[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-५५~~

[Please view other pages to see the rest of the postings. Total posts: 533]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 NEXT PAGE






[VIEWED 228980 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 27 pages, View Last 20 replies.
Posted on 05-16-07 11:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५५

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५५ --

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 54 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा







 
Posted on 05-18-07 4:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ, शुभ सप्ताहन्त।

नेप्ची आइन्, केही नबोली मुसुक्क हाँसिन्। छु ख पार्ट्नर?
 
Posted on 05-18-07 4:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-18-07 4:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो मया काँ पुगो होला
दिनमा आउने सुर्जेलाई था होला
माछि काँडैले नजर लाम्दैमा छेको डाँडैले

फेरि पनि शुक्रबारे जदौ! यो बिर्खै माईलाको!!
 
Posted on 05-18-07 4:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै लाइ नमस्कार् गरें है मैले।

के गर्नु त पाट्नर, भ्याई नभ्याई छ। अब विकेन्ड लागिगो क्या र, पलान् बनाउन तिर लागें म त, के गर्नु चौतरीमा कोइ हुने हैन क्या र।
अनि पाटनरको सबै बेसै होला क्या र, पल्लातिर माछा मार्न गाको पढेथें।

नमे के छ हो? आज भोलि टन्न फुर्सद् मा जस्तो छ नि।
 
Posted on 05-18-07 4:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ गाम्लेहरु? सप्पैलाई सञ्चै त होला नि!

नमेले सुनेको सही हो, पूण्टेदाइले गीत रेडि गर्दै हुनुहुन्छ, हुनेबित्तिकै टाँसुम्ला!

मामा, साउकाँ'टी निस्क्या हो?

तितौरी, रामे, सोझो कुम्ले पनि धेरैदिन पछी देखा परेको रैछ, काँ बेपत्ता हो तेस्तरी?

सान्नानी, ठुल्दाइ, मुन्नी, चिप्ले, नेप्ची के छ? नेप्चीको गीत भेट्ला जस्तो लाएन मलाई चैं।

मदनवा लाई स्वागत छ, चौतारीबाट डाउडर्नी हराको धेरै भा थ्यो, डाउडर आई पुग्या जस्तो छ।

ल सप्पैजानालाइ शुभ-सप्ताहन्त है। दारुले आफुलाई खाएन भने चियाईएला के रे, अनि भेटुम्ला!
 
Posted on 05-18-07 5:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पै दंग छन शुक्रबार सकिन लाग्यो भनेर । चिप्लेको मेसो पार सोधेको नबुझेको हो कि नबुझे जस्त गरेको हो कसरी जान्नु ?
हो हो नेप्चि फुर्सत मा अब ।
अरि ल ल काचै गित भे नि टास, पुन्टे दाइ सं त गम छैन भन्थे के रे ?
 
Posted on 05-18-07 5:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु फेरि नमस्ते है मेरो सपैलाई ।
अघि देख्न नपाका सान्नानी, माइली, नमे, हेरी, नेप्ची, बिर्खे साहु, कुम्ले सबैलाई नि सलुट !

कस्तो गीतका कुरा अरेका हुन् ?
 
Posted on 05-18-07 7:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पै लापत्ता भए कि के हो ?
 
Posted on 05-18-07 10:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार!!! सम्पूर्ण आफन्त हरुलाई !
के छ सबै आरामै हुनुहुन्छ ? ल त फेरी भेटौँला नि त !
 
Posted on 05-18-07 11:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिन्दगी बियरको फिंज हो साथी
के बिसाउनु ब्यर्थैको झिंज हो साथी
सुरीमा झ्याप के हेर्छस् टिप्लु
गन रे प्वाइन्ट भाइ तिर रे टिप्लु

मध्यरात्री जदौ यो "इलिन्जियर" चिप्लेढुङ्गाको। झुम्म पारिराछ गाँठे।

नमे, यदि मेरो पेशा ईन्जिनियर भन्न खोज्या भए चाँही बिलकुल मिलेन है। नेप्ची, के के प्लान बन्यो त?
 
Posted on 05-19-07 12:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ये दुरियाँ फासले क्योँ
अब दिल से दिलको जोड दो!
आ तुझको बाहोँमे भर लुँ
लाजके पहरे तोड दो!!

शुक्रबारे लड्खडाउँदो तिनापने जदौ! यो बिर्खे माईलाको!!
 
Posted on 05-19-07 12:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राती पाइखाना जान परे गर्नुस् है जिम्माल बा, जाँड लाग्या सुरमा लडेर कान्लै कान्ला गुल्टिंदै पुगिएला नि बगरतिर :)
 
Posted on 05-19-07 12:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राती पाइखाना जान परे होस् गर्नुस् है जिम्माल बा। जाँड लाग्या सुरमा लडेर कान्लै कान्ला गुल्टिंदै पुगिएला नि बगरतिर :)

आफ्नै लेखाइ लर्बरिएछ बियरको ट्रिपमा।
 
Posted on 05-19-07 12:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन तिम्ले पाइखानाओ कुरो अरेको कि बगरको??
कुरो याँ रउसिको रउसि पानी को पानी चाइन्जो पार्नु परो!

हन ए चिप्ले, यो तिनपाने मजाओ कुरो हो गाँठे!
पसारिना खोज्दा उठाम्छ, उठ्न खोज्दा सुताम्छ! कुरो बिर्सन खोज्दा सम्झाम्छ, सम्झन खोजो बल्झाम्छ! मजाओ कुरो हो गाँठे यो तिनपाने!!

एउडो टुक्रो लेखेओ थेँ उइलेई एइ तिनपानेओ सुराँ टाँस्नु परो अइले!

लत्रिएको मेरो जोश,
गुलाब झैँ फक्रिन्छ॥
खस्किएको मेरो बैँश,
हिमाल झैँ चुलिन्छ॥
अहो! यो तिनपाने,
मलाई पानी पानी बनाउँछ!

हारे होलान् कति ईच्छा,
झरे होलान कति आशा,
तर्के होलान कति सपना,
निख्रे होलान जीवन पाना,
तर यो तिनपाने,
मलाई पल पल बिऊँताउँछ!!

हिमाल झैँ चुलिँदै,
गगन झैँ फैलिँदै,
भारि पर्दा मदहोशिको,
रग रगमा तैरिँदै,
अहो यो तिनपाने,
मलाई बिस्तारै मताउँछ!!
 
Posted on 05-19-07 1:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चियाको किटलीबाट एउटा सूर्य उदाउँछ
सधैं रक्सीको रित्तो गिलाँसमा एउटा सुर्य अस्ताउँछ
घुमिरहेकै छ म बसेको पृथ्वी पुर्वव्रत्
फगत् म अपरिचित छु
वरिपरिका परिवर्तनहरुदेखि
द्रीश्यहरुदेखि
रमाइलोहरुदेखि
प्रादर्शनीको घुम्ने मेचमाथि
करले बसेको अन्धो जस्तै।
 
Posted on 05-19-07 1:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरो भन्या यस्तो हो।
तिमेरु जम्मैलाई भेट्न म चौपारियाँ निस्केँ कति दिन पछि।

जदौ सबैलाई यो दादा_गिरी को!

ल म ओर्लेँ माछा मार्न हाँडी खोलामा।
 
Posted on 05-19-07 1:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यि दादा कता बाट टुपुल्किए हो ........रौसी ला जस्तो छ । उत चिप्ले बिर्खे मातेर उत्पात छ के रे।
 
Posted on 05-19-07 1:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादागिरी, के हो भेट हुन पनि जुग लाग्ने? अनि हाँडी खोला माछा मार्नै हो कि हाँडी खोले सोल्टेनीलाई भेट्न हो?

फेदी खोलामा नझरेसम्म फेदी खोले सोल्टिनीलाई भेटै नहुने
देउरालीको सोल्टी बेइमानी अर्काकी छोरीलाई लाउने मोहनी
 
Posted on 05-19-07 1:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चिप्ले कुखुर भुत्लाउन छोडेर कता माछा मार्न जान लागेको हो ?
 
Posted on 05-19-07 1:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bird flu सर्छ भन्छन् कुखुराबाट अनी क्यार्नु त नमे?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
Mamta kafle bhatt is still missing
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Tourist Visa - Seeking Suggestions and Guidance
Problems of Nepalese students in US
Nepali Passport Renewal
Are Nepalese cheapstakes?
From Trump “I will revoke TPS, and deport them back to their country.”
wanna be ruled by stupid or an Idiot ?
Sajha Poll: Who is your favorite Nepali actress?
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
To Sajha admin
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
MAGA denaturalization proposal!!
How to Retrieve a Copy of Domestic Violence Complaint???
Nepali Psycho
advanced parole
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters