थियो । राजा यो आईपरेको संकट टार्न चहान्थे । धेरै जनता प्रगती हेर्न चाहान्थे,
अनि भ्रष्टचारीहरु वेरोजगार हु“दै थिए । राजनीतिमा ठा“उ नपाएमा नेपालका धेरै नेताहरु
अन्य कुनै काम पाउन सक्ने गरेर शिक्षित छैनन् । सरकारी कर्मचारीहरु जो कहिल्यै समय पालन
गर्दैन थिए, समयमा कार्यालयमा उपस्थित हुन थालेका थिए, र भ्रष्टचार माथि कडा लगाम लाग्दै
थियो । कुन अल्छी नेपालीले यसलाई मन पराउने थियो र ? निश्चय नै यसले उनीहरुलाई
विद्रोही बनाई दियो । यसले उनीहरुलाई राजनीतिवाजहरुसंग सांठगांठ गरेर शासनको
विरुद्धमा लडन उक्स्यायो । नेपाल र भारतका संचार माध्यमहरुले यो सांठगांठको समर्थन गरे
। यो तथाकथित क्रान्तिको सांक्षी भएका मान्छेहरु भन्दछन, क्रान्ति आरोप प्रत्यारोपको
दुखद रणनीति मात्र थियो । उनीहरुका अनुसार एप्रील २००६मा जबसम्म माओवादी राजा
बिरुद्धमा लड्न यसमा संलग्न भएनन् त्यस बेलासम्म सिमित दश पन्द्र जना जम्मा भएर प्रजातन्त्रको
पुर्नबहालीको माग राख्दै प्रर्दशन गर्दथे । प्रत्यक्षदर्शी भन्दछन आन्दोलनका बेला ट्रकका
ट्रक भरेर माओवादीहरु विद्रोहका निमित्त राजधानी शहर पसेका थिए । हिंसालाई भडकाउन
माओवादीले प्रर्दशनमा रहेका माओवादी माथि नै प्रहार गर्दथे ताकि दमनको दोष
शासनलाई थोपर्न सकियोस । पच्चीस व्यक्ति मर्ने वित्तिकै राजाले आङ्खना सबै अधिकार
त्यागेर संसद पुर्ननजीवित गरे । यसरी जो शासन मुलुकलाई माथि उठाउन चहान्थ्यो यो
तानाशाहीको प्रतीक बन्न पुग्यो । त्यस पछि यदि कसैले नेपालमा राष्ट्रवादको समर्थन
ग¥यो कि त्यसलाई राजावादीको पगरी दिएर तानाशाहको आरोप लगाईयो ।
अब राजतन्त्र विदा भएको
छ, सर्वसाधारण नेपालीहरु जो राजाका कट्टर प्रशंसक थिए उनीहरु आङ्खनो भगवान खोजी
रहेका छन । यद्यापी हिन्दूत्व र बुद्धत्वले हिंसा सिकाउदैन तथापी सर्वसाधारण
नेपालीहरु किन सडकमा निक्लेका छैनन् यो प्रश्न अनुत्तरित छ । के यो हिन्दूत्वको
धर्मको परिक्षा हो ? के गोर्खालीको रगतको परीक्षा हो ? के नेपालीहरुको
परीक्षा हो ? नेपालले अहिलेसम्म माओवादीको भिड देखेको छ, नेपालीको हैन ।
एकदिन आउनेछ जव गोर्खालीहरु अमरसिंह थापा, वीर वलभद्र कुंवर, भिमसेन थापा वा अर्को
जंगबहादुरको बहादुरी देखाउन सडकमा आउने छन् । .......के थाहा टुट्दै गरेको
नेपाल एकतावद्ध गर्न पृथ्वी नारायण शाह नै पो अवतरित हुन्छन की ?
Last edited: 28-Dec-10 06:50 PM