[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १४८ *~

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 124886 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 06-25-09 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४८ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



 


"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



 

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 148 editions.

 

Last edited: 25-Jun-09 09:17 AM
Last edited: 30-Jun-09 09:03 AM

 
Posted on 06-30-09 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ma ta paach kilas ma crazy timi bhanda ta ma nai khurukhuru pass bha jasto chha ta

thuldai tai tai bhaneko taremam taremam bhaneko hoina hi hi

lahare keli kahile auchha, nepalbata?

 
Posted on 06-30-09 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुशि त कति धेरै पढिसकेकि रैछ,आफु त सबै फेरि एक बाट दोहोर्‍याएर पढेको नि।
 
Posted on 06-30-09 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पापड खान त मजै हुन्छ नि क्रेजी, नखा जुग बितिसक्यो -


जाँच को के टेन्सन लिने क्रेजी - जाँच भनेको त आउछ जान्छ -


आफ्नो यहाँ भोली जाँच हुँदा त यहाँ गफ चुड्डै बस्या छु -


त्यसैले टेन्सन नलिने क्रेजी - उसै त चाउरी पर्न शुरु गरिसक्यो -


फेरी टेन्सन लिना शुरु गर्‍यो भने त अर्को एक दुई बर्ष मा त्यही हो - 


 
Posted on 06-30-09 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ खुशी केली ले एही डेट मा आउने भनेर भनेको छैन मलाई -


जुलाई को अन्ततिर होला कि अगस्त को पहिला हप्ता - केही थाहा भएन -


 


अनी क्रेजी एउटा कुरा नि - फेल भएपछी के गर्छौ त बाबै दोहर्‍याउनु पारिहाल्छ नि - कि मखुला


 


 
Posted on 06-30-09 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजी फतौरी र लहरे फतौरे को दोहोरी सुरु हुन लागेको होकी के हो ।


क्रेजी , खुशी अनी लहरे लाई दिउसोको पारीलो घाम सँग सङैको तारेमाम अनी नमस्ते ।


के भन्छ ए साच्ची , आज त चौतारीको भेट्रन भनेर चिनिने रिठ्ठा भन्दानी कालो आफुले आफुलाई निक्कै ह्यान्सी भन ठान्ने रिठ्ठे रायमाजी सँग भेट हुँदै छ , मेरो चै साझाकै पहिलो ब्यक्ती सँगको bhetghaat हो भन्नु पर्ला , अरु सँग त भेट भको छैन , ठुल्दाइ सँग चै फोनमा बार्तालाब भको हो एक दुई चोटि मात्रै ।


अनी के भन्छ के के खाको हो , सप्पैले ?


 
Posted on 06-30-09 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ हर्के दाई हामीले त खाने कुरा नै खाको हो -


आफुले ले चाँही के खाको नि -


 


 
Posted on 06-30-09 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के टिमर्के पनि आएछ। आज पनि  रिक्सा बिग्र्या जस्तो छ।


 


जाँच त होइन, निद्रा लागेर आत्तिएको, खानु अघि पै खाए पछि पनि, सुत्नु अघि पनि उठेपछि पनि निद्रा लागेर चौपट छ जिन्नकि।


चाउरी परे नि तिमिलाइ के को चिन्ता? तिमि चाहि आइरन गरेर बस तिम्रो छालालाइ, अनि कहिले पनि चाउरि पर्दैन।


केलिलाइ मैले नि सोधेको छु भन्देउ है लहरे। अनि नेपालबाट आँउदा तितौरा लिएर अौ भन मलाइ पनि २ प्याकेट।


 


 
Posted on 06-30-09 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के टिमर्के LOL
 
Posted on 06-30-09 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्कुल मा हुँदा यस्तै यस्तै नाम राखिन्थ्योनी है ।


के खाएउ त्यस्तो खाने कुरा खै हेरौन हामी पनि ।


क्रेजी रिक्सा बिग्रेको धेरै दिन भो , अब पाट पुर्जा किन्न पठाको छ आएसी बनाउनु पर्छ अनी बल्ल चलाऊने हो ।


तिम्रो छ कि छैन रिक्सा ?


 
Posted on 06-30-09 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्भकर्ण को बहिनी नै हो ल यो क्रेजी पनि - सुत्न पनि कती सकेको -


त्यही भएर झाप्पड खाने हो कि भनेर सोधेको - दुई झाप्पड मजाले खाने है अनी निन्द्रा सिन्द्रा भाग्छ -


खाने हो त -



हुन्छ क्रेजी - अरु केही छ कि भन्नु पर्ने - त्यो पनि भन्दिउला - - तितौरा मात्र कि अरु पनि छ - मर्जी होस्


 
Posted on 06-30-09 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यस्तो खासै होइन - एसो फ्राइ स्राइ गर्या चिज हो - अब शुक्रबार नभएपनी शुक्रबार सम्झी खाइदीएँ


अब खाइसके सबै बाँकी छैन नत्र फोटो खिचेर राख्न हुन्थ्यो -


स्कूल मा त के के गरियो गरियो हर्के दाई -


पाँच क्लास हुँदा गुरु पूजा को दिन केटाहरु ले बियर किनेर ल्याएर क्लास मै बसेर खाइदियो - अनी त थाहा पाएपछी त -


चार क्लास तिर माउन्ट एभरेष्ट चढ्ने भनेर मन्जुश्री को भिड पछाडि बाट चढ्या नि छ,


फेरी सात क्लास मा मेरो साथी को लोप परेर - ब'बाल भा थ्यो यो कान्ड त 


 
Posted on 06-30-09 2:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खाइदिउ खाइदिउ जे पर्ला पर्ला , हैन रिठ्ठे कता बेपत्ता हो अचेल आऊनै छोड्यो बा , एत्रो भन्दा त गर्दै आउथ्यो अस्ती अस्ती बज्जे ।  
 
Posted on 06-30-09 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म रिक्सा चलाउदिन हर्के, म देक्चि चलाँउछु, डाडु पन्यु, चम्चा, काँटा सबै चलाँउछु।


दुइ झापड हान्ने दुबै हात भाँच्दिन्छु, लौ त हेरौं कसरि झापड हन्दो रैछौ? फ्लाइङ किक हानेर तिम्रो हात सात उडाइदिन्छु।


केलिलाइ छ नि, तितौरासङै साँदेको सुकुटि, पोलेको हाकु छोएला, रातो चिउरा, अनि पीरो आलुको अचार पनि नेपालबाट ल्याइदेउ भन्देउ न।


लहरे, मैले पास गरेर पनि दोहोर्‍याउनु पर्याछ सबै कुरा। तिमि जस्तो १ किलासमा २ चोटि गुल्टिने हो र म?


 
Posted on 06-30-09 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एह हैन के हुँदै छ हौ एता। लहरेको नयाँ नयाँ फोटो नि आ रेछ, गाडी रेन्ट गरेर तन्न फोटो खिचाउन भ्या रेछ केटोले, हो कि रेन्ट गर्नी थाम मै गएर खिच्या हो कुन्नी।

थुतुनो किताब नि हेरेर सकियो, अब एस्सो काम गर्या जस्तो गर्न पर्ला। लु सब्बैलाई आरम नै होला केरे, आज त मस्त अन्द साग भात् बजाइयो, मज्जा आयो। ढ्याउुउुउुउुउुउुउुउुउु

 
Posted on 06-30-09 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाइ पुरे!


लहरेको नयाँ नयाँ फोटो नि आ रेछ, गाडी रेन्ट गरेर तन्न फोटो खिचाउन भ्या रेछ केटोले, हो कि .................


कहाँ छ?
त्यो थुतुनो किताब कसरी हेर्ने हो?


 
Posted on 06-30-09 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हात भाच्ने रे - ल अब त भया भन्यै हो अब त -


केली ले सोधे पनि केही पनि ल्याउनु पर्दैन भन्या छ भनेर भन्छु म त - अज फ्लाइङ किक हान्ने रे -


अब तितौरा खाको खाइ भो अब त


 
Posted on 06-30-09 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाडी रेन्ट गर्‍या रे - के भन्छ यो पुरे -


आफुलाई गाडी चलाऊन त आउँदैन - फेरी चलाऊन नआउने मान्छे लाई गाडी को के काम


ह्याआssss आफ्नु मा त थुतुनो किताब नि चल्दैन भन्या -



सजिलो छ क्रेजी - थुतुनो किताब मा जान्ने - लहरे को हो भनेर सोध्ने अनी हेर्ने -


 
Posted on 06-30-09 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल त्यसो भए, म फ्लाइङ किक हान्दिन "राउन्ड किक" मात्र हान्छु। तिम्रो हात पनि भाँच्दिन, मर्काइदिन्छु मात्र है त?


केलिलाइ भन्देउ है तितौरा भनेर, त्यो रातो पीरो लेदो आउने रत्नपार्कको पाँउ। कस्तो खान मन लाग्यो।


मैले हेरि सके को हो लहरे भनेर। नाम गाँउ, ठाँउ सबै थाहा छ, ठेगाना मात्र थाहा छैन।


 
Posted on 06-30-09 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले हेरि सके को हो लहरे भनेर। नाम गाँउ, ठाँउ सबै थाहा छ, ठेगाना मात्र थाहा छैन।
 
Posted on 06-30-09 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ यो चाँही गफ हान्यो क्रेजीले, झन लहरेको इन्फोमा त इन्तेरेस्तेद इन वोमेन भनेर लेख्या छ, पाटकी कम्ताको छ यो लहरे। पुरा-पुर नाम ठेगाना देको छ, असत्तिले। फोन नम्बर त हाल्या रेछ, ल भो त अब?!  

अनी गाडी चलाऊन त आउन्न भने किन अर्काको गाडीमा टांसेर फोटो खिचाको त, अर्काSSSS गाडी फोहोर पारेर!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Trasiting through Istanbul, Turkey
lost $3500 on penny stocks !!!
Is this a progressive step?
Nepalese Students Face Deportation over Pro-Palestine Protest
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters