[Show all top banners]

dipika02
Replies to this thread:

More by dipika02
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 पुजा को पूजा

[Please view other pages to see the rest of the postings. Total posts: 59]
PAGE: <<  1 2 3  
[VIEWED 25394 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 12-31-07 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"दिपिका", "दिपिका"--पुजा आँगनमा उभिएर सास नफेरि चिच्याउन थालि। तेस्को बानि नै थ्यो कुरा चैं केहि नहुने आवज नै ठुलो। माथि आएर सानु स्वोरमा बोलाए त हुन्छ नि, त्यैँ आँगनबाट कराउनु पर्थ्यो। अब त टोलमा नचिनेकाहरुले पनि थाहा पाइसकेका थे त्यो घरको छोरी को नाम "दिपिका" भनेर। त्यो र म बच्चा देखिको मिल्ने साथिथ्यौं । चुल्बुलि,केहि कुराको चिन्ता नलिने र नसोचिकन प्याच्च बोल्ने बानि भएकि थि ऊ र उस्को सोँचाइमा जिन्दगी भनेकै मोज मस्ति तेसैले न पढाइको पिरथ्यो न परिवारको चिन्ता। आफु तेस्तो भएपनि साथि चैँ असल थि। मनको सफा र परेको खण्डमा जे गर्न पनि तयार र उस्को तेहि बानि मलाइ मन पर्थ्यो।
"किन मर्न आँटेकी? माथि आ न"--बरन्डामा निस्केर रिसाउदै भने। भित्रबाट आमाको स्वोर सुनियो--"त्यो पुजालाइ त्यसरि नकराउ भनत, मान्छे नै तर्सिने गरेर के-के न भ को जसरि"। उस्ले हातको इशाराले मलाइ तल बोलाइ मैले पनि इशाराले नै पख् भनेर तल ओर्लियँ। नजिकै पुगेपछी उस्ले भनि--"सुन्न म सुन्दरीजल जान लागेको आमालाई त काँ जान्छु भनेको छु है"। "को सँग जान आटिस् अहिले सुन्दरीजल?"--आत्तिएर सोधेँ। "तैले चिनेको छैनस्, मैले चिनेको त तिन दिन मात्रै भो"--अज फुर्ति साथ भन्छे। "सक्दिन म तेरो आमालाइ ढाट्न, अब त अत्ति नै गर्न थालिस्, तिन दिन भेटेको मन्छे सँग सुन्दरीजल सम्म पुग्ने कत्रो आँट बडेको तेरो"--कुनै डर् भर् नभएको तेस्तो कुरा सुनेर म पनि झनक्क भएँ। उ मलाइ फकाउन थालि यो पालि मात्रै हो अनि म जान्न ३ बजे भित्र फर्किन्छु भनेर। उ जान भनेर ठिक्क परिसकेकि थि आखिर मैले रोकेर त्यो के रोकिन्थि? "अनि खोइ त त्यो केटा"--उ एक्लै देखेर सोधेँ। " डेंडेदाईको पसलमा कुरेर बसिराछ, हिंड तलाइ भेटाउछु"--मेरो हात समातेर तान्न थालि। उस्का प्रेमिहरु भेट्दा भेट्दा मै हैरान् भैसकेको थें। अरु भन्दा नि उ त एक दुइ महिना घुमेर छोडिदिन्थि, ति भुतकालका प्रेमिहरु मलाइ पो देख्न नहुने तिम्रो साथिले यस्तो गरी र उस्तो गरी भन्दै कत्तिन मैले नै जा त्यो संग घुम भनेको जसरी। खाइ न पाइ छाला टोपि लाइ चैं मलाइ हुने जहिले। फेरि उता टोलका दाइहरुले देख्लान् भन्ने डर उसैत त्यो पुजाको सँगत कसैलाई मन नपर्ने। "जान्न म यस्तो ताल मा, नुहाउन भनेर कपालमा तेल हालेर बसिराछु"--मैले नजाने बाहना बनाए। "तलाइ किन राम्रो हुनु पर्यो त मेरो केटालाइ भेट्न, हिंड भन्या"--उ जिस्किदै तान्न थालि र म मन नलागि नलागि पनि जानै पर्यो।

अलिकति पर डेडे साहुको पसल अगाडि एउटा बाइकमा बसिरहेको, दुब्ले खवटे, आँखा पनि राता राता, झुस् झुस् दारि आको, कपाल कुमबाट पनि तल झरेक हेर्दै डरलाग्दो केटालाइ चिनाउदै भनि--"उ आकाश"। त्यो जगल्टे त हेर्दै गुन्डा जस्तो सुन्दरीजल पुराएपछि पनि फर्काउने हो कि होइन भन्ने शङ्खै लाग्ने। "हाइ म दिपिका"--मन नलागि नलागि आफुलाइ चिनाए। "पुजाले तिमीसँग भेटाउन खोजेको धेरै दिन् भो"--अब पुजा र त्यो भेटेकै जम्मा तिन दिन् भो रे कति धेरै भनेको हो उ नै जानोस तर धोत्रे न धोत्रे अवाज, बरु पहिलेको इन्द्र भनौदो नै गतिलो थ्यो कम्सेकम् आवज् त मिठो थ्यो कि। पुजालाइ अलि यता तान्दै भने--"ल ३ बजे भित्र आइनस् भने चैं तेरो आमालाइ फोन गरिदिन्छु म, यस्तो हेर्दै चोर जस्तो सँग जान आटेकि छे कता बाट पो फेला पार्या हो?", "हुन्छ भन्या" भन्दै दौडि, उस्लाइ मेरो कुराको केहि अशर परेको भए त के?

घर् छिर्ने बित्तिकै आमाले सोध्नु भो--"खोइ पुजा माथि आइन", "अहँ आइन"--छोटो उत्तर दिदै आफ्नु कोठातिर लागेँ। आमा सँग गफ गर्न थालेँ भने फेरि के के सोध्न थाल्नु होला भन्ने डर ले आमाको अगाडि पनि पर्न सकिन। फेरि उता पुजा को आमा र मेरी आमा साथि तेसैले फोनमा कुरा भैरहने, आफुलाइ आपत फेरि उस्कि आमाले फोन गर्नु भयो भने के भन्ने, आफ्नै आमालाई त ढाँटिराछु, उस्कि आमालाइ के सम्झाउने? आमा-आमा साथि भएर पुजालाइ मेरो घरमा आउन कुनै रोकतोक थेन तेसैको भरपुर फाइदा उठाउथि उ पनि। त्यो दिन त फोन को घन्टि बज्नै नहुनि मै दौडिन्थे उठौन पुजा या उस्कै आमा को हो कि भनेर। मेरो ताल देखेर आमा पनि आस्चर्य मान्दै भन्नुभो--"छोरी फोन को घन्टि बज्दैमा तेसरि हाम्फाल्नु त पर्दैन नि, म पनि यहि छु उठाइहाल्छु नि", आफुलाइ पिर परेकै त्यै आमा ले फोन उठाउनु होला भन्ने, आमालाइ के था? आमा ले सुँइको पाउनु भो भने भोलिदेखि आफै माथि शङ्का गर्न के बेर? त्यो दिन त दिनभरि नै डर् लागिरह्यो। फेरि पहिले पहिले त गए पनि त्यै हिरारत्न अथवा गोपि-क्रिष्ण तिरै फिल्म हेर्न जान्थि यो पालि त आँट बढेर सुन्दरीजल सम्म पुगेकिछे त्यो पनि २-३ दिन भेटेको जगल्टे सँग।

घडि हेर्दै थें ३ पनि बज्यो तर पुजाको अत्तोपत्तो थेन न त फोन नै गरेकि थि, फेरि त्यो बेलाँ अहिले जस्तो सबैका हातमा सेल्फोन पनि हुदैनथ्यो। न घरनै पुगि कि जस्तो पनि लाग्यो। त्यो रिसको झोंकमा सोध्न पनि बिर्सेछ मेरो घर छिर्छेस् कि आफ्नै घर जान्छेस् सिदै भनेर। उस्को घरमा फोन गर्दा आइपुगेकि रैनछे र आन्टिले फोन उठाउनु भो भने के भन्ने फेरि। जति समय बड्दै गयो त्यतिनै मन बिथोल्लिन थाल्यो। हेर्दा हेर्दै बाहिर त झमक्कै परिसक्यो, बाबा धरि आइसक्नु भयो घर। मलाइ  हो न हो जगल्टे सँग भागि कि भन्ने शंका पनि लाग्न थाल्यो। ऊ नभाग्लि जस्ति पनि थिन, जे मनमा आयो तेहि गर्थि नसोचिकन। म झन् दोधारमा परेँ। घरमा केहि भनु भने अरु सोधपुछ गर्नु होला भन्ने डर। फेरि एक महिना मात्रै अगाडि त्यस्को एउटा छ्याके सँग म र अर्को साथि पनि गएका थौ दक्षिनकालि त्यो पनि स्कुल छोडि छोडि, त्यो कुर घरमा निस्क्यो भने त रँडाकोनै मच्चिन्छ। त्यसैले केहि नभन्नु मै आफ्नु भलाइ देखेँ। डराइ डराइ तेस्को घरमा फोन गरेँ न घरै गै कि भनेर, धन्न काम गर्ने केटा बले ले उठायो अनि "पुजा छे?" भन्दा "दिपिका दिदिकाँ गैस्याछ" भन्यो। ऊ त घर पनि पुगेकि रैन छे। कता कता दुर्घटनामा पो परिकि भन्ने डर लाग्न थाल्यो। ऊ फेरि म डराउछु भन्ने थाहा भएर भनेको समयमा जहिले फर्किन्थि।

एक्छिन्मा त उस्को आमाको फोन आइहाल्छ, यसै भन्डाफोर हुने उसै भन्डाफोर हुने बरु बाबालाइ भन्छु केहि खोज्ने उपाय त निकाल्नु हुन्छ भनेर बाबा काँ गएँ र पुजा आकश भन्ने सँग गएकि सुन्दरीजल अज सम्म पनि आइन भनिदिये। सधै शान्त शोभावको सानु स्वोरमा बोल्ने बाबा त एक्कसि उर्लिनु भो--" अनि तिमी चैं किन न गा त?, तिमी पनि जानु पर्थ्योनि ककनि ऊ सुन्दरिजल गए, तिमीहरुलाइ बाउ आमाको इज्जतको केहि पिर छ र?" बाबा एक्कसि उर्लिनु भएको देखेर आमापनि "के भो?", "के भो?" भन्दै आउनु भो। "सोध्न उसैलाइ, एउटी गै रे कुन चैँ गुन्डो सँग, नङ र मासु जस्ता थे दुइटी अब अर्कि को पनि के भर ? जान ठिक परेकी छे कि ? " ---- बाबा को म प्रतिको तेत्रो बिस्वास एकपलमै चक्नाचुर भएको देख्दा त चित्त दुखेर आँखाबाट आँशु झर्न थाल्यो। भाइ त म रोएको देखेर के-के न भो भनेर डाँकै छोडेर रुन पो थाल्यो। आमा हत्तनपत्त टोल छिमेकिले सुन्लान् भनेर झ्याल ढोका बन्द गर्न थाल्नु भो। त्यो सबै द्रिश्य हेर्दा त आफैनै त्यो जगल्टे सँग भागेर ३ दिन पछि घर फर्केको हो कि झैँ लाग्यो।

आमाले अलि शान्त भएर सोध्नु भो त्यो जगल्टेको बारेमा आफुलाइ नाम बाहेक केहि थाहा छैन। भेटेकै त्येहि दिन पहिलो चोटि। पुजा र म त्यस्तो मिल्थ्यौं, मेरो कुरा कस्ले पत्त्यौने?  फेरि जानु अगाडि त्यसरि आँगनबाट चिच्याएकि सबैले सुन्याथे। आमाले पुजाको घरमा फोन गरेर आन्टिसँग कुरा गर्नु भो। आन्टि त हामीकैं आउन लाग्नु भो मलाइ केर कार गर्नलाइ। जति बदमासि लुकि लुकि गरे पनि सबैले ज्ञानि छोरी भनिरा आज एक्कसि आफ्नु इज्जत आगोले टिपेको रौं झैँ झ्वार् झ्वार्ति बल्दा त चित्तै दुख्यो। भाइलाई थम्थमाउदै बाहिर हेरिराथेँ पुजा जगल्टेको बाइकबाट मेरो ढोका अगाडि ओर्लिएको भाइले र मैले दुबैले देख्यौँ।

भाई कराइहाल्यो "ऊ पुजा दिदी" भन्दै। बाबा आमा दुबैले ज्यालबाट बाहिर हेर्नु भो।बल्ल राहत मिल्यो केहि भएको रैनछ भनेर। माथि तेत्रो हल्चल मच्चिसक्यो ऊ भने जुत्ता धरि हातमा बोकेर आउदैथि मेरो बाबा आमाले थाहा पाउनु होला भनेर। म दौडिदै भर्याङमै पुगेँ। ऊ मलै देख्ने बित्तिक्कै आत्तिदै "सरि सरि म सबैकुरा डिटेलमा भन्छु तँलाइ अहिले नरिसा है"--- रिसाउने भन्दापनि आफुले तेत्रो कान्ड मच्चाइसकेँ अब उस्लाइ भन्नु त पर्यो। अनि नरम भएर बाबालाई भनिदिएको कुरा भने। ऊ त रातो पिरो हुदै भन्न थालि--"एक छिन कुर्न सकिनस् तेरो बाउलाइ सबै कुरा भट्यौनु पर्थ्यो?", "कुराउने पनि हद हुन्छ, ४-४ घन्टा पनि कसैले कुराउछ त? एक कल फोन नगरिकन"--आफु डर न भर सँग त्यति ढिलो आउछे अझ  तेरो बाउ भन्दा त मैले पनि आँखा देखिन र सन्किएँ। ऊ अलि नरम भएर सोधि--"मेरो घरमा त भनेकि छैनस् नि?" डराइ डराइ मैले भने--"अँह मैले त भनेकि छैन तर आमाले चैँ भन्नु भो?"। ऊ तेहि खङर्याङ् खुङरुङ् भै र तल ऊर्लिन थालि। "काँ जानला तँ?"--मलाइ फेरि त्यै जगल्टे सँग जान पो लागि कि भनेर डर लाग्यो। उस्ले मेरो अनुहार् पनि नहेरि उत्तर दि--"अब आफ्नु घरमा पूजा छ, धूप बत्ति बालिहालिस् तैले, आमा अबिर अक्षता लिएर बसिरनु भा होला जानु परिहाल्यो नि, त पनि आउछेस्कि घन्टी बजाउन?"

---------------------------------------------------------------------------------------------------------------------------------------------

२००७ शालको मेरो अन्तिम कोशेलि,  २००८ शालले सबैको घर आँगनमा खुशि लेरावोस्,  नयाँ नयाँ प्रस्तुतिहरु पढ्न पाइयोस्, येहि मेरो कामना छ हजुरहरुलाइ।

Last edited: 31-Dec-07 09:57 AM

 
The postings in this thread span 3 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 01-02-08 5:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dipikaji,

Sarai uttam kotiko katha lekhnu bhayo| Aru katha haru pani dherai ramra chhan...tara malai yo katha ko prastuti, bhasa, antya sabai kura dherai nai ramro lagyo....yo kathalai tapainko sabaibhanda ramro srijana bhanda atyukti nahola|

Yestai katha prastoot gardai garnu hos...subhakamana chha.....


 
Posted on 01-02-08 6:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kasto ramailo bhayo padna lai, dipika02.

 

aaru ni padna paiyosh hai

 

Naya barsa ko subhakamana :)


 
Posted on 01-02-08 6:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपिका जि,धेरै राम्रो कथा। पुजाको पूजा, टपिकनै क्या खतरा नि।त्यसपछिको भाग भएमा पस्कनुहोस् है।धन्यबाद।

 

Last edited: 02-Jan-08 06:44 PM

 
Posted on 01-02-08 7:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.दिपिका, तिमी घण्टी बजाउन गयौ कि गयिनौ त?
 
Posted on 01-02-08 7:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kalopoolbashi jyu,

हामी दुबै जना कालोपूलबासि नै पर्यौ जस्तो छ, एउटै गाँउले पर्यौ जस्तो छ है
ल खुशि लाग्यो यो कथाले चैं  मन जिन्त्न ससक्त भएछ।

forget-me-not,

ल म नबिर्सिकन नै अरु पनि लेख्ने प्रयास गर्छु है

sakura blossom jyu,

पुजा को अरु पनि करामत म बिस्तरै बिस्तारै पस्किदै गरौँला

mickthesick,

कहाँ बाट जानु नि ? आफ्नै घरमा गालि खाएर कानमा टिनिनिनिनिनिनिनिनिनिनि घन्टि बजि सक्याथ्यो

धन्यबाद

दिपिका


 
Posted on 01-03-08 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"डेडे साहुको पसल अगाडि एउटा बाइकमा बसिरहेको, दुब्ले खवटे, आँखा पनि राता राता, झुस् झुस् दारि आको, कपाल कुमबाट पनि तल झरेक हेर्दै डरलाग्दो केटा................."पुजाले तिमीसँग भेटाउन खोजेको धेरै दिन् भो"--अब पुजा र त्यो भेटेकै जम्मा तिन दिन् भो रे कति धेरै भनेको हो उ नै जानोस तर धोत्रे न धोत्रे अवाज......."

Ha Ha Ha, funny way of describing some nice guy like me. Just kidding.

On a serious note, you are improving your writing skills one story at a time. Keep it up.


 
Posted on 01-03-08 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


punteDamai,

लौ हजुर पनि त्यस्तै हो मैले त अलि छोटो कपाल, नम्र बोलि भएको, मोठो बोल्ने भन्ने सोचेकि थे, लौ हेर बर्बाद् नै भएछ नि।

खुशी लाग्यो मेरो लेखाइमा सुधार पाउनु भएछ। अरु पनि सुझाब दिदै गनुस्।
Last edited: 03-Jan-08 12:51 PM

 
Posted on 01-03-08 9:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

simple yet touching n supremely expressed ,padhdaapadhdai siddhiyekai thaha lagena!dherai ber samma haansirahe...hope to see more from u
 
Posted on 01-03-08 9:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hey Dipika,

I've been wanting to tell you since quiet sometime that you are an awesomeee storyteller. I simply loooove all your stories :))) Puhhhleasee do keep writing !

- An admirer !


 
Posted on 01-04-08 8:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

fucheketo and lemon,  ,

welcome to laa-laa land,

jokes apart, thank you so much for your time and appreciation.

Dipika


 
Posted on 01-04-08 9:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nice humor. Good job, Dipika. Liked it. Keep it up.


 
Posted on 01-05-08 12:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"...बाबा को म प्रतिको तेत्रो बिस्वास एकपलमै चक्नाचुर भएको देख्दा त चित्त दुखेर आँखाबाट आँशु झर्न थाल्यो।

....त्यो सबै द्रिश्य हेर्दा त आफैनै त्यो जगल्टे सँग भागेर ३ दिन पछि घर फर्केको हो कि झैँ लाग्यो।

....जति बदमासि लुकि लुकि गरे पनि सबैले ज्ञानि छोरी भनिरा आज एक्कसि आफ्नु इज्जत आगोले टिपेको रौं झैँ झ्वार् झ्वार्ति बल्दा त चित्तै दुख्यो। "  मन छोयो यि बाक्य हरुले । अल्लारेपन को बास्तबिकतालाई मिठासकासाथ उठाउन सफल हुनुभएको मा बधाई छ ।

रचना राम्रो लाग्यो दिपिका जि,

धेरै पछि साझा मा फर्केको थिए, पुरै बाधिंए । अरु पनि पस्कदै गर्नुहोला ।

 

 


 
Posted on 01-05-08 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yakku,

समय निकालेर पढिदिनु भएकोमा धन्यवाद।

somewhereondearth ,

समय निकालेर पढिदिनु भएकोमा धन्यवाद।त्यो अल्लारे बेला, साथीहरु सगँको  फट्याइ, ति बितेका पलहरु, सम्झनाइ मात्र  पनि कती रमाइलो हुदो रहिछ ।

हुनत म पनि यो साझामा नयाँ नै हो तर हजुर को कथा मैले पहिले कहिले पढेकी थिन, एकदम राम्रो लाग्यो।


 
Posted on 01-05-08 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद,

जस्तो सुकै अवस्थामा भएपनि, त्यो बेलाको कुरा सुरु गर्यो भने जोश नै नयां थपिन्छ । यसलाई खुबिका साथ उतार्न सफल हुनुभइको छ, महिला को तर्फबाट ।

तंपाईको शैलिमा मीठास छ । लेख्ने बानि नछाड्नुहोला ।


 
Posted on 01-28-08 4:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाग्विद्ग्धता (wit) ले भरिपूर्ण लेखाई । यी दिपिकाजी मेरो नयाँ पत्तोलगाई (discovery) हुन् । अब खोजी खोजी पढ्दैछु यीनका कथाहरु ।

 

Nepe



 
Posted on 01-28-08 4:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो wit को अनुवादमा मलाई शंका लाग्यो । यो "वाग्विद्वता" वा "वाक-विद्वता" हुनुपर्छ । अझ नजिक त "वाक्चातुर्य" होला । जे होस्, दिपिकाजी यस मामलामा सुसम्पन्न हुनुहुँदो रहेछ । मेरो तारीफ स्वीकार्नुहोला ।

Nepe


 
Posted on 01-28-08 4:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

नेपेदा अर्थको अनर्थ नि पढिस्यो :)

 
Last edited: 28-Jan-08 04:48 PM

 
Posted on 01-28-08 5:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले त अहिले सम्म वाकपटुता नै भन्ठानिराको, शब्दको subtleties मा मेरो ध्यानले नभ्याएकोले होला शायद!

ल दीपीकाजी, नेपे दाई जस्तो लेखनविधाका धुरन्धरको ध्यान पुगेछ, सफल हुनुभयो! मेरो पनि शुभकामना छ! लेख्दै जाउँ अझै धेरै!


 
Posted on 01-28-08 5:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाकपटुता = eloquence

विदग्धता, वाक्चातुर्य = wit

विदग्धता यहाँ भेटें:

http://dsal.uchicago.edu/cgi-bin/philologic/getobject.pl?c.2:1:4808.turner

 

Miss-me नानी,

पढें त्यो पनि । मजाको रैछ ।

Last edited: 28-Jan-08 05:19 PM

 
Posted on 01-31-08 5:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Wow Depika ji here's your another awesome work!! just great!!
do u got a boyfriend!! just kiddin ha ha ha
enjoyed that!! keep up the good work!!
good luck

 



PAGE: <<  1 2 3  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Toilet paper or water?
TPS EAD auto extended to June 2025 or just TPS?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
मन भित्र को पत्रै पत्र!
Tourist Visa - Seeking Suggestions and Guidance
From Trump “I will revoke TPS, and deport them back to their country.”
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
advanced parole
TPS Renewal Reregistration
Sajha Poll: Who is your favorite Nepali actress?
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Why Americans reverse park?
Nepali Passport Renew
Driver license help ASAP sathiharu
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters