"कति लेख्छौ मेरो कथा !" उसको प्रश्नमा सन्तुष्टी थियो वा आश्चर्य मैले छुट्याउन सकिन।
"लेख्दिन भन्छु, सपना देख्छु, कलम आँफै चल्छन् के गरौँ म ?"मैले विवशता देखाएँ
"तिम्रो कथाले पोल्छ मलाई,मेरो आफ्नो पनि त जीवन छ!" उ थोरै स्वार्थी वनी
"खुशी लाग्यो, मेरो कथाले तिमीलाई अझै असर त छोड्दो रहेछ नि त!" मैले आफ्नो दुख लुकाएँ।
"कथा त मेरो नै हो नी, तिमी त फगत शव्द बुन्छौ!" उसले मेरो कलमको सिमाना देखाई
"त्यो शव्दमा माया भेट्छौ कि भेट्दैनौ त ?"
"शव्द आँफै निदाएका हराएका हुन्छन् मैले के भेट्टाउनु र?"
"शव्दको आँखा सुन्निएको पनि देख्छ्यौ? शव्द रसाएको पनि देख्छौ? किन शव्द निदाएको वेला हराएको वेला मात्र शव्दलाई हेर्छौ तिमी?" मैले उसलाई आरोप लगाएँ
"मैले हेरेको बेला निदाएको वा मैले निदाएको वेला हेरेको ?"
"के फरक छ र?"
"धेरै फरक छ, तिम्रो दोष वा मेरो दोष पत्ता लगाउने!"
"मायामा दोष खोज्छ्यौ, अनि मलाई दोषी भन्छ्यौ!"
"हो त माया दोषी नै हुन्छ त !" उसले निष्कर्ष निकाली
"म पत्याउँदिन!" मलाई विश्वास लागेन, मैले ढाँट्नु जरुरी पनि ठानिन
"तिमीले पत्याएपछि मात्र सत्य सत्य हुन्छ र ?" उसले मलाई कटाक्ष गरी।
"कम्तीमा मेरो लागि, मेरो विश्व त मेरै वरीपरि छ नि !"
"स्वार्थी !"
"कुरा तिम्रो कथाको थियो मेरो स्वार्थको हैन !" मैले फेरि कथामै कथालाई फर्काएँ
"तिमीले ममा देखेको कथा, कति पढौँ म आफुलाई तिम्रो आँखावाट?"
"जहिले सम्म तिमीले आफुलाई वुझ्न सक्दिनौँ!"
"आँफैलाई वुझ्न पनि मलाई तिम्रो आँखा चाहिन्छ र ?"
"हेरीराख,फरक तिमी भेट्टिइनछौ भने अनि भन्नु !"
उ मेरो आँट देखेर छक्क परी।
"तिम्रो आँखा दोषी छ , मलाई सँधै राम्री देख्छ!" उसले सुस्तरी भनी
"शायद !"
"उ सँग किन छैनन् तिम्रा आँखा ?" उसले गुनासो पोखी।
"किनकी यो मेरो आँखा हो नि त !"
"एउटै आँखा दुई जनाको हुन सक्दैन र ?"
"यो तिम्रो इच्छा हो, प्रश्न हैन!"
"मलाई कहिले काहिँ उ अन्धा जस्तो लाग्छ!"
"तिमीले आफुलाई लुकाएको पनि त हुनसक्छ!"
"म खुल्ने तिम्रो अघि मात्रै पनि त हुनसक्छ!"
"उसलाई तिम्रो लत लागिसकेको छैन ! तिम्रो मात चढेको छैन !नत्र दोवाटोमै म जस्तो अलपत्र भेटिन्थ्यो !"म खिस्स हाँसे।
"म विनाश चाहन्न,म त माया चाहन्छु !"
"ठिक हो ,कोहि किन वरवाद होस्?"
"तर तिमी त त्यसैलाई माया भन्छौ!"
"तिमी हरायौ, मैले त तिमीलाई भेट्टाउन मात्र खोजेको हुँ, उ पनि खोज्दै छ, आजकल कता छ्यौ? सुधालाई सन्चो विसन्चो के छ ? सोधेको छ भन्देउ है!!!"
समाप्त