नारानहिटीका ज्ञानेन्द्र शाह खोपीमा लुकेर काइदाको डायरी लेख्न थालेछन् । त्यसरी नै कतै लुकेर लेख्न र मनको अथाह बह पोख्न त मलाई पनि मन थियो, तर म सक्दिन । न मन एकाग्र छ, न ज्यानमा तागत छ, न फर्ुसद छ, न खोपीजस्तो एकान्त नै कतै छ । फेरि ज्ञानेन्द्रका का“धमा कुनै जिम्मेवारी छैन, ती धिपधिपे प्राणीले जे लेखे पनि हुन्छ । तर मेरो छिसिक्क एउटा शब्द तल-माथि पर्यो कि अधमरो फट्याङ्ग्रोमाथि खनिएझै“ नाना रङ्गका कमिला ममाथि खनिन आइलाग्छन् । म कति अभागी †
अचेल म पनि छिनछिनमा मनको गोप्य अन्तरमा मौन भाकामा 'उडायो सपना सबै हुरीले' भन्ने गीत गुनगुनाउ“छु । जति गुनगुनाउ“छु, म त्यति नै दिक्क हुन्छु । दिक्क हुन्छु र म फेरि उही गीत गुनगुनाउन विवश हुन्छु । बुढेसकालमा मेरा पनि थरीथरीका रङ्गीन सपना थिए । सशस्त्र माओवादीलाई निःशस्त्र राजनीतिको शान्त जुवामुनि नारु“ला, निरङ्कुश राजालाई विलासी दरबारबाट थपक्क विदा गरु“ला, लोकतान्त्रिक गणतन्त्र खडा गरु“ला, नोबेल शान्ति पुरस्कार पाउ“ला र लोकको स्मृतिबाट यस अघिका आफ्ना सारा खतबात मेट्दै त्रिभुवनको खिया लागेको नक्कली नाउ“ मेटेर नेपालको सक्कली राष्ट्रपिता बनु“ला । तर खै, लक्षण उति राम्रो देख्दिन ।
म र प्रचण्ड दुवैको राजनीतिक गणित नराम्ररी फेल भयो । मैले सोचेको थिए“( हरियो घा“स देखाउ“दै, लोभ्याउ“दै, अलिअलि स्वाद चखाउ“दै माओवादीलाई आफ्नो पछिपछि लुखुरलुखुर डोर्याउ“ला र एमालेलाई झ“ै भोगलिप्साको बल्छीमा पारेर काङ्ग्रेसजस्तै बनाउ“ला । अनि उनले मलाई राजाको डर देखाउ“दै, राष्ट्रपति पदले लोभ्याउ“दै, अनेक सम्झौतामा अल्झाउ“दै लटपट्याएर राज्यमा आफ्नो दह्रो बर्चस्व जमाउने सपना देखेका थिए होलान् । तर हामी दुवैको गणितले हावा खायो । मैले उनलाई झुकाउन सकिन, उनले मलाई झुक्याउन सकेनन् । यसरी म हारे“, उनी पनि हारे । तर बाहिर मैले म हारे“ भन्न पटक्कै मिल्दैन । मैले त उनलाई हराए“मात्र भन्नर्ुपर्छ । नत्र मलाई दुनिया“ले हेप्छन् ।
म राजनीतिक चक्रव्यूहको असहाय कैदीझै“ भएको छु । मुलुकको निकास त धेरै परको कुरा हो, मेरो आफ्नै निकास म कतै देख्दिन । भन्न नमिल्ने मेरा हैरानीहरू अनगिन्ती छन् । छोरी सुजाताले बा, म राजनीतिमा घुसेर कोइराला वंशको बि“डो थाम्छु भनिन् । पुत्रीमोह र वंशमोहले गर्दा मैले 'हुन्न नानी' भन्न सकिन । चलाख छिन्, मिहेनत गर्लिन्, सिक्लिन् र केही गरेर देखाउलिन् भन्ने झिनै भए पनि मलाई आसा थियो । मेरो त्यो आसा हिजोको आजै निरासाको आगोमा जलेर भष्म-खरानी भयो । मेकअप, आडम्बर, चुरिफुरी र दम्भसिवाय यिनले केही सिकिनन् । जथाभावी हावादारी कुरा गर्नु र मेरो नाक काट्नु यिनको प्रिय दिनचर्या भएको छ । हरे † यी मेरो वृद्ध घा“टीमा अड्केको तातो पि“डालु भइन् । निल्नु न ओकल्नुको असह्य पीडा मेरो दिनचर्याको अंश बन्न पुग्यो ।
निरन्तरको भीड, कचकच र कोलाहलमाझ म नितान्त एक्लो छु । नोना भाउजु इहलोकमा छ“दा म ठूलो सराहाको अनुभव गर्थे“ । ती मेरी अभिभावकजस्ती, मार्गदर्शकजस्ती थिइन् । नजिकै बसेर अन्तरङ्ग भावले हामी सुख-दुःख साटासाट गथ्र्यौ“ । ती विदा भइन् र यत्रो ठूलो संसारमा म फगत एक्लो भए“ ।
मेरा दुःखहरूको मुहान मेरै दलभित्र छ । मेरो दलभित्र अनेक अनुहारका उत्ताउला राजावादीहरू छन् । कम्निस्टहरू के जाति ट्याक्टिस भन्छन् नि, हो त्यही ट्याक्टिस अर्थात् कार्यनीतिक दाउपेचका हिसाबले मैले सेरेमोनियल किङ, बेबी किङका कुरा गरेको थिए“ । त्यो राजावादी र माओवादीका नाडी छाम्ने मेरो राजनीतिक टि्रक थियो । तर अबुझहरूले त्यसलाई अक्षरशः बुझेर मलाई गिज्याए । मेरो दलभित्रका गोबरगणेशले त झन् अनर्थै गरिदिए । म गर्छर्ुुाग्रा कुरा, यी लठ्ठक गर्छन् गाग्रा कुरा । पछि फर्किने बाटो नै बा“की नराखी कच्ची पुलसमेत भत्काएर यति पर पुगिसकेपछि अब केको राजा-साजाका कुरा - हो, थोरैतिनो भत्ता खाने र देवी-देउताको दर्शन गर्न मन्दिर जाने राजा राख्न सकिन्थ्यो होला । बुद्धि र हुती दुवैका गरिब लक्ष्मण अर्यालले क्रान्तिकारी देखिन अप्ठ्यारो संविधान लेखेर सत्यानाश गरिदिए । सत्चालीस सालको संविधानलाई यसो डेन्टिङ-पेन्टिङ गरेर काम चलाउन खोज्या भए, न यसरी गणतन्त्रको रडाको उठ्थ्यो, नत मैले समानुपातिकको यो कर्कश गर्जन नै सुन्नुपथ्र्यो । कहिलेकाही“ त मलाई देब्रे हात घुमाएर यी अर्यालका चाउरे गाला पड्काइदिउ“ जस्तो पनि लाग्छ । यिनले माओवादीलाई मेरो शिरमा उक्लिने भर्याङ बनाइदिएर मलाई डरलाग्दो एम्बुसमा पारे ।
सत्ता राजनीतिमा कमाण्डको लगाममाथिको पकड ठूलो कुरा हो । तर दुःखको कुरो, मेरा हातको कमाण्डको लगाम छिन्न-छिन्न लागेको छ । यो बुढेसकालमा म ढा“ट्दिन, यसमा मुख्यतया मेरै दलका मुसाहरूको हात छ । वचनका नौनी र क्षमताका आलुजस्ता गृहमन्त्री सिटौलाले गृहको स्थिति डामाडोल बनाए । अर्थ न बर्थका अर्थमन्त्री महतले कुन्नि ककसका पाउभक्त भएर क्यान्टोनमेन्टका क्याङबीहरूलाई चिढ्याए । यिनको कामबाट न दाता सन्तुष्ट छन्, न उपभोक्ता सन्तुष्ट छन्, नत माओवादी नै सन्तुष्ट छन् । अनि अर्का छन्, उङ््नमात्र जान्ने केही न कामका शान्तिमन्त्री पौडेल । पद भनेपछि हुरुक्क हुन्छन्, तर यीस“ग दर्ुइ पैसाको ढङ्ग छैन । शान्ति प्रक्रियालाई सहज बनाउनु त कता हो कता, यी जुम्सा मनुवा अशान्ति प्रक्रियाका जरामा मलजल हालिरहेका छन् । टोपी अग्लो लगाउ“दैमा व्यक्तित्वको कद अग्लो हुन्छ - हो, यिनै आफ्ना भनाउ“दाहरूको अयोग्यता र अदक्षताले गर्दा मेरा हातको कमाण्डको लगाम छिन्न लागेको हो । तर मैले मुख फोरेर यसो भन्न मिल्दैन । मैले त सारा बदमासी माओवादीको हो भन्नर्ुपर्छ । मलाई थाहा छ, बुढेसकालमा ढा“ट्नु पाप हो । तैपनि मैले मुटु गा“ठो पारेर ढा“ट्नु पर्या छ ।
नामले म दलप्रमुख, म राष्ट्रप्रमुख, म र्सवशक्तिमान । तर मेरो वशमा कोही छैनन् । न दलभित्रका छन्, न मन्त्रीमण्डलकाहरू छन् । त्यो एमाले छ नि एमाले, हो त्यसका एकजना मन्त्रीको अनुहार सम्झयो कि मेरा कन्सिरीका भूमिगत रौ“ ठाडा हुन्छन् । त्यो नाथे सन्निपातको रोगीझ“ै दिनमा दस ठाउ“मा बर्बराउ“दै मलाई के-के भनिहि“ड्छ । सुनेर म वाल्ल पर्छर्ुु
सरकार सात दलको साझा रे । जुन मन्त्रीले जे उपध्य्राइ“ गरे पनि उसलाई मैले छुनु नहुने रे । हे भगवान् † शत्रुले पनि सङ्क्रमणकालको खिचडी भीडको निरीह प्रधानमन्त्री हुनु नपरोस् ।
यसो हर्ेर्छर्ुुभद्रगोल राजनीतिको यत्रो सगर बोकेर म एक्लै उभिएको छु । इमानसाथ मलाई साथ दिने कोही छैन । म अरूलाई दोष किन दिऊ“, रोग मेरै दलभित्र छ । देउवादेखि पौडेलसम्म मेरो कर्ुर्सर्ीी उक्लिन खुट्टो उचालेर झिङ्गे दाउ कुरिबस्नेहरूको ठूलो झुन्ड छ । तर बुद्धि बढाउन, नैतिकस्तर उकास्न र लोकप्रिय बन्न लागिपर्ने कुनै मुले छैन । खालि पद, पैसा, स्वा“गे प्रतिष्ठा( सबैका लोभी नजर त्यतैतिर छन् । हुन त दलभित्र सोचविचार गर्नेहरू, आदर्श र इमान, दायित्व र नैतिकताको हेक्का राख्नेहरू हु“दै नभएका होइनन् । भीमबहादुर तामाङ, प्रदीप गिरी, नरहरि आचार्य, कृष्ण खनालहरू छन् । तर काङ्ग्रेसभित्र आदर्श, निष्ठा, त्याग र नैतिकतालाई कहा“ ठाउ“ दिने हो, मैले कहिल्यै मेसो पाइन । सबैजसो ठाउ“ पैसा चिनेका छट्टुहरूले ओगटेका छन् । र सोचविचार गर्नेहरू काङ्ग्रेसमा घा“डो भएका छन् । यिनीहरू नहु“दा काङ्ग्रेसलाई शोभाको दुःख, यिनीहरू हु“दा काङ्ग्रेसलाई घा“डोको बोझ । मलाई कस्तो हत्ते †
एउटा अति गोप्य कुरा भन्छु । रुक्माङ्गद कटवाल हप्तैपिच्छे मलाई भेट्न आउ“छन् । बाहिर भन्दा ती मेरो निर्देशन लिन आउ“छन् भन्नुपर्ने बाध्यता छ । तर आएपिच्छे ती मलाई कडा निर्देशन दिएर जान्छन् । खास कुरो यो हो । तर यो कुरो कसैले लेख्यो भने मैले त्यसको घोर भर्त्सना गर्दै खण्डन गर्नुपर्छ । धत्तेरिका † दुनिया“लाई ढा“ट्दा-ढा“ट्दै जीवन सकिने भो ।
अहो † मैले धेरै अ“ध्यारा कुरा गरे“ क्यार । अब एउटा उज्यालो कुरो गर्छर्ुु प्रचण्ड कहिलेकाही“ मलाई घुर्क्याउन र थर्काउन माधव नेपाललाई कन्याउ“दै मेरो विकल्पका कुरा झिक्छन् । जब यो सुन्छु, हा“स्न बिर्सर्ेेे म बूढो खित्का छाडेर हा“स्छु । बरा माधवबाबुको उचाइ प्रचण्डले कन्दै बोक्दा पनि मेरा कुमकुमसम्म मात्र आउ“छ । हे हरि † ती मेरा विकल्प रे । मेरा हातगोडा र सास चलुन्जेल विकल्प-सिकल्प त्यत्तिकै हो ।
ज्ञानेन्द्रले म प्रयोगवादी हु“ भनेर फर्ुर्ती गरेछन् । अस्सली प्रयोगवादी त म पो हु“ । ब्रह्माण्डमा मलाई सबैभन्दा मन नपर्ने जीव कम्निस्ट हो । त्यसैले मैले लामो समयसम्म कम्निस्टविरुद्ध राजालाई बोके“ । पछि पात्तिएका र मात्तिएका राजाले मेरो शिरमा बिष्ट्याएपछि मैले राजाविरुद्ध कम्निस्टस“ग कुम जोडे“ । यो आफ्नै आस्थामाथि मेरो मौलिक प्रयोग हो । म कहिले जर्ज बुस र मनमोहन सिंहस“ग आ“खा जुधाउ“छु, कहिले ज्ञानेन्द्र र प्रचण्डस“ग । यी सबैस“ग पालैपालो आ“खा जुधाउ“दै कहिले लड्खडाउ“दै र कहिले ठम्ठम् हि“ड्दै म अघि बढ्छु । भन्नेहरू जेसुकै भनुन्, अनेकन अप्ठ्यारा र कष्टहरूबीच सकी-नसकी म अघि बढिरहेको छु । यो मेरो मौलिक प्रयोग हो ।
काङ्ग्रेसीगण घरिघरि मलाई घेरेर सोध्छ( गिरिजाबाबु † मुलुकमा अब के हुन्छ - हुङ्कारको भाषामा म भन्छु( जे हुनुपर्ने हो, त्यो हुन्छ । संविधानसभा हुन्छ । लोकतन्त्र हुन्छ । गणतन्त्र हुन्छ । शान्ति हुन्छ । तर त्यसपछि म नेपाल राष्ट्रको अजर-अमर राष्ट्रपिता हुन्छु भन्ने कुराचाहि“ म खुसुक्क मनमनैमात्र भन्छु । जय नेपाल †