पवनेश्वर श्रेष्ठ कुनै बखत साझाका सकृय मित्र थिए। पढाई र स्वास्थको कारण ले होला, साझाबाट टाढा हुनु भएको । ४-५ पटक भेटेको छु । वाशिङ्टन डिसी मा सेमिनार मा गाको बखत, ठुलदाइ को सम्मान मा टोल भरिका नेपालीको जमघट गराउनु भएको सम्झना झलझली आइरहेको छ। गीत, संगित र न्रित्य मा पोख्त श्रेष्ठ जी ले रात बिरात हड्डी घोटेर पढाई पुरा गर्नु भै सम्मानजनक जागिर खानु भएको पनि धेरै भएको छैन ।
निष्ठुरी काल श्रेष्ठ जस्ता असल मान्छे कै पछी किन पर्छन ? नरपिशाच हरु आलो रगत पिउदै छन, जल्लाद हरु अट्टाहास जिउदै छन। कहिलेइ चुरोट न पिउने, खैनी न खाने , जांड रक्सी पनि जात्रा मा मात्रा मिलाएर मात्र पिउने जिन्दगीलाई फोक्सो मा क्यान्सर हुनु काल को बेतालपन बाहेक केही होइन ।
घर परिवार सँग टाढा बसेर सुखद जिन्दगीको आसामा पसिना बहाउनु भयो , सफल पनि हुनु भयो । छोरी र श्रीमती सँग मिलन भएको बर्ष दिन पनि भएको छैन, हामी सबैलाई छोडि टाढा धेरै टाढा जान लाग्नु भएको छ । रोक्न सक्ने सामर्थ्य भगवान सँग पनि छैन अहिले। काल देखी महाँकाल डराएको छ ।
लाफ सपोर्ट मेशिनमा ढुकढुकी बांचेको छ अहिले ।
सहयोग को लागि यो ठुल्दाइ दुई हात जोड्दछ ।